काठमाडौँ । नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने योग रहेको छ ।
पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।
यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८१ - १३:४८
हेटौंडा । हेटौंडामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको छ । हेटौंडा–५ गर्दौई र ह...
पौष ११ गते, २०८१ - १३:३८
भोजपुर । भोजपुरमा स्कार्पिओ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा नौं जना घाइते भएका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर ...
पौष ११ गते, २०८१ - १३:३१
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सिर्जना भएको बत...
पौष ११ गते, २०८१ - १३:१०
सङ्खुवासभा । जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ...
पौष ११ गते, २०८१ - १३:०७
अत्तरिया । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक रु दुई हजारसम्म आम्दानी गर्दै आएका छन् । बीस व...
पौष ११ गते, २०८१ - १३:०३
विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालि...
पौष ११ गते, २०८१ - ११:४४
पोखरा। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट...
पौष ११ गते, २०८१ - ११:४१
सिद्धान्तबाट च्यूत भएर एमालेलाई कम्पनीमा परिणत गर्न लागियाे
पौष ११ गते, २०८१ - १०:३६
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूलय स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति...
पौष ११ गते, २०८१ - १०:३४
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ । स्थानीय दशैया मुखियाले अ...
प्रतिकृया लेख्नुहोस्: