काठमाडौँ । सरकार र थारु कल्याणकारिणी सभाबीच ६ बुँदे सहमति भएको छ । सहमतिमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरी र थारुवानका तर्फबाट रुक्मिणी चौधरी, प्रेमीलाल चौधरी, पद्मनारायाण चौधरी, प्रभात चौधरी र चन्द्रप्रसाद चौधरीले मंगलबार हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार थरुहट–थारुवान आन्दोलनका क्रममा टीकापुरमा भएको दुःखद् घटनामा आरोपित रेशमलाल चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने उल्लेख गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: