काठमाडौं । कर्णालीका सत्ता सहयात्री दल नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा बन्त्री बन्ने दुई जना सांसदको नाम टुंगो लगाएको छ ।
मन्त्रालयमा भागबण्डा नमिल्दा लामो समय सरकारमा नगएको कांग्रेसले शनिबार बसेको संसदीय दलको वैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको हो ।
कांग्रेस संसदीय दल कर्णालीले जनाए अनुसार सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको छ । दुई मन्त्रीलाई मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शनिबार नै नियुक्त गरे आइतबार शपथ गराउने कार्यक्रम तय गरेको छ ।
यस्तै, सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ। आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ।
फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरी एमाले र माओवादी पुरा नै पार्टी ब्यूँताइदिएपछि एमालेले बैशाखको पहिलो साता मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । तर, एमालेकै असन्तुष्ट पक्ष माधव समूहले अविश्वासको प्रस्ताव तुहाइदिए पछि शाहीको सरकार जोगिएको थियो ।
एमालेको तर्फबाट यस अघिनै ३ जना मन्त्री सरकारमा सहभागी भइसकेका छन् । आओवादी तर्फका मुख्यमन्त्री सहित ३ जना मन्त्रि रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २ गते, २०८२ - ०९:३१
काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौंले लामो समयदेखि रोकिएका २५ वटा रुग्ण ठेक्का रद्द गरेको छ। आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० बीच सम्झौता भएका तर ...
मंसिर २ गते, २०८२ - ०९:२१
म्याग्दी । व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीख...
मंसिर २ गते, २०८२ - ०८:४५
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका अगुवाहरु नै छुट्टाछुट्टै दल दर्तामा लाग्नुले आन्दोलनको मूल उद्देश्य कमजोर ब...
मंसिर २ गते, २०८२ - ०८:३२
झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत...
मंसिर २ गते, २०८२ - ०८:२२
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहितामा उम्मेदवारले मनोनयनपत्रसँगै आफूले ...
मंसिर २ गते, २०८२ - ०८:१८
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलाअनुसार मङ्सिर १ गते दिउँसो...
मंसिर २ गते, २०८२ - ०८:१०
काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ। आयो...
मंसिर २ गते, २०८२ - ०८:०५
काठमाडौँ । स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर...
मंसिर २ गते, २०८२ - ०७:५७
काठमाडौँ । नेशनल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिके...
मंसिर २ गते, २०८२ - ०७:४९
बागलुङ । यहाँस्थित बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा विगत तीन वर्षदेखि कालिका मन्दिर क्षेत्र कलात्मक बनाउनमा व्यस्त छन् । मन्दिर पुनः निर...




प्रतिकृया लेख्नुहोस्: