Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

रासस

डोटी । जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । 

जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिकाको नगरस्तरीय बाल क्लबले २० वर्ष नपुगेकी निज बालिकाकोे विवाह भएको भन्दै रद्द गराइपाउन जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि छानबिनपश्चात उक्त विवाह बालविवाह भएको देखिएकाले बदर गरिएको हो ।

विवाहलाई बदर गरी बालिकालाई आफन्तको जिम्मा लगाएको नगरस्तरीय बाल सञ्जालका संयोजक अनिस सेनले जानकारी दिए । कानूनीरूपमा २० वर्षभन्दा कम उमेरमा विवाह गरे बालविवाहअन्तरगत पर्ने भएकाले बदर गर्न उजुरी परेपछि उक्त विवाह बदर गरी कानूनविपरीत विवाह गर्ने गर्नेलाई कानूनबमोजिम सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । उनले भने, ‘बालविवाह गरिएको उजुरीपछि हामीले विवाह बदर गरेका छौँ, जान्दा जान्दै कानूनविपरीत विवाह गर्नेलाई कारवाही हुन्छ ।’

जिल्लामा पछिल्ला वर्षमा सानै उमेरमा छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्दै बालविवाह गर्ने चलन अझै कायमै रहेका कारण बालविवाहले प्रश्रय पाएको स्थानीयवासी दीपक थापाले बताए। पुण्यका नाममा जिल्लामा बालविवाह बढ्न थालेपछि यहाँका स्थानीय तहले बालविवाह अन्त्य गर्ने भन्दै रणनीतिक योजना तयार गरी लागु गरेको भए पनि उक्त योजना यहाँका गाउँघरमा लागु हुन सकेको छैन । बालविवाह गर्नेलाई कानूनी दायमा ल्याउन नसकेका कारण बालविवाह जस्ताको तस्तै अवस्थामा रहेको सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाको बुझाइ छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोस्रो पटक हमलाको प्रयासपछि ट्रम्प- मलाई कुनै कुराले पछाडि धकेल्न सक्दैन, आत्मसमर्पण गर्दिनँ

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नै गल्फ कोर्समा उनलाई "हत्या गर्ने दोस्रो प्रयास" भएको तर उनी सुरक्षित रहेको अमे...

अवरुद्ध डुम्रे-बेँसीसहर सडक खुल्यो

लमजुङ । पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ स्थित उदिपुर, दलाललगायत स्थानमा अविरल वर्षाले...

आजको विदेशी मुद्राको विनिमय दर : युरो बढ्यो, अमेरिकी डलर बढेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन । ...

बारामा काँकडभिट्टाबाट दाङतर्फ जाँदै गरेको बस पुलबाट खस्यो

बारा । बाराको पूर्व–पश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्।  गएराति १२ बजे काँकडभिट्टादेख...

आइसिसी विश्वकप लिग-२ मा आज क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७:४५ बजे खेल सुरू हुनेछ। ल...

मनसुन फेरि सक्रिय, देशभर भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव जारीे छ । पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेका कारण मनसुनी वायुको प्रभाव ...

‘हिंसा’ शब्दमा सहमति खोज्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरमा १२ बजेर १५ मिनेटमा बस्नेगरी सभामुखले बैठक...

नारायणगढ-मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ। सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।  चितवनको इच्छाकामना गाउँपालिका–...

रवि लामिछाने दोषी रहेको सहकारी छानबिन समितिको निष्कर्ष

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गरेको छ।  आइतबार दिउँसो २...

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने

काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy