Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

नाइजेरियाका बन्दुकधारीद्धारा ११ जना गाउँलेको हत्या

रासस

सिन्ह्वा । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् । शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।

नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।

सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ । त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए । गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ ।

शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झडप पनि भएको थियो । यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर  पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन । सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए । त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending