Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सातवर्षमा पक्की पुल बन्यो, अझै सञ्चालनमा आएन

खबरडबली संवाददाता

काठमाडौं । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने रणनीतिक मानिएको ‘त्रिशूली नदी पक्की पुल’ सञ्चालनमा नआउँदा धादिङ नीलकण्ठ नगरपालिकाबासीले  हैरानी एवम् सास्ती झेल्नु परेको छ ।  सडक विभागले धादिङ् तर्फका फोस्रेटारमा करिव १५ मिटरको एप्रोज सडककको ट्र्याक हालसम्म खुलाउन नसक्दा सो नगरपालिबासी तथा नुवाकोटका तारकेश्र गाउँपालिकाका(तारुका) का बासिन्दाले अकालमा ज्यान समेत गुमाएका छन् । 

सो पुल धादिङको गल्छि गाउँपालिका–१ र नुवाकोटको बेलकोटगढी नगरपालिका –५ मा पर्छ । सडक डिभिजन कार्यालय भरतपुरद्वारा यही जेठ ७ गते जारी पत्रअनुसार फोस्रेटार तर्फका केही सीमित व्यक्तिका अनावश्यक अबरोध, असहयोग, विवादका कारण ट्र्याक खोल्न नसकिएको हो । ती दुई जिल्लाको सामाजिक तथा आर्थिक विकास एवम् रणनीतिक दृष्टिकोणले उक्त पुल महत्वपूर्ण मानिएको छ । केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी  सडकमा अवस्थित सो पुलको लम्बाइ १२० र चौडाइ १६ मीटर छ ।  

निर्माण सम्पन्न भएको तीन महिना पुग्दा पनि पुल सञ्चालनमा नल्याइएकामा आपत्ति जनाउँदै छिटो विवाद टुङ्ग्याउन दबाब दिन  नीलकण्ठ ५ का युवाले ‘पुल सञ्चालन अभियान’ नै शुरुआत  गरेका छन् । पूर्व सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति, नीलकण्ठ नगरपालिका,  गल्छि गाउँपालिका र विभागलाई छिटो भन्दा छिटो पुल सञ्चालनमा ल्याउन अभियाकर्मीले माग गरेका छन् । एप्रोज सडककको ट्र्याक खोल्ने विषयमा छिटो अध्ययन गरी ती सडकमा पर्ने जग्गाको मुआब्जा दिन आवश्यक परेमा मुआब्जा दिन र  छिटो विवाद अन्त्य गर्न समेत अभियानकर्मी ती निकायको ध्यानाकर्षण समेत गराएका छन् ।   

कार्यालयका इञ्जिनियर कृष्णबहादुर खड्काले जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय धादिङ,नीलकण्ठ नगरपालिका र  गल्छि गाउँपालिकालाई एप्रोज सडककको ट्र्याक खुलाउन आवश्यक सहयोग र सहजीकरण गर्न पत्राचार गरिएको जानकारी दिए  । उनले ती निकायबाट आवश्यक सहयोग र सहजीकरण गरिदिएमा छिटो भन्दा छिटो  एप्रोज सडककको ट्र्याक खुलाइ पुल सञ्चालनमा आउने जानकारी दिए ।  
 
पुल बन्न सात वर्ष लाग्यो 

चरवर्षमा बन्नुपर्ने पुल सातवर्षमा बल्ल सम्पन्न भएको थियो । २०७१ सालमा सडक विभाग र  सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीका बीचमा ठेक्का सम्झौता भएको थियो ।  १९२ मिटर लामो पुलको निर्माण गर्न करिव सात वर्ष लागेको थियो ।  सो पुल सञ्चालनमा आएमा गल्छीदेखि  केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी पुग्न १० किलोमिटर बाटो छोटो हुने बताइएको छ  । साथै नुवाकोटको तारुका जान समेत पनि सो बाटो सहज हुन्छ  । एक अभियानकर्मी भने, ‘पुल सञ्चालन गर्न हामीले धेरै कोसिस ग¥यौं। अनुनय विनय ग¥यौँ ।  पक्कि पुल भनेर के गर्नु ? उपयोग गर्न नपाएपछि । बिरामीलाई अस्पताल पु¥याउन नसक्दा ज्यान गुमाउनु परेको छ ।’

सो ठेकेदार कम्पनीले नुवाकोटतर्फको ३०० मिटर सडक कालोपत्रे गरिसकेको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले बाटो खुलाउन प्रयास भइरहेको जानकारी दिए । उनले भने, ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको समस्यालाई समाधान गर्न पहल भइरहेको छ ।  समाधान निस्कन्छ । अगामी दिनमा केउरिनी– फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको स्तरोन्नतीमा थप बजेट निकासा गर्ने योजना छ ।’

 फोस्रेटार–आँपचौर –सुनौला बजार –धादिङबेशी सडकको ट्र्याक खुलाउन शुरुआतका समयमा रोडबोर्ड नेपालले आर्थिक सहयोग गरेको थियो । यसकार्यमा बोर्डका तत्कालीन इञ्जिनियर मुरलीगोपाल रञ्जितकार र नीलकण्ठ –५ का समाजसेवी एवम् राजनीतिज्ञ रामहरि शर्मा नेपालको अथक योगदान  छ । उनले भने, ‘अब सडक कालोपत्रे गर्न  सबै जुट्नुपर्छ । यसका लागि सहयोग र सहकार्य आवश्यक छ  ।’  गल्छी गाउँपालिकाकाले सडक विभागको कमजोरीले गर्दा समस्या आएतापनि बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending