सिन्ह्वा । नाइजेरियाको एक गाउँमा मोटर साइकलमा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध हमला गरेर ११ जना गाउँलेको हत्या गरेका छन् । शनिबार राति ती अज्ञात बन्दुकधारीहरु मोटरसाइकल चढेर आएका थिए । उनीहरुले एक गाउँमा प्रवेश गरेर गोली चलाउन थालेका थिए ।
नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने ओयो राज्यको एक गाउँमा उनीहरुले सर्वसाधारण माथि गरेको गोली प्रहारबाट ११ जना गाउँलेको ज्यान गएको ओयो राज्यको प्रहरीले जानकारी दिएको छ । ओयो राज्यको प्रहरीले सो गाउँमा उनीहरुले रातिको समयमा पुगेर गाउँलेको हत्या गर्नुको साथै त्यहाँका कैयौँ घरमा पनि आगजनी गरेका थिए ।
सो गाउँमा गरिएको आगजनीमा ठूलो क्षति भएको पनि यहाँको प्रहरीले जानकारी दिएको बताइएको छ । त्यसक्रममा यहाँका गाउँलेले पनि ती हमलाकारीहरुका विरुद्धमा जाइलागेका थिए । गाउँलेले गरेको आक्रमणमा परेर बन्दुकधारीका तर्फबाट पनि केही मानिसको ज्यान गएको बताइएको छ ।
शनिबार राति ती बन्दुकधारी र गाउँलेबीच लामो समयसम्म झडप पनि भएको थियो । यहाँ भएको घटनाको बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । ती बन्दुकधारी को हुन् र राति अकस्मात सो गाउँमा आएर किन हमला गरेका थिए भन्ने बारेमा केही बुझ्न सकिएको छैन ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर पनि त्यस गाउँमा भएको क्षतिको पूर्ण विवरण भने दिइएको छैन । सोही गाउँमा केही समय अघि पनि यसैगरी केही बन्दुकधारीले गाउँलेको ज्यान लिएका थिए । त्यसैले त्यसको बदलामा शनिबार रातिको घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...
पौष १३ गते, २०८२ - ०८:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...
पौष १३ गते, २०८२ - ०८:२०
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...
पौष १३ गते, २०८२ - ०८:१५
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो। बैठकमा समानुपातिक उम्मेद्वारको अ...
पौष १३ गते, २०८२ - ०७:५५
काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ। सम्झौता...
पौष १३ गते, २०८२ - ०७:४७
म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...
पौष १३ गते, २०८२ - ०७:३९
मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...
पौष १३ गते, २०८२ - ०७:३४
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...




प्रतिकृया लेख्नुहोस्: