हुम्ला । जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे ।
हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, 'चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई हामीले ठूला मान्यौ, त्यो बेला वुद्धि भएन, नत्र जग्गासँग पाठा साटेको भए, आधा चैनपुर हुन्थ्यो होला ।'
उनका अनुसार त्यतिबेला चैनपुरका धनी भनेकै हरिसाहु थिए । उनका दुई वटा घर थिए । उनलाई एक भेडा रु ५० देखि एक सयसम्ममा बिक्री गर्थ्यौँ । लाग्छ त्यतिबेलाको रु एक सय ठूलो थियो । अहिले १ सय ५० भेडा बिक्री गरेपछि १९ देखि २० लाख रुपैयाँ आउँछ, त्यसले पनि केही हुँदैन् ।
त्यतिबेला गाउँमा स्कुल थिएन । पढ्नु पर्छ भन्ने थाहा पनि भएन । १२ वर्षको उमेरमै भेडासँग हिड्न लागेका हामी दुई दाजुभाई भेडासँगै जिवन विताउन थालेको मनबहादुरले भने, 'म हुम्लाबाट बझाङ आउँदा शुरुमा १८ पाठा थिए । यो हिसावले उनले भेँड चराउन थालेको पनि ६४ वर्ष पुग्यो । हुदाँहुँदै कुनै बेला ११ सय बाख्रा, खसी, भेडाका छुट्टाछुट्टै गोल र आठ/नौ जना ग्वाला (हेर्ने मान्छे), साथमा तीन/चार वटा कुकुर पनि थिए । धनगढी र महेन्द्रनगर, डडेलधुरालगायतका ठाउँबाट सामान ल्याउँथे । त्यतिखेर यातायातका साधन भनेका नै भेडा, बाख्राहरु थिए ।'
खच्चर धेरै समयपछि आएको महतको भनाइ छ । उनले भने, 'त्यतिबेलाको जमना थियो । भेडामा सामान हुन्थ्यो । गाउँ नजिकै बाटोमा डेरा बसाल्थ्यौं । गाउँले दाजुभाइहरुले माया गर्थे । अहिले भेडावाला भन्ने वित्तिकै गाली गर्छन । अब त बुढो भयौं, तागत छैन । हिड्दा हिड्दै खुट्टा लट्पटिन्छन । अब सकिदैन, विस्तारै घटाउनु पर्यो ।' हुनत् भेडाकै खर्चबाट छोरा अफितलाई डिग्री पढाएको बताउने उनले छोरा अमेरिका जाँदा रु ९ लाख पठायौं, अहिले छोरा अमेरिकामा नै छ उनको भनाइ छ ।
'छोराले उतै विवाह गर्यो'। उनले भने, 'उ पनि फोन गरेर कहिले काँही भेडा बेचेर घर आउँ भन्छ । घरपरिवार सबैलाई भेडाकै खर्चबाट पालन पोषण गरे । अहिले पनि घरमा ११ जनाको परिवार छ । श्रीमति वितेको भने केही वर्ष भयो ।
आफ्नो जिन्दगी भने दुःख गर्दै खायो । उहिलेका दुःख सम्झदा छोराछोरीलाई सुख छ, तागत छैन, सम्पति देख्दा माया लाग्छ, मलाई एक भेडा बेच्दा पुगिहाल्यो, आफूलाई नपुग्या छोराछोरीलाई देउ भन्नु, अब एकचोटी मर्नुभन्दा अगाडी अमेरिका घुम्ने मन छ । छोराले पनि अमेरिका लिन्छु भन्या छ । तर क्या अर्नु (के गर्नु ) देशभरी यस्तै छ । मान्छे माहामारीका कारण घान हुन लाग्याका छन (धेरैको संख्यामा मर्न लागेका) । बाँच्या पछि अमेरिका हेर्न जान्या रहर थियो । न तत्र सकियो ।' रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: