पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टी अध्यक्ष केपी ओलीको दवावमा कुनै काम नगरेको दावी गरेका छन् । आइतबार आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन । प्रदेशको आफ्नै विधि, विधानबाट सरकार चल्छ । कसैको आदेश, आग्रह वा पूर्वाग्रहबाट चल्दैन । संघमा देखिएको विवादको कारण प्रदेश शिकार भयो भन्नु उचित छैन ।’
उनले कसैलाई दुई घण्टामै मुख्यमन्त्री बन्नु पर्यो भन्दैमा लोकतन्त्रमा विधि, प्रकृया मिचेर पद हस्तान्तरण गर्न गर्न नमिल्ने जिकिर गरे । ‘विपक्षीबाट मुख्यमन्त्रीलाई गलहत्याएर निकाल्नु पर्छ जस्तो जंगली व्यवहार देखाइयो’, उनले भने, ‘शनिबार विपक्षीले जे गरे त्यो गलत गरे । बहुमत दावी गरेपछि सबै कुरा विधि विधान अनुसार हुन्छ । घेराबन्दी नै गर्नु जरुरत छैन ।’
उनले संविधानमा व्यवस्था भए बमोजिम आफुले मुख्यमन्त्रीमा दावी गर्नु स्वाभाविक नै भएको दावी गरे । ‘ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सभाका ५९ जनाले नै दावी गर्न पाउँछ । मैले दावी गर्न नपाउने भन्ने छ र ? मैले पाउँदैन भन्नु निरङ्कुश चरित्रबाहेक अरु केही होइन् । मैले दावी गर्दा अपराध हुन्छ ? अलोकतान्त्रीक हुन्छ ? संविधानको कुन धारामा छ ?;, उनले भने ।
विधि र प्रकृया अनुसार सहज रुपमा लोकतान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्दा समेत आफुमाथि प्रश्न उठाएको गुनासो गरे । विपक्षी दलले सत्ता र कुर्सी प्राप्तिका लागि अप्राकृतिक गठबन्धन भएको भन्दै त्यो धेरै दिन नटिक्ने दावी गरे । ‘जुन उदेश्यले गठबन्धन भयो, त्यसमा तलमाथि हुने वित्तिकै विग्रह शुरु हुन्छ’, उनले भने, ‘जसरी विपक्षी गठबन्धन बनेको छ, त्यो लामो समय टिक्दैन ।’
गुरुङले लोकतन्त्र भनेको अराजकतन्त्र र भिडतन्त्र नभएको टिप्पणी गर्दै जनताप्रति प्रतिवद्ध भएर निर्वाचित दलहरुले अप्राकृतिक गठबन्धन गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अहिले कुनै दल पनि विवाद मुक्त छैन’, उनले भने, ‘सबै पार्टी चिराचिरा भएको छ । अप्रकृतिक गठबन्धन भएको छ । सबै विधि, प्रकृया र विधान मिचेका छन् । यस्तो खालको गतिविधिले केही समय विपक्षीलाई फाइदा भएपनि यस्ता अराजक गतिविधिले दलहरुलाई समाप्त पार्छ ।’
उनले संसद विघटन गरी मध्यावधिमा जाने आफ्नो प्रयास भएको भनि मिडियामा आएको कुर सरासर झुट भएको बताए । आफुले जहिले पनि निष्ठाको राजनीति गर्ने भन्दै उनले मिडियालाई पूर्वाग्रह नराख्न आग्रह गरे ।
यस्तै, उनले प्रदेश प्रमुखले एकल प्रस्तावको आधारमा विपक्षी दलका नेतालाई मुख्यमन्त्री नियुक्तिमा नियुक्त गरेको भन्नु आफ्नो भावना नबुझेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: