विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की युवा नेतृ रुबिना आचार्य भारी मतान्तरसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला थिए ।
अन्तिम मतगणनाअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरे भने कोइरालाले मात्र १२ हजार ८५० मत पाएका थिए । यसरी आचार्यले ४२ हजार ६६३ मतान्तरले जीत हासिल गरिन्, जबकि अन्य उम्मेदवारहरूले उल्लेख्य प्रभाव देखाएनन् । यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा कोइराला विजयी भएका थिए ।
रुबिना आचार्य को हुन्?
विराटनगर–४ जन्मिएकी आचार्यले प्रारम्भिक शिक्षा इडेन नेशनल र मेरील्यान्ड कलेजबाट हासिल गरेकी हुन् । उच्च शिक्षा काठमाडौँबाट, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीए र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट एमबीए पुरा गरेकी छन् ।
उनको राजनीतिक यात्रा २०७४ सालको संघीय निर्वाचनबाट सुरु भएको हो। तत्कालीन विवेकशील साझा पार्टीमार्फत काठमाडौँ–२ मा चुनावी रणनीति निर्माण र स्वयंसेवक परिचालनमा सक्रिय रहिन् । विवेकशील साझा युवा संगठनमा बागमती प्रदेश समितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेपछि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भइन् । रास्वपा र विवेकशील साझाबीचको एकीकरणपछि उनी मोरङमा रास्वपाको युवा नेतृका रूपमा चुनाव लड्न आइपुगेकी थिइन् ।
सामाजिक क्षेत्रमा पनि आचार्य सक्रिय छिन् –
डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानमा सहयोग
कोरोना महामारीमा ‘तातो भात अभियान’ सञ्चालन
महिला हिंसा विरुद्ध पहल र महिला नेतृत्व तथा समानता प्रवर्द्धन
आचार्यले नागरिक अधिकार, समावेशिता र दिगो सामाजिक विकासका पक्षमा निरन्तर आवाज उठाउँदै आगामी दिनमा पनि परिवर्तन र नेतृत्व विकासका लागि प्रतिबद्धता जनाएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १०:४७
प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...
बैशाख ४ गते, २०८३ - १०:४५
काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...
बैशाख ४ गते, २०८३ - १०:३६
काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...
बैशाख ४ गते, २०८३ - १०:१०
धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...
बैशाख ४ गते, २०८३ - ०९:४५
काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...
बैशाख ४ गते, २०८३ - ०९:४०
काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...
बैशाख ४ गते, २०८३ - ०९:३८
धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...
बैशाख ४ गते, २०८३ - ०९:१४
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...
बैशाख ४ गते, २०८३ - ०९:०९
धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...
बैशाख ४ गते, २०८३ - ०९:०१
कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...


प्रतिकृया लेख्नुहोस्: