काठमाडौं । निर्वमान परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पदबाट हटे लगत्तै आपनो सम्पक्ति विवरण सार्वजनिक गरेका छन् ।
करिब तीन वर्ष ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रीरुको रुपमा रहेका ज्ञवालीले पारिश्रामिक वापत सात लाख ४१ हजार ७ सय ७५ रुपायाँ र ६० पैसा वचत रहेको विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुत्रबार मन्त्रिमण्डल पुर्नगठन गर्दा उनलाई पराष्ट्रमन्त्रीबाट हटाएका थिए । सरकारबाट हटेपछि ज्ञवालीले सामाजिक सञ्जाल मार्फत करिब तीन वर्ष पदिय हैसियतमा रहदाँको अवधिमा केही घरायसी सामान र दुई सय थान किताब जोड्नु बाहेक आफुसंग कुनै सम्पत्ति नरहेको विवरण सार्वजनिक गरेका छन् । उनको यस कार्यप्रति सामाजिक सञ्जालमा सबैले प्रशंसा गरेका छन् ।
निर्वतमान परराष्ट्रमन्त्री पदबाट हटेपछि सार्वजनिक गरेका उनको सम्पत्ति विवरण :
धन्यवाद तथा आभार
करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी ९सम्प्रति मुख्यसचिव०, भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु । समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।
नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।
यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।
मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।
यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।
भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।
प्रदीप ज्ञवाली
२१ जेठ २०७८
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: