काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार शपथका लागि निर्धारित समयभन्दा केही अगाडि राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी छ ।
उनले दिउँसो १२ : ३४ मा शपथ लिने समय तय भएको छ। शाहसँगै आजै मन्त्रीहरूले पनि शपथ लिने छन्।
रास्वपाका एक नेताका अनुसार प्रधानमन्त्रीसहित १६ जनाको मन्त्रिपरिषद् बनाउने योजना छ । त्यसमा महिलाको प्रतिनिधित्व एक तिहाइ गराउने प्रयास भइरहेको छ ।
रास्वपामा प्रत्यक्षबाट १३ र समानुपातिकबाट ४८ गरी एक तिहाइ महिला सांसद छन् । ‘पर्यटन र उद्योग मन्त्रालय एउटै मन्त्रीलाई दिने तयारी छ । भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय पनि एउटै मन्त्रीले हेर्ने गरी छलफल भइरहेको छ,’ ती नेताले भने ।
मन्त्री चयन, सरकारका सुरुवाती चरणका प्राथमिकतालगायतका विषयमा सभापति र वरिष्ठ नेता निरन्तर छलफलमा रहेको रास्वपाका नेताहरूले जानकारी दिएका छन् ।
कसलाई मन्त्री बनाउने भन्नेबारे भने अन्य नेताहरूलाई सभापति र वरिष्ठ नेताले जानकारी नदिएको रास्वपाका दोस्रो तहका नेताहरूले बताएका छन् । रास्वपाका एक शीर्ष नेताले भने, ‘को मन्त्री बन्ने भन्नेबारे उहाँहरूले निरन्तर छलफल गरिरहनुभएको छ । तर को बन्दै हुनुहुन्छ भनेर अनुमान गर्न सक्ने अवस्था छैन ।’
ती नेताका अनुसार मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेललगायतको नाम चर्चामा छ ।
‘अर्थमन्त्रीमा वाग्ले, परराष्ट्रमन्त्रीमा खनालले शपथ लिने निश्चितजस्तै छ । लम्सालले गृह र भौतिक पूर्वाधारमध्ये कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘आन्दोलनबाट आएका सुधन गुरुङलाई पनि मन्त्री बनाउने गरी छलफल भइरहेको छ, मन्त्रालय टुंगो लागेको छैन ।’
लगातार दुई पटक प्रत्यक्ष प्रणालीबाट निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा दिने तयारी छ । यसै पटक समानुपातिक प्रणालीबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्रीको जिम्मेवारी दिनेबारे छलफल चलिरहेको रास्वपाका अर्का नेताले जानकारी दिए ।
‘सस्मित पोखरेलको पनि चर्चा छ,’ उनले भने, ‘कांग्रेस सभापति गगन थापालाई पराजित गरेर सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई मन्त्री बनाउने छलफल भइरहेको छ ।’
मन्त्रीहरूको नाम टुंगो लगाउन आज बिहान ७ बजे सभापति लामिछाने र वरिष्ठ नेता शाहसहित उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक तय गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: