Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

प्रधानमन्त्रीले पुर्नगठन गरेको मन्त्रिपरिषद् लोकतन्त्र र संविधान विपरित छ : भीम रावल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जसपा महन्थ ठाकुरलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नु गरिनुु संविधान र लोकनन्त्रविपरीत भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार गरेको मन्त्रिपरषद् पुनर्गठनप्रति प्रतिक्रिया दिदै भने, ‘संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ ।’ 


कामचलाउ प्रधानमन्त्री ओलीले शुक्रबार गरेको मन्त्रिपरिषद् हेरफेर संविधान र गत आम निर्वाचनको जनादेश विपरित भएको उनले प्रतिक्रिया दिएका छन् । यस्तै उनले संविधान संशोधन गर्न गठन गर्नु राष्ट्रघाति कदम भएको टिप्पणी गरेका छन् ।

‘दुई पटक संविधान सभाको निर्वाचन गरी देश र जनताको ठुलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनि कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात हो’, उनले भने, ‘यसमा रहेका लोकतन्त्रघातिहरुको नाम सर्वजनिक होस । प्रम केपीका यस प्रकासरका राष्ट्रघाती, जनघाती, लोकतन्त्र, पार्टीको सिद्धान्त, नीति र विधान विपरितका क्रियाकलापबाट देश जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक पाइला चाल्नै पर्ने स्थितिमा पुगेका छौं ।’

उनले देश, लोकतन्त्र र जनताको अधिकारको लागि सम्पूर्ण देशभक्त र लोकतन्त्रवादीहरुलाई एकजुट हुन आह्वान गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ। यही १५ गते काठमाडौँमा हुन लागेको विरोध सभाको तयारी...

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौँ । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।  भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको साहित्...

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

हेटौँडा । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षी...

प्रचण्डलाई ओलीको जवाफ- हामी कसैप्रति बदलाभाव राख्दैनौं, जथाभावी बोल्दै नहिँड्नू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक हिसाबले अस्थिरता, अन्योल, स्टन्टबाजी, जनतालाई धोका, भ्रम, अन्योल दिएकाले ...

एकीकृत समाजवादीको राष्ट्रिय कार्यकर्ता भेला आज

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आज राष्ट्रिय कार्यकर्ता भेला गर्दैछ।  पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी, गणतन्त्रको पक्...

कालीमाटीमा कति छ आज तरकारी र फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला...

सोलुखुम्बुमा भाइरल सङ्क्रमण- फाप्लु अस्पतालको भवन सुविधासम्पन्न, जनशक्ति अभाव

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम,...

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

दमौली । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर ह...

अमेरिकाबाट फर्किएर पुर्ख्यौली जग्गामा कृषि उद्यम थालेका सुशिल

म्याग्दी । मङ्गला गाउँपालिका–३ सातबिसेमा १० वर्ष अमेरिकामा पढेर फर्किएका एक जना युवाले व्यावसायिक केराखेती गरेका छन् । हाल बागलुङमा बसोबास र काठमाडौँम...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy