Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सामाजिक दुरी कायम गरेर चाड पर्व मनाउन मुख्यमन्त्री राईको आग्रह

रासस

मोरङ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले बुद्धका उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन्।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले ऊर्जा प्रदान गर्दै आएको मुख्यमन्त्री राईको सन्देशमा उल्लेख छ ।

उनले यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोगसमेत गरेको सन्देशमा उल्लेख गरे । बढ्दोरूपमा फैलिएको कोरोना भाइरसका कारण यी चाडपर्व खुला र भव्यरूपमा मनाउन सम्भव नभएको बताउँदै मुख्यमन्त्री राईले कोरोना सङ्क्रमणबाट बच्न र सुरक्षित रहन सबैसँग अपिल गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वनमा लागेको डढेलो गाउँमा सल्किँदा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको ड...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक ल्हासामा

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न...

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

पढाइसँगै घरखर्चको जोहो गर्न कोर्छिन् चित्र

नयाँ बजेट कस्तो ल्याउने ? अर्थमन्त्री पुनले लिए सात पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर...

विष्णु पौडेल भन्छन्- यो सरकार अस्थिर छ भनेर चलाइएका हल्ला निराधार हुन्

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको स्थायित्वबारे राजनीतिक बजारमा चलाइएका हल्लाका प...

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी...

८० औं जन्मदिनमा नागरिकता उपहार

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छन्। विक्रम संवत् २००० साल वैशाख...

मन्त्री बस्नेतसँगको अन्तर्वार्ता- कतारका राजाको भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमण...

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री  नियुक्त भएको १६ दिनपछि एक जना मन्त्री थप गरेर आज विश्वासको मत ...

औषधीको परीक्षण अब फार्मेसीमै !

काठमाडौं । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको परीक्षण अब फार्मेसीमै गरिने भएको छ। फार्मेसीमै औषधीको परीक्षण गर्न लागिएको यो पहिलो पटक हो।...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies