काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई शुक्रबार नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेको हो।
वास्तविक नाम बालेन्द्र शाह भए पनि कला, साहित्य र युवा जमातमा उनी ‘बालेन’का नामले परिचित छन्। राजनीतिमा सक्रिय भएपछि औपचारिक कागजपत्रमा बालेन्द्र लेखिए पनि आम जनताले उनलाई ‘बालेन’ भनेर चिन्छन् । फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बनेको हो ।
३६ वर्षको उमेरमा प्रधानमन्त्री
जेनजी विद्रोहपछि फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट बालेन्द्र ३६ वर्षमै प्रधानमन्त्री बन्न सफल भएको छन् । बालेन्द्रको जन्म २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा बुवा डा।रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट भएको हो । बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।
उनी काठमाडौँ महानगरपालिकाको प्रमुख बनेर राजनीतिमा औपचारिक प्रवेश गरेको हो । वि।सं। २०७९ जेठ ३० गते बालेन काठमाडौँ महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनेको हो । उनले ६१ हजार ७६७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत पाए। शाह र सिंहको मतान्तर २३ हजार ४२६ थियो ।
स्वतन्त्र रूपमा तीन वर्ष महानगर प्रमुखको जिम्मेवारीमा रहनुभएका बालेन्द्र २०८२ पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेको हो । उनले रास्वपा सभापति रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तय गरेको हो । प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ताअघि उनले २०८२ साल माघ ४ गते काठमाडौँ महानगर प्रमुख पदबाट राजीनामा दिए।
रास्वपासँगको सहमतिमै उहाँलाई भाबी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने उल्लेख थियो । बालेन्द्रका लागि रास्वपा प्रवेशको सहमति र प्रधानमन्त्री पदको शपथमा १३ को संयोग परेको छ । पुस १३ गतेको सहमतिमा हस्ताक्षर गरेको ठिक तीन महिनापछि चैत १३ गते उहाँ प्रधानमन्त्री बनेको हो ।
३२ वर्षको उमेरमा काठमाडौँ महानगरको नगर प्रमुख बन्नुभएका उहाँ ३६ वर्षको उमेरमा एकल बहुमतसहित देशको शक्तिशाली सरकारको प्रधानमन्त्री बनेको हो । नेपालको इतिहासमा यसअघि कम उमेरका प्रधानमन्त्री नियुक्त भए पनि बालेन्द्र कान्छो निर्वाचित प्रधानमन्त्री बनेको छन् । नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापा ३२ वर्षमा प्रधानमन्त्री नियुक्त भएको थियो भने पञ्चायत अवधिमा डा। तुलसी गिरीले ३३ वर्षमै प्रधानमन्त्रीको नियुक्ति खाएको थिए।
पुर्ख्यौली घर महोत्तरी एकडारा
पुर्ख्यौली घर महोत्तरी भए पनि बालेन काठमाडौँमै जन्मिएर हुर्किएको हो । उनका बुवा रामनारायण आयुर्वेदिक डाक्टर थिए। काठमाडौँ नरदेवी आयुर्वेदिक अस्पतालमा सेवा थालेपछि उहाँ काठमाडौँ बस्न थालेको हो । उनका बुवाको २०८२ साल मङ्सिर १५ गते निधन भयो । बालेन्द्रका हजुरबुवाले महोत्तरीमा बनाउनुभएको घरमा अहिले एकडारा गाउँपालिका कार्यालय छ ।
उनी मधेश र काठमाडौँलाई भावनात्मक रूपमा जोड्ने नेता हुनुहुन्छ । उहाँको मधेशसँगको सम्बन्धकै कारण रास्वपाले मधेश प्रदेशबाट प्रतिनिधि सभाका सबै सिटमा जितमा जित हासिल गरेको छ । बालेन्द्र प्रधानमन्त्री बनेसँगै मधेशको छोरा पहिलो पटक देशको कार्यकारी पदमा पुगेको भन्दै त्यहाँ खुसी मनाइएको छ । जन्म काठमाडौँमै भए पनि उनको पुर्ख्यौली सम्बन्धले उनीप्रति मधेशमा ठुलो आकर्षण देखिन्छ ।
र्यापर बालेन
बालेन्द्रको रुचि बाल्यकालदेखि नै गीत सङ्गीतमा देखिन्छ । उहाँले पहिलो गीत ‘सडक बालक’ २०६९ सालमा रेकर्ड गरे। र्याप ब्याटलबाट युवा पुस्तामाझ लोकप्रिय बन्नुभएका बालेनका गीतमा राजनीतिक चेत देखिन्छ । उनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आयो । उनको ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत नेपालीको मुखमुखमा झुन्डिएको छ ।
उनका गीतमा सामाजिक र राजनीतिक चेतना सुन्न सकिन्छ । बिम्बात्मक चेत र कवितात्मक शब्द उहाँका भाषणमा पनि भेट्न सकिन्छ । उहाँले माया पिरतीका र्यापसमेत गाएको छन् । ‘मार्फाको मदिरा’, ‘अतीतका सम्झना’, ‘मन यो उड्यो’ उनका माया प्रेमका गीत हुन् । उनका माया प्रेमका भन्दा राजनीतिक चेत भएका र्याप र ब्याटल चर्चामा छन् । उनको कविता सङ्ग्रह ‘अश्र’समेत प्रकाशित छ । उनका कविता छोटाछोटा तर चोटिला छन् । उहाँले २०८१ साल वैशाख १४ गते कविताको पुस्तक फेसबुकबाटै सार्वजनिक गरेको हो ।
बिहीबार प्रतिनिधि सभाको शपथ लगत्तै उनले ‘जय महाकाली’ बोलको गीत सार्वजनिक गरेको छ । गीतमा प्रधानमन्त्री बालेनको र्याप सुन्न पाइन्छ । आफैले शब्द र कम्पोज समेटिएको बालेनको गीतमा सङ्गीत भने फोजिलरक्रोनिक बट्सको छ। गीतको भिडियोमा चुनावी अभियानमा कैद भएका फुटेज राखिएको छ ।
भाषण कम : चर्चा बढी
बालेन्द्र शाहले काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी दिँदादेखि झापा–५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्दासम्म धेरै भाषण गरेनन् । सामाजिक सञ्जालमा फाट्टफुट्ट धारणा सार्वजनिक गर्नु र कम्तीमा तीन मिनेटभित्रमा आफ्ना भनाइ राखिसक्नु उहाँको विशेषता बनेको छ । रास्वपाले भाबी प्रधानमन्त्रीका रूपमा अगाडि सारेपछि पहिलो पटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा उनले तीन मिनेटको भाषण गरे। त्यसपछि चुनावी भेटघाटमा व्यस्त हुँदासमेत उनले मतदातासँग छोटोछोटो कुराकानी गरे। चुनावी अभियानमा पुग्दा सामाजिक सञ्जालबाट नै आफ्ना कुरा सार्वजनिक गर्ने उनको शैली चर्चामा रह्यो । उनी सञ्चारमाध्यममा प्रतिक्रिया दिनु वा सञ्चारमाध्यमका प्रश्नको जवाफ दिनुको साट्टो सामाजिक सञ्जालमार्फत् धारणा राख्न रुचाउछन्े।
जोखिममा रमाउने
प्रधानमन्त्री बालेन्द्र जोखिममा रमाउने नेताको परिचय बनाउन सफल भएको छन् । देशको राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाको स्वतन्त्र मेयर बन्दादेखि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ मा नेकपा ९एमाले०का अध्यक्ष केपी शर्माविरुद्ध उम्मेदवारी दिनु उहाँका लागि जोखिमपूर्ण निर्णय थिए । तर उनले यी दुवै जोखिमको सामना मात्र गरेनन् सफलतासमेत पारे ।
झापा–५ मा उम्मेदवारी दर्ता गर्दै गर्दा धेरैले बालेनले जोखिम मोलेको बताएका थिए । बालेन्द्र एमाले अध्यक्ष ओलीकै गृहजिल्लामा करिब ५० हजार मतान्तरले हराउँदै संसदमा प्रवेश गरेको हो । बालेन्द्रले ६८ हजार ३४८ मत पाउँदा ओलीले १८ हजार ७३४ मात्र पाए। उनीहरूबिचको मतान्तर मात्र ४९ हजार ६१४ छ । ओली ६ पटकसम्म निर्वाचित भएको क्षेत्रमा गएर जित निकाल्दै बालेन्द्रले जोखिममा रमाएको पुष्टि गरे ।
काठमाडौँ महानगर प्रमुखको जिम्मेवारी हुँदासमेत उनले महानगर सुधारका लागि जोखिमपूर्ण काम गरेर चर्चा पाउएको थिए। महानगर प्रमुख बनेपछि बालेन्द्र कतिपय मुद्दामा कठोर प्रशासकका रूपमा प्रस्तुत भए । सडक, भवनको मापदण्ड र कानुन कार्यान्वयनमा उनले आँट देखाए।
काठमाडौँ महानगरले मापदण्ड विपरीतका संरचनामा डोजर चलाएपछि देशभरका पालिकामा अनधिकृत संरचना हटाउन डोजर अभियान नै चल्यो । मापदण्ड विपरीतका संरचना हटाउँदा कतिपय ठाउँमा बालेन्द्र आफैँ सम्झाउन पुगेका दृश्यसमेत सामाजिक सञ्जालमा चर्चित छन् ९२०७९ भदौ ९ गते बुद्धनगरको अल्फाबिट कम्प्लेक्समा डोजर चल्दा बालेनले गरेको प्रतिरक्षा० । काठमाडौँमा फुटपाथ बढाउने र बेसमेन्ट पार्किङको नियमलाई उहाँले कडाइका साथ कार्यान्वयन गरे। टुकुचा खोला उत्खननको निर्णयले उहाँलाई थप चर्चामा ल्यायो । कार्यपालिका बैठक प्रत्यक्ष प्रसारण, फोहोर व्यवस्थापन र पूर्वाधारमा उहाँले लिएको पहललाई महानगरपालिकाले कहिल्यै बिर्सने छैन ।
मापदण्डविपरीतका होर्डिङ बोर्ड, डिजिटल बोर्ड, फ्लेक्स हटाउनदेखि शिक्षा, स्वास्थ्यको क्षेत्रमा बालेनले गरेका सुधार सम्झना योग्य छन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति, सार्वजनिक स्थानको सजावट, काठमाडौँका ५३ अस्पतालमा विपन्नलाई नि:शुल्क उपचार उहाँको पहलमा भएका काम हुन् ।
पढाइ इन्जिनियरिङ : रुचि राजनीति
प्रधानमन्त्री बालेन्द्र पेसाले इन्जिनियर छन्। काठमाडौँको हिमालयन ह्वाइटहाउट इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङ गरेका उनले भारतको बैँगलुरुको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछिको पुन:निर्माणमा उहाँ सक्रिय भए। भूकम्पपछि उनी गोरखा हुँदै पुनर्निर्माण अभियानका क्रममा ३५ जिल्लामा पुगे। राजनीतिमा प्रवेश गर्नु अगाडि उनले कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिसमेत सञ्चालन गरेको थिए। बालेन्द्रले कन्सल्ट्यान्टका रूपमा सोल्टी सिटी प्रोजेक्ट, पद्म ग्रुफ अफ कम्पनीजमा सहायक प्रबन्धकका रूपमा काम गरे।
जेनजी विद्रोह र बालेनको उदय
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले बालेन्द्रलाई मूल धारको राजनीतिमा ल्याएको हो । आन्दोलन लगत्तै बनेको अन्तरिम सरकारको प्रधानमन्त्रीमा जेनजी आन्दोलनका अगुवाले गरेको प्रस्तावलाई अस्वीकार गर्नुभएका बालेन निर्वाचित प्रधानमन्त्री बन्नुभयो । चुनाव नलड्दै प्राप्त भएको प्रधानमन्त्री बन्ने अवसरलाई छोडेर उहाँले नै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सार्नुभएको हो ।
जेनजी आन्दोलनपछि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको चर्चा नभएको होइन तर उनले यही संविधान उत्कृष्ट रहेको धारणा राखे । उनले संविधान उत्कृष्ट भए पनि यसलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने धारणा आफू निकट व्यक्तिसँग राख्दै आएको छन् । महोत्तरी पुर्ख्यौली घर हुनुभएका बालेन प्रधानमन्त्री बनेसँगै मधेश र काठमाडौँको सम्बन्ध बलियो बन्ने विश्वास गरिएको छ ।
युवा पुस्ताको माग र मतपेटिकामा पुराना पार्टीविरुद्ध मतदाताले गरेको विद्रोहबाट बालेन्द्र युवा उमेरमै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । उहाँमा रहेको प्राविधिक क्षेत्रको विज्ञतालाई विकासमा उपयोग गर्न सके मुलुक विकास हुनसक्ने अपेक्षा आम नागरिकले गरेका छन् । प्राविधिक ज्ञान भएको व्यक्ति राजनीतिमा आउनु र देशको नेतृत्व गर्नु सकारात्मक हो । उनका अगाडि अब भावना भन्दा तथ्याङ्क र योजनामा केन्द्रित भएर राजनीति गर्नुपर्ने चुनौती छ । जनताको परिवर्तनको हुटहुटीलाई शक्तिशाली सरकारको नेतृत्वकर्ताको हिसाबले सम्बोधन गर्नुपर्ने गहन जिम्मेवारी उनीमाथि छ । महानगर प्रमुख हुँदा देखिएको राष्ट्रियताप्रतिको अडान, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता र डिजिटल प्रविधिको उपयोगलाई तल्लो तहसम्म पुर्याउनुपर्ने चुनौती प्रधानमन्त्री सामू देखिन्छ ।
धर्म संस्कृतिको सम्मान
प्रधानमन्त्री बालेन्द्रले धर्म र संस्कृतिप्रति विशेष ध्यान दिन्छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख भएपछि नेवारी पहिरनमा विशेष ध्यान दिए। झापा–५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेपछि चुनावी प्रचारप्रसारका लागि उनी सुदूरपूर्व ताप्लेजुङदेखि सुदूरपश्चिम दार्चुलासम्म पुगे । ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेपछि फेसबुकमा लेख्नुभयो, ‘जय पाथीभरा, जय मुक्कुमलु ।’ खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराती तथा नेपालीका लागि पवित्र स्थल भएको भन्दै शब्दकोशीमा पुग्दा मुन्धुमी ‘सभ्यताको द्वार’ को चर्चा गरे।
कर्णालीमा पुग्दा, ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’ लेख्नुभएका उहाँले सुदूरपश्चिम पुग्दा, ‘सुदूर अब दुर नाई, झिक्कै झिक्कै माया तम्लाई १’ लेखे । यसले भूगोल र संस्कृतिसँगै त्यहाँको भाषाप्रति उहाँले सम्मान गर्नुभएको भन्दै चर्चा भयो । प्रतिनिधिसभा सदस्य निर्वाचित भएको शपथ समारोहमा लगाउनुभएको ‘सिलाम साक्मा’ देखेपछि उनीप्रति पूर्वका लिम्बू समुदायले सम्मान प्रकट गरे । सबै भाषा, धर्म, संस्कार र संस्कृतिलाई सम्मान गर्दै उहाँ देशको कार्यकारी प्रमुख बनेको हो ।
बालेन्द्रले छातीको देब्रेतर्फ लगाएको सिलाम साक्मा लिम्बू समुदायको मौलिक र सांस्कृतिक बिम्ब हो । ‘सी’ ९मृत्यु०, ‘लाम’ ९बाटो० र साक्मा ९छेक्नु० भन्ने अर्थ लाग्छ । यो शब्दको अर्थ लिम्बू भाषामा ‘मृत्युको बाटो छेक्नु’ भन्ने हुन्छ । पछिल्लो समय कोशी प्रदेशका सार्वजनिक कार्यक्रममा अतिथिलाई खादा र ब्याचको विकल्पमा सिलाम साक्मा लगाइदिएर स्वागत गर्ने गरिन्छ ।
काठमाडौँ महानगर प्रमुखको जिम्मेवारीमा कम बोल्ने कडा प्रशासकको परिचय बनाउनुभएका बालेन्द्र युवाको आवाज बनेर प्रधानमन्त्री बनेको छन् । मतदाताको रोजाइमा रास्वपा पर्नुमा बालेनको बेगलाई प्रमुख मानिएको छ । जनताको अपेक्षा पूरा गर्नु प्रधानमन्त्रीका लागि चुनौती भए पनि इन्जिनियर भएकाले अब देश निर्माणको सुन्दर खाका बन्ने अपेक्षा आम नागरिकले गरेका छन् । अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँ नयाँ रणनीतिमा रमाउने नेताको परिचय बनाएका प्रधानमन्त्री बालेनलाई सफल कार्यकालको शुभकामना ।
प्रतिकृया लेख्नुहोस्: