Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन’ : निवर्तमान मुख्यमन्त्री गुरुङ

विपक्षीले जंगली व्यवहार देखाए

खबरडबली संवाददाता

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले पार्टी अध्यक्ष केपी ओलीको दवावमा कुनै काम नगरेको दावी गरेका छन् । आइतबार आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै उनले भने, ‘केपी ओलीले दवाव दिदैमा म नैतिकता गुमाउने मान्छे होइन । प्रदेशको आफ्नै विधि, विधानबाट सरकार चल्छ । कसैको आदेश, आग्रह वा पूर्वाग्रहबाट चल्दैन । संघमा देखिएको विवादको कारण प्रदेश शिकार भयो भन्नु उचित छैन ।’

उनले  कसैलाई दुई घण्टामै मुख्यमन्त्री बन्नु पर्यो भन्दैमा लोकतन्त्रमा विधि, प्रकृया मिचेर पद हस्तान्तरण गर्न गर्न नमिल्ने जिकिर गरे । ‘विपक्षीबाट मुख्यमन्त्रीलाई गलहत्याएर निकाल्नु पर्छ जस्तो जंगली व्यवहार देखाइयो’, उनले भने, ‘शनिबार विपक्षीले जे गरे त्यो गलत गरे । बहुमत दावी गरेपछि सबै कुरा विधि विधान अनुसार हुन्छ । घेराबन्दी नै गर्नु जरुरत छैन ।’

उनले संविधानमा व्यवस्था भए बमोजिम आफुले मुख्यमन्त्रीमा दावी गर्नु स्वाभाविक नै भएको दावी गरे । ‘ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेश सभाका ५९ जनाले नै दावी गर्न पाउँछ । मैले दावी गर्न नपाउने भन्ने छ र ? मैले पाउँदैन भन्नु निरङ्कुश चरित्रबाहेक  अरु केही होइन् । मैले दावी गर्दा अपराध हुन्छ ? अलोकतान्त्रीक हुन्छ ? संविधानको कुन धारामा छ ?;, उनले भने । 

 विधि र प्रकृया अनुसार सहज रुपमा लोकतान्त्रिक तरिकाले सत्ता हस्तान्तरण गर्दा समेत आफुमाथि प्रश्न उठाएको गुनासो गरे । विपक्षी दलले सत्ता  र कुर्सी प्राप्तिका लागि अप्राकृतिक गठबन्धन भएको भन्दै त्यो धेरै दिन नटिक्ने दावी गरे ।  ‘जुन उदेश्यले गठबन्धन भयो, त्यसमा तलमाथि हुने वित्तिकै विग्रह शुरु हुन्छ’, उनले भने, ‘जसरी विपक्षी गठबन्धन बनेको छ, त्यो लामो समय टिक्दैन ।’ 

गुरुङले लोकतन्त्र भनेको अराजकतन्त्र र  भिडतन्त्र नभएको टिप्पणी गर्दै जनताप्रति प्रतिवद्ध भएर निर्वाचित दलहरुले अप्राकृतिक गठबन्धन गरेर लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए । अहिले कुनै दल पनि विवाद मुक्त छैन’, उनले भने, ‘सबै पार्टी चिराचिरा भएको छ । अप्रकृतिक गठबन्धन भएको छ । सबै विधि, प्रकृया र विधान मिचेका छन् । यस्तो खालको गतिविधिले केही समय विपक्षीलाई फाइदा भएपनि यस्ता अराजक गतिविधिले दलहरुलाई समाप्त पार्छ ।’


उनले संसद विघटन गरी मध्यावधिमा जाने आफ्नो प्रयास भएको भनि मिडियामा आएको कुर सरासर झुट भएको बताए । आफुले जहिले पनि निष्ठाको राजनीति गर्ने भन्दै उनले मिडियालाई पूर्वाग्रह नराख्न आग्रह गरे । 
यस्तै, उनले  प्रदेश प्रमुखले एकल प्रस्तावको आधारमा विपक्षी दलका नेतालाई मुख्यमन्त्री नियुक्तिमा नियुक्त गरेको भन्नु आफ्नो भावना नबुझेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending