Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरूले सरकार ढाल्ने समय आएको बताएका छन्।

इरानले पनि क्षेप्यास्त्र र ड्रोन आक्रमणमार्फत् प्रतिक्रिया जनाएको छ। उसको निसानामा इजरेल, बाहरेन, कुवेत, कतार, यूएई, जोर्डन, साउदी अरब, साइप्रस र स्ट्रेट अफ हर्मुजबाट पार हुने पानीजहाजहरू छन्।

इरानको समर्थनमा लेबननमा सक्रिय शीआ मुस्लिम समूह पनि यो युद्धमा सामेल भएर लेबननबाट इजरेलतर्फ रकेटहरू प्रहार गरिरहेको छ। जबाफमा इजरेलले पनि लेबननमा रहेका हिज्बुल्लाहका अखडाहरूमा आक्रमण गरेको छ।

यसमा हामीले यो युद्ध कसरी सुरु भयो, त्यसबाट मध्यपूर्व कसरी प्रभावित बन्यो अनि द्वन्द्व कति समयसम्म लम्बिन सक्छ भनेर चर्चा गरेका छौँ।

इरानमा के भइरहेको छ?

अमेरिका र इजरेलले शनिवार इरानका क्षेप्यास्त्र पूर्वाधार, सैनिक इलाका र वरिष्ठ नेताहरूलाई लक्षित गरेर व्यापक आक्रमण गरे।

सन् १९८९ देखि निरन्तर इरानको नेतृत्व गरिरहेका खामेनेई पहिलो चरणको आक्रमणमै मारिए।

इजरेली सेना आईडीएफले खामेनेईसँगै इरानका दर्जनौँ वरिष्ठ अधिकारीहरू र इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी)का शक्तिशाली व्यक्तिहरू पनि मारिएका जनाएको छ।

इरानको रक्षा परिषद्‌का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडिअर जनरल अजीज नसीरजादेह तथा आईआरजीसीका कमान्डर जेनरल मोहम्मद पकपोरसहित मारिएका सात वरिष्ठ सुरक्षा अधिकारीहरूको नाम इजरेलले सार्वजनिक गरेको छ।

आईआरजीसीको नयाँ प्रमुखमा अहमद बाहिदी चयन भएका छन्। मङ्गलवारसम्म इरान इन्टरनेट नेटवर्कबाट सम्पर्कमा छैन भने उसको हवाई मार्ग पनि बन्द छ। 

इरानको सेनाले पनि जबाफी आक्रमणहरू जारी राखेको छ।

राजधानी तेहरानसहितका ठाउँमा आक्रमण जारी राखेका अमेरिका र इजरेलले इरानको जलसेनाको मुख्यालय ध्वस्त बनाएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

अमेरिका र इजरेलले किन इरानमा आक्रमण गरे?

ट्रम्पले आफूहरूको आक्रमणको उद्देश्य "इरानले परमाणु अस्त्र तयार नगर्ने सुनिश्चित गर्नु" भएको बताएका छन्।

"हामीले उनीहरूको क्षेप्यास्त्र नष्ट गरेर त्यसको उद्योग नै ध्वस्त बनाउने हो," ट्रम्पले भनेका छन्।

ट्रम्पले अर्को कुरा पनि गरेका छन्। उनले इरानीहरूलाई आफ्नो सरकार ढाल्न आह्वान गरेका छन्।

इरानले आफ्नो परमाणु कार्यक्रमबारे नयाँ सम्झौता नगरे सैन्य कारबाही भोग्नुपर्ने हप्तौँ लामो अमेरिकी चेतावनीपछि यो बृहत् आक्रमण चलिरहेको छ। इरानले चाहिँ आफ्नो परमाणु गतिविधि पूर्णतः शान्तिपूर्ण कामका लागि भएको बताएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले इरानी सत्ताका सुरक्षा उपकरण निष्क्रिय बनाएर तत्काल चुनौती देखिएका क्षेत्रलाई प्राथमिकीकरण गरिने बताएको छ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू "इरानको आतङ्कवादी सत्ताबाट उत्पन्न अस्तित्वको जोखिम हटाउन" कारबाही सुरु गरिएको बताउँछन्।

इरानले कसरी प्रतिकार गरिरहेको छ?

इरानले इजरेलसहित अमेरिकासँग सम्बन्ध भएका मध्यपूर्वका विभिन्न देशहरूमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ।

आईआरजीसीले तेल अभिभ र अन्य स्थानमा रहेका इजरेली सरकार र सेनाका इलाका लक्षित आक्रमण गरिएको बताएको छ।

यूकेको रक्षा मन्त्रालयले साइप्रसमा रहेको ब्रिटिश सेनाको एअर बेसमा ड्रोन आक्रमण भएको जनाएको छ।

ओमान र साउदी अरबसहित अमेरिकी सेनाका एअर बेस रहेका बाहरेन, कतार, यूएई र कुवेत पनि निसानामा परेका छन्।

सोमवार पनि दुबई, दोहा र मनामासहितका सहरमा थप आक्रमण भए। इरानले कुवेत र हिन्द महासागरमा रहेका अमेरिकी एअर बेसमा आक्रमणका लागि १५ वटा क्रूज क्षेप्यास्त्र प्रयोग गरिएको जनाएको छ।

दुबईको होटेलसहित गैरसैनिक क्षेत्र पनि आक्रमणको निसाना बनेका छन्। अमेरिका र उसका सहयोगीहरूले खाडी राष्ट्रहरूमा भएका आक्रमणको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरेका छन्।

सोमवार कुवेतमा तीन वटा अमेरिकी विमान खसालिएका थिए। तर आफ्नै तर्फबाट झुक्किएर भएको आक्रमणमा विमान खसालिएका अमेरिकी सेनाको दाबी छ।

युद्धले कसरी इन्धनको मूल्यमा प्रभाव पारिरहेको छ?

मध्यपूर्वमा देखिएको अस्थिरताले विश्वभरिकै अर्थतन्त्रमा असर गरिरहेको छ। खास गरी खाडी क्षेत्रको संवेदनशील ऊर्जा उद्योग यसको मारमा पर्दा त्यसको असर अन्य देशहरूसम्म परेको छ।

इरानी आक्रमणका कारण कतारले एलपीजी ग्यासको उत्पादन रोकिएको बताएको छ। त्यसकारण सोमवार ग्यासको मूल्य ५० प्रतिशतले बढेको छ। ग्याससँगै तेलको मूल्य पनि बढेको छ।

इरानी ड्रोनले साउदी अरबको अर्को प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको छ। त्यसपछि यो केन्द्र पनि आंशिक रूपमा बन्द भएको छ।

इरानले स्ट्रेट अफ हर्मुज भनिने खाडी क्षेत्र र हिन्द महासागरबीचको साँघुरो सामुद्रिक नाकामा पानीजहाज नचलाउन चेतावनी दिएको छ। इरानी सामुद्रिक सीमाको यो नाकाबाट विश्वको २० प्रतिशत तेल र ग्यास ओसारप्रसार हुन्छ।

खामेनेईका उत्तराधिकारी कसरी छानिन्छन्?

इरानले देशका सर्वोच्च नेता तत्कालै चयन हुने बताएको छ। देशको सङ्क्रमणकालीन नेतृत्वका लागि एउटा नेतृत्व परिषद् गठन भएको छ।

त्यसमा राष्ट्रपति मसूद पेजेस्कियान, न्यायालयका प्रमुख गोह्लामहोशीन मोशेनी एज्हेई र वरिष्ठ धर्मगुरु एलीरेह्जा अरह्फी छन्।

नयाँ सर्वोच्च नेताको औपचारिक चयन ८८ सदस्य रहने असेम्ब्ली अफ एक्स्पर्ट्स भनिने धर्मगुरुहरूको सभाले गर्ने छ।

देशको संविधानअनुसार यी धर्मगुरुहरूले सकेसम्म छिटो देशका धर्मगुरुको छनौट गरिसक्नुपर्छ। तर देशमा आक्रमण भइरहेको समयमा सुरक्षाका दृष्टिले पनि यो अहिले कठिन देखिएको छ।

युद्ध कति लम्बिन्छ?

शनिवार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथिको आक्रमण "आवश्यक भए साताभरि नै निरन्तर रहने र नरोकिने" बताएका थिए। तर त्यसयता भने उनले यसभन्दा लामो समयसम्म पनि जान सक्ने बताएका छन्।

आइतवार ट्रम्पले 'न्यूयोर्क टाइम्स'सँग कुरा गर्दै अमेरिका र इजरेलले एउटै स्तरमा चारदेखि पाँच सातासम्म आक्रमण जारी राख्ने बताएका थिए।

सोमवार ह्वाइट हाउसमा बोल्दै उनले भने, "हामीले सुरुबाटै चार सातासम्म जाने भनेका थियौँ, तर हामीसँग त्योभन्दा लामो समयसम्म पनि लैजाने क्षमता छ।"

उनका अनुसार अमेरिका आफ्नो समय आकलनभन्दा "उल्लेख्य अगाडि" छ।

पछि उनले अमेरिकासँग मध्यम र उच्चमध्यम किसिमका असीमित गोलाबारी रहेको बताएका थिए। इजरेलका प्रधानमन्त्री नेतन्याहूले शनिवार भनेका थिए, "यो अभियान आवश्यक रहेसम्म निरन्तर रहिरहने छ।"

अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमवार संवाददाताहरूको प्रश्नमा भने, "कति समय लाग्छ भन्ने मलाई पनि थाहा छैन। हाम्रा उद्देश्यहरू छन्। जति लागे पनि हामी गरेरै छोड्छौँ।" बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending