बाग्लुङ । कोभिड-१९ को तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ । अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष (एनआइसियु र पिआइसियु) छैन् । 'बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्' अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भने, 'अहिले पनि शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उनले बताए ।
एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक-पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उनले गरे । '२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन्', उनले भने 'पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन् ।'
अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उनले बताए । दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ । स्वास्थ्य कार्यालय बाग्लुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ ।
'बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ', कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, 'हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ ।' घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ । वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ । बाग्लुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाइएको छ । ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शैय्या भने छुट्टाएका छैनन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८२ - १६:२८
काठमाडौं । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगा...
बैशाख ३० गते, २०८२ - १६:१८
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण ...
बैशाख ३० गते, २०८२ - १६:१५
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ । धुलिखेल नगरपालिका५ खड्पुचोकस्थि...
बैशाख ३० गते, २०८२ - १६:०५
दाङ । दाङमा आफ्नै श्रीमानकाे हत्या गरेको आराेपमा श्रीमती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–७ हल्दी बस्ने ५० वर्षीया संगीता सुना...
बैशाख ३० गते, २०८२ - १६:०२
संखुवासभा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । संखुवासभाकाे खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको ...
बैशाख ३० गते, २०८२ - १६:०२
बनेपा । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खो...
बैशाख ३० गते, २०८२ - १५:५३
भ्रष्टाचारविरुद्ध अभियान आवश्यक छ
बैशाख ३० गते, २०८२ - १५:५१
कैलाली । धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढ...
बैशाख ३० गते, २०८२ - १५:५१
काठमाडौं । हुलाक बचत बैंकको रकम अभिलेख नगरी बाँडचुड गर्ने जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख र बचत बैंक हेर्दै आएका नासुसहित ६ जनाव...
बैशाख ३० गते, २०८२ - १५:४८
काठमाडौं । मंगलबार सेयर बजार १४.८७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६३४ अंकमा कायम भएको छ । कारोबार सुरु भएको ६ मिनेटमै बजार २६६९ अंक...
प्रतिकृया लेख्नुहोस्: