Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादीबाट निर्वाचित यी जनप्रतिनिधि : स्वास्थ्यकर्मीसहित औषधि लिएर घरघर पुग्छिन्

खबरडबली संवाददाता

जुम्ला । तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा यतिबेला कोरोना सङ्कटमा जनताको सेवक बनेकी छन् । गाउँपालिकाभित्रका कोरोना सङ्क्रमितको मनोबल उच्च बनाउन घरदैलो अभियानदेखि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्ने गर्छिन् । उनले सङ्क्रमितका परिवारलाई सहानुभूति दिंदै आएकी छन् । स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन ।

कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढा दोस्रो लहरमा पनि सङ्क्रमितलाई भेटेर कोरोना सङ्क्रमण फैलन नदिनको लागि उच्च सतर्कताका साथ स्थानीयवासीसँग सहकार्य र समन्वय गर्दै आएकी छन् । कोरोना सङ्क्रमित व्यक्तिदेखि अन्य स्थानीयवासीसँग गाउँपालिकाका स्वास्थ्यकर्मी लिएर स्वास्थ्य परामर्श दिंदै उनले लक्षणअनुसारको औषधि उपलब्ध गराउँदै आएकी छन् । आफूले कोरोना सङ्क्रमितलाई एक क्यारेट अण्डा, औषधि र स्वास्थ्य परामर्श दिनहुँ दिदै आएको उपाध्यक्ष बुढाले बताइन ।

उनले भनिन्,'कोरोना सङ्क्रमित भन्ने बित्तिकै गाउँमा फरक तरिकाले हेर्ने गरिन्छ । कोरोना एक प्रकारको रोग हो । रोग लाग्दैमा मान्छे मर्दैन तर कोरोना देखिएको बेला अत्यधिक लापरवाही गरेको खण्डमा ज्यान पनि जान सक्छ ।' सङ्क्रमित र सङ्क्रमित परिवारले सचेत हुन जरुरी रहेकाले घरदैलो अभियान शुरु भएको उनको भनाइ छ । उपाध्यक्ष बुढासँगै स्वास्थ्य संयोजक गणेशबहादुर शाही, अहेब उत्तम देवकोटा पनि सङ्क्रमितको घरदैलोमा जाने गरेका छन् । उपाध्यक्ष बुढाले भनिन्, 'कोरोना सामूहिक समस्या भएकाले सामूहिक रुपमा प्रतिरोध गर्नुपर्छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्छ ।' सङ्क्रमितको स्वास्थ्यमा जटिल प्रकारको समस्या आउने बित्तिकै आफूलाई खबर गर्न आग्रह गर्छिन् । 

कोरोना सङ्क्रमणका कारण दिनहुँ ज्यान गइरहेको छ । उनी सबैलाई भन्छिन्, 'जटिल समस्या आएमा मलाई खबर गर्नुहोला, म तापइँहरुकै सेवामा रहने छु ।' अस्पतालसम्म लैजाने व्यवस्था स्थानीय सरकारले गर्ने गरेको उनको भनाइ छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितले उच्च सतकर्ता अपनाउनु पर्ने उपाध्यक्ष बुढा बताउँछिन् । उनी गाउँपालिकाका नौवटै वडाको घरघरमा पुगेर सङ्क्रमित भएर घरमा बस्नेले ध्यान दिनुपर्ने कुराहरुदेखि घरबाहिर निस्कदा मास्कको अनिवार्य प्रयोग गर्न, समयसमयमा सेनिटाइजर वा साबुन पानीले नियमित हात धुन र भिडभाड नगर्न  सल्लाह दिने गर्छिन् ।

गाउँपालिका–३ का होम आइसोलेसनमा बसेका सङ्क्रमित दत्त गिरीले उपाध्यक्षले घरदैलोमा पुगेर बिरामीको मनोबल उच्च बनाउने कार्य गरेकामा खुसी व्यक्त गर्दै भने, 'जनप्रतिनिधिले यसरी बिरामी परेको बेला घरमै आएर सान्त्वना दिँदा पनि निकै राहत हुने रहेछ । घरदैलोमा पुगेर सङ्क्रमित भेटेर स्वास्थ्य परामर्श दिदै लक्षणअनुसारको औषधि उपलब्ध गराउनु निकै ठूलो कुरा हो ।' जनता कोरोनाबाट सङ्क्रमित भई दुःखमा परेको बेला हामी जनप्रतिनिधि घरमै पुग्दा उनीहरुको आत्मबल बढेको उपाध्यक्ष बुढाको अनुभव छ । 

गाउँपालिकाका स्वास्थ्य संयोजक गणेशबहादुर शाहीले घरदैलोमा पुगेर सङ्क्रमितालाई ऊर्जा दिने काम उदाहरणीय भएको बताए । सो गाउँपालिकामा २५ शय्याको आइसोलेसन र पाँच शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको उनले बताए । गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । 

खाद्यान्नमा २० प्रतिशत छुट 
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले निषेधाज्ञा अवधिभर खाद्यान्नमा २० प्रतिशत छुट दिएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर छुट सुविधा उपलब्ध गराउने सामग्रीको विवरण र सोको मूल्य तथा बिक्री हुने स्थानको साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जानकारी गराउने निर्णय गरेअनुसार उल्लेखित छुट तथा सहुलियतको कार्यान्वयन शुरु भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending