Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

चाँगुनारायण तथा ख्वप अस्पताललाई रु ३०–३० लाख सहयोग

रासस

भक्तपुर । उपकरण खरिदका लागि चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित अस्पताललाई फरक निकायले रु ३०÷३० लाख सहयोग गरेका छन् ।

जिल्ला समन्वय समिति भक्तपुरले कोभिड सङ्क्रमितको उपचार गर्दै आएको चाँगुनारायण नगर अस्पताललाई डिजिटल एक्सरे मेसिन खरिदका लागि रु ३० लाख सहयोग गरेको छ । नगरपालिकाको वडा नं. ४ हुचिढुङ्गास्थित आफ्नै भवनमा सञ्चालन गरेको कोभिड अस्पतालमा एक्सरे नुहँदा सङ्क्रमितको उपचारमा समस्या आएको जनाएपछि जिससले उक्त रकम उपलब्ध गराएको जिसस प्रमुख नवराज गेलालले जानकारी दिए।

केही दिनअघि नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कोरोना सङ्क्रमित स्थानीयवासीको उपचार गर्दै आएको ग्रामीण क्षेत्रको चाँगुनारायण नगर अस्पताललाई सङ्घीय र प्रदेश सरकारले कुनै सहयोग नगरेपछि दाताहरूलाई सार्वजनिकरूपमा नै सहयोगको आह्वान गरेका थिए।

‘चाँगुनारायण अस्पताल जिल्लाकै ग्रामीण क्षेत्रमा सुविधासम्पन्न भवनमा सञ्चालित अस्पताल हो, कोरोनाका बिरामीले अहिले अक्सिजनदेखि शय्यासम्म नपाउने बेलामा यहाँका ग्रामीण क्षेत्रका बिरामीले आफ्नै ठाउँमा कोरोनाको उपचार पाइरहेका छन्’, जिसस प्रमुख गेलालले भने, ‘तर उपकरण अभाव रहेको थाहा पाएँ, जिससले एक थान डिजिटल एक्सरेका लागि मात्रै रकम दिएको हो । यहाँ अरु उपकरण पनि आवश्यक रहेछ, सहयोग गरिदिन दातालाई आग्रह गर्दछु ।’

नगरपालिकाका प्रमुख मिश्रले अस्पताललाई आइसीयूका लागि मोनिटर छ थान, १० थान हाइड्रोलिक शय्या र ल्याबका लागि सहयोग गर्न सार्वजनिकरूपमा आह्वान गर्नुभएको हो । 

नगरपालिकाले स्वास्थ्य मन्त्रालयसँग रेडियोग्राफी, मेडिकल अक्सिजन प्लान्ट, कम्तीमा पाँच आइसीयू शय्या, भेन्टिलेटर, ल्याब विस्तार र जनशक्तिको व्यवस्थापनको माग गर्दै पत्राचार गरे पनि सहयोग पाएको छैन ।

यसअघि जिल्ला समन्वय समितिले भक्तपुर अस्पतालमा कोभिड आकस्मिक कक्ष निर्माणका लागि रु १५ लाख सहयोग गरेको थियो । जिससको यही सहयोगबाट अस्पतालमा १५ शय्याको कोभिड आकस्मिक कक्ष निर्माण भई सञ्चालनमा आइसकेको छ ।

यता कोरोना सङ्क्रमित आफ्ना नागरिकका उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल (कोभिड युनिट) मा अक्सिजन प्लान्ट सञ्चालन हुने भएको छ । नगरपालिकालाई अक्सिजन प्लान्ट स्थापना गर्न विभिन्न सहकारी संस्थाले रु ३० लाख १० हजार १०६ सहयोग गरेका छन् । 

नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहकारी संस्था सिद्धिगणेश र भक्तपुरले रु १०–१० लाख, सङ्गम बचतले रु पाँच लाख, बाराही बचतले रु चार लाख र जिल्ला बचतले रु एक लाख नगरपालिकामा स्थापित प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका हुन् । त्यस्तै सूर्यविनायकका घनश्याम देउजाले रु १० हजार १०६ सहयोग गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिकाले कोभिड नियन्त्रण र रोकथाम गर्न तथा सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको छ । ख्वप अस्पतालमा नगरपालिकाले २५ वटा एचडीयूसहितको ७५ शय्याको ख्वप अस्पताल सञ्चालन गरी कोभिड सङ्क्रमितलाई उपचार सेवा दिइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजबाट निःशुल्क सर्वसाधारणले धरहरा चढ्न पाइने

काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...

झलनाथको आरोप- ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेका छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्...

नेपालकाे जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

‘प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट गर्दा स्थिरता हुनसक्छ’

सञ्चारमन्त्री भन्छन्- बोल्दा पनि तौलेर बोल्नुपर्ने भूराजनीतिमा छौँ

रवि लामिछानेको प्रस्ताव- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाऔं, प्रदेशसभा खारेज गरौं (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । पार्टीको पहिलो राष...

विगतमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्।  संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिही...

पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा

काठमाडौं । आश्विन शुक्ल पूर्णिमाको अवसरमा ‘येंया पुन्हिया मेय् प्वाः खनेगु’ अर्थात जिब्रो छेड्ने जात्रा पशुपति क्षेत्र परिक्रमा गरेर पुनः भक्तपुर फर्क...

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय...

सरकारको साझा संकल्प- चर्चामा रहेका सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानबिन हुन्छ (पूर्णपाठ)

काठमाडौं । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । २०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरक...

संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै, दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन आह्वान

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy