काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक शनिबार बस्दै छ। सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशनका विषयमा छलफल केन्द्रीत रहने सह–महामन्त्री डा. प्रकासशरण महतले जानकारी दिए ।
उनका अनुसार तोकिएको समय सीमाभित्र कसरी महाधिवशेन सम्पन्न गर्ने भन्ने विषयमा विभिन्न विकल्प खोजिने छ । यस्तै, वडा तहसम्मै अधिवेशनको कार्यतालिका संशोधन गर्ने तयारीमा कांग्रेस जुटेको छ । यसअघि असार ५ बाट वडा अधिवेशन गर्ने भनिएपनि क्रियाशील सदस्यताकै टुंगो नलागेपछि कार्यतालिका प्रभावित भएको छ । आजको बैठकमा साउनको पहिलो हप्ताबाट वडा अधिवेशन गर्ने बारे छलफल हुनेछ ।
विश्वव्यापी कोरोना महामारी र राष्ट्रिय राजनीतिमा देखा परेको समस्या समाधान गर्नुपर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आएकोले त्यासको प्रभाव महाधिवेशनमा परेको महतले जिकिर गरेका छन् । निर्धारित मिति संशोधन गरेरै भएपनि भदौ मसान्तसम्ममा केन्द्रीय महाधिवेशन सम्पन्न हुने नेता महतले दावी गरेका छन् ।
कांग्रेसले भदौ ७–१० का लागि १४ औं महाधिवेशनको मिति तोकेको छ । तर, अहिलेसम्म कार्यतालिकाअनुसार काम भएको छैन । संविधान अनुसार भदौं दोस्रो साताभित्र कांग्रेसले महाधिवेशन सम्पन्न नगरे उसको वैधता नै समाप्त हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: