Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बाढीको बितण्डा : दुईको मृत्यु, नारायणीले खतराको तह नाघ्यो, ३०० लाई सुरक्षित ठाउँमा सारियो

खबरडबली संवाददाता

काठमाडौँ । मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । अन्य केही प्रदेशका सीमित क्षेत्रमा प्रभाव छ । 
 
केही जिल्लामा मानिसको मृत्यु भएको छ भने जोखिम क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाजुरामा बाढीले बगाएर दुईको मृत्यु भएको छ भने गोरखामा एक जना वेपत्ता भएको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।

मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ । त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार आज सम्भव नभएपछि बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ । 

पछिल्लो चौविस घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा कास्की, म्याग्दीलगायत आसपासका जिल्लामा भारी बर्षा भएको अभिलेख छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ । 

मुख्यगरी आज नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ । वर्षाका कारण लम्जुङ कास्की, पर्वत, गोरखा, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, मुस्ताङमा प्रभाव पारेको छ । बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पुर्याएको छ । कतिपय ठाउँ डुवानमा परेका छन् । केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

यसपाली सरदर भन्दा बढी नै पानी पर्ने आंकलन गरिएकाले पनि बाढी पहिरोको जोखिम विगतको भन्दा बढी नै छ । प्राधिकरणले बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान सार्वजनिक गरिरकेको छ । सोही अनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको प्राधिकृणका प्रमुख अनिल पोखरेल बताउँछन् ।

हाल भारतको झारखण्डमा रहेको न्युन चापीय क्षेत्र र मनसुन न्युन चापीय प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । वर्षाले बेनी–जोमसोम सडकमा क्षति पुगेको छ । मनाङको चामे गाउँपालिकाका विभिन खोलामा बाढी आएको छ । अविरल वर्षाले उद्धारमा कठिनाई भइरहेको जनाइएको छ ।

जिल्लाको हुलाक कार्यालय सेर्पुखोला जलविद्युत आयोजना र आमा समुहको भवनमा क्षति भएको जनाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लामा बुढीगङ्गा र बुढीनन्दा नगरपालिकामा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । सदरमुकाम जोड्ने सडक हिजोदेखि नै अबरुद्ध छ । बुढीनन्दा नगरपालिकामा पहिरोले एक घर भत्काएको जानकारी प्राप्त भएको उनले जानकारी दिए । गोरखाका प्रजिअ शालिग्राम शर्माले बाढीले बगाएर एक वेपत्ता भएको जानकारी दिए ।
 
नारायणीले खतराको तह पार गर्‍यो 
यता नारायणी नदीले अहिले साँझ ६ बजेबाट खतराको तह पार गरेको छ । उक्त नदीको जलाधार क्षेत्रमा आज मध्यान्ह् १२ बजे भारी वर्षा भएको थियो । नदीको जल सहत नौ मिटर नाघेपछि खतराको तह पार गरेको मानिन्छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अपरान्ह् २:३० मा जल सतहले सतर्कता तह पार गरेको थियो ।

अहिले पनि बहाब बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ । चितवन र नवलपरासीको नदी तटीय क्षेत्रका वासिन्दालाई बुधबारसम्मै सतर्क रहन भनिएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending