Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बाढीको बितण्डा : दुईको मृत्यु, नारायणीले खतराको तह नाघ्यो, ३०० लाई सुरक्षित ठाउँमा सारियो

खबरडबली संवाददाता

काठमाडौँ । मनसुन भित्रिएको चौथो दिनमा भारी वर्षासँगै मुलुकका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोका कारण ठाउँठाउँको जनजिवन प्रभावित भएका छ । मुख्यगरी गण्डकी र लुम्बिनी प्रदेशमा बढी असर गरेको छ । सोही प्रदेशका विभिन्न पहाडी जिल्लामा भारी वर्षा हुँदा मुख्य नदी र सहायक नदीमा अप्रत्याशित रुपमा बाढी आएको छ । अन्य केही प्रदेशका सीमित क्षेत्रमा प्रभाव छ । 
 
केही जिल्लामा मानिसको मृत्यु भएको छ भने जोखिम क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाजुरामा बाढीले बगाएर दुईको मृत्यु भएको छ भने गोरखामा एक जना वेपत्ता भएको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।

मनाङको चामे बजार र तालगाउँमा बाढीले झण्डै एक दर्जन घरमा क्षति पुगेको छ । त्यस्तै दर्जनौँ घर डुवानमा भएको र सो क्षेत्रमा जोखिममा रहेका गरी तीन सय बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार आज सम्भव नभएपछि बाढी पहिरोबाट प्रभावित भएकालाई बुधबार हेलिकप्टरमार्फत राहत लैजाने तयारी गरिएको छ । 

पछिल्लो चौविस घण्टामा चितवन, नवलपुर, पश्चिम नवलपरासी, रुपन्देही, पाल्पा कास्की, म्याग्दीलगायत आसपासका जिल्लामा भारी बर्षा भएको अभिलेख छ । जल तथा मौसम विज्ञान विभागले प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेको छ । 

मुख्यगरी आज नारायणी, कालीगण्डकी, भेरी, र यसका सहायक नदी, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका सहायक नदी र जलाधार क्षेत्रमा बहाब बढेको छ । वर्षाका कारण लम्जुङ कास्की, पर्वत, गोरखा, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, चितवन, परासी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला, मुस्ताङमा प्रभाव पारेको छ । बाढीले ठाउँठाउँका सडक भत्किएर क्षति पुर्याएको छ । कतिपय ठाउँ डुवानमा परेका छन् । केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

यसपाली सरदर भन्दा बढी नै पानी पर्ने आंकलन गरिएकाले पनि बाढी पहिरोको जोखिम विगतको भन्दा बढी नै छ । प्राधिकरणले बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान सार्वजनिक गरिरकेको छ । सोही अनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको प्राधिकृणका प्रमुख अनिल पोखरेल बताउँछन् ।

हाल भारतको झारखण्डमा रहेको न्युन चापीय क्षेत्र र मनसुन न्युन चापीय प्रभावका कारण नेपालमा मनसुन सक्रिय रहेको छ । वर्षाले बेनी–जोमसोम सडकमा क्षति पुगेको छ । मनाङको चामे गाउँपालिकाका विभिन खोलामा बाढी आएको छ । अविरल वर्षाले उद्धारमा कठिनाई भइरहेको जनाइएको छ ।

जिल्लाको हुलाक कार्यालय सेर्पुखोला जलविद्युत आयोजना र आमा समुहको भवनमा क्षति भएको जनाइएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार जिल्लामा बुढीगङ्गा र बुढीनन्दा नगरपालिकामा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ । सदरमुकाम जोड्ने सडक हिजोदेखि नै अबरुद्ध छ । बुढीनन्दा नगरपालिकामा पहिरोले एक घर भत्काएको जानकारी प्राप्त भएको उनले जानकारी दिए । गोरखाका प्रजिअ शालिग्राम शर्माले बाढीले बगाएर एक वेपत्ता भएको जानकारी दिए ।
 
नारायणीले खतराको तह पार गर्‍यो 
यता नारायणी नदीले अहिले साँझ ६ बजेबाट खतराको तह पार गरेको छ । उक्त नदीको जलाधार क्षेत्रमा आज मध्यान्ह् १२ बजे भारी वर्षा भएको थियो । नदीको जल सहत नौ मिटर नाघेपछि खतराको तह पार गरेको मानिन्छ । नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार अपरान्ह् २:३० मा जल सतहले सतर्कता तह पार गरेको थियो ।

अहिले पनि बहाब बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ । चितवन र नवलपरासीको नदी तटीय क्षेत्रका वासिन्दालाई बुधबारसम्मै सतर्क रहन भनिएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy