Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०–३० लाख सहयोग

रासस

भक्तपुर । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०÷३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं. ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए।

केही दिनअघि नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि दाताहरूलाई सार्वजनिकरूपमा नै सहयोगको आह्वान गरेका थिए।

‘चाँगुनारायण अस्पताल जिल्लाकै ग्रामीण क्षेत्रमा सुविधासम्पन्न भवनमा सञ्चालित अस्पताल हो, कोरोनाका बिरामीले अहिले अक्सिजनदेखि शय्यासम्म नपाउने बेलामा यहाँका ग्रामीण क्षेत्रका बिरामीले आफ्नै ठाउँमा कोरोनाको उपचार पाइरहेका छन्’, जिसस प्रमुख गेलालले भने, ‘तर उपकरण अभाव रहेको थाहा पाएँ, जिससले एक थान डिजिटल एक्सरेका लागि मात्रै रकम दिएको हो । यहाँ अरु उपकरण पनि आवश्यक रहेछ, सहयोग गरिदिन दातालाई आग्रह गर्दछु ।’

नगरपालिकाका प्रमुख मिश्रले अस्पताललाई आइसीयूका लागि मोनिटर छ थान, १० थान हाइड्रोलिक शय्या र ल्याबका लागि सहयोग गर्न सार्वजनिकरूपमा आह्वान गर्नुभएको हो । 

नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसीयू शय्या, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन ।

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १० हजार १०६ सहयोग गरेका छन् । 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०–१० लाख, सङ्गम बचतले रु पाँच लाख, बाराही बचतले रु चार लाख र जिल्ला बचतले रु एक लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । ख्वप अस्पतालमा नगरपालिकाले २५ वटा एचडीयूसहितको ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गरी कोभिड सङ्क्रमितलाई उपचार सेवा दिइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending