Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

संसद विघटनसम्बन्धि मुद्दा : प्रधानन्यायधीश राणाद्वारा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइकालागि प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलास पुर्नगठन गरेका छन् । 

पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सहित, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहेका छन् ।

संवैधानिक इजलासको रोष्टरमा तीन नम्बरमा रहेका न्यायधीश हरिकृष्ण कार्कीलाई राखिएको छैन । यस अघि पुस ५ गते प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि कानून व्यवसायीले निष्पक्षतको प्रश्न उठाएपछि उनी इजलासबाट बाहिरिएका थिए । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता रहेका थिए ।

उनको ठाउँमा छैटौं नम्बरमा रहेका ईश्वर खतिवडालाई ल्याइएको छ । यस संगै अव प्रतिनिधिसभा विघट विरुद्ध सर्वोच्चमा परेको रिटमाथिको सुनुवाईले गति लिने भएको छ ।

प्रधानन्यायधीश राणाले जेठ १४ गते गठित संवैधानिक इजलासमा रहेका न्यायधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि कानून व्यवसायीले निष्पक्षतामाथि प्रश्न उठाएपछि संवैधानिक इजलास प्रभावित हुँदै आएको थियो ।

न्यायधीश केसी र श्रेष्ठ नेकपा विवादमा रिट दायर कर्ताले माग्दै नमागेको विषयमा अगाडि बढेर फैसला गर्दा नेकपा विभाजन भएको तर्क विपक्षी कानून व्यवसायीले गरेका थिए ।

नेकपा विभाजन कै कारण संसद विघटन हुने पुगेको भन्दै कानून व्यवसायीले सोही मुद्दाका पक्ष विपक्ष अहिले सर्वोच्चमा रिट निवेदन लिएर आएकोले न्यायधीशले इजलासमा बस्न नपाउने दावी गरेका थिए । तर, कानून व्यवसायीले प्रश्न उठाएकै आधारमा आफुहरुले इजलास नछा्डने न्यायधीश केसी र श्रेष्ठले दावी गरेपछि इजलासमा रहेका अन्य दुई न्यायधीश दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट बाहिरिएका थिए ।

संवैधानिक इजलासमा न्यायधीशबीच नै पक्ष विपक्षमा राय बाझिएपछि जेठ १८ गते प्रधानन्यायधीश र सर्वोच्च बारका पदाधीकारीहरुको छलफलमा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending