काठमाडौँ । कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ ।
कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हुँदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् । जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो ।
त्यसका लागि फोन नम्बर पनि सार्वजनिक गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद रिजालले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ ।
सूचनाअनुसार नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द ९८५१३२०३१४, विभागीय प्रमुख भीमबहादुर थापा ९८५११३६७८५, प्रादेशिक प्रमुख थापाथली ज्ञानु थापा, ९८५११२१७८८ नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९८५१०२२५६४, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९८५१११३६६०, अधिकृत प्रज्वल प्रधान ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गरी सहयोग लिन भनिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: