काठमाडौँ । चीन सरकारले नेपाललाई थप १० लाख मात्रा कोभिड– १९ खोप अनुदानस्वरुप प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच आज भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका छन् ।
त्यस अवसरमा राष्ट्रपतिद्वयबीच नेपाल र चीनबीचको समग्र सम्बन्धसहित कोभिड–१९ सम्बन्धी सहायताबारे छलफल एवं विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोभिड–१९विरुद्धको नेपालको लडाइँमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकामा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।
कोभिड–१९विरुद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले यसअघि पनि चीनले नेपाललाई आठ लाख मात्रा खोप उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभयो । नेपाललाई चीनबाट कोभिड–१९विरुद्धको खोप खरीदमा सहजीकरणका निम्ति पनि उनले आग्रह गरे ।
दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नुपरेको कठिन परिस्थितिलाई स्वीकार गर्दै राष्ट्रपति सीले कोभिड–१९विरुद्धको नेपालको लडाइँमा चीन सरकारको पूर्ण सहयोग रहने बताए । उनले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिनुभएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको नयाँ घोषणाका निम्ति उहाँप्रति आभार व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कोरोनाविरुद्ध लडिरहँदा चिनियाँ सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: