सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने केपी ओली पक्षका सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधको छ । मंगलबार संसदीय दलका नेता प्रकाशबहादुर शाहले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने सात सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।
विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले सोध्यो स्पष्टीकरण सोधिएको हो । तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी दिइएको छ ।
संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ ।
मुख्यमन्त्री भट्टलाई माधव नेपाल पक्षका १७ जनाले विश्वासको मत दिएका थिए ।
प्रतिकृया लेख्नुहोस्: