Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

हेर्दाहेर्दै घरखेत बगायो

मेलम्चीमा आएको बाढी
खबरडबली संवाददाता

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ पर्‍यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी बढ्न थाल्छ अनि ढुङ्गाको आवाज आउन थाल्छ । मडारिएर कालो बादल आउन थालेपछि उहाँको मन आत्तिन्छ फेरि पनि खोला कति ठूलो हुने हो र के के क्षति पुर्‍याउने भन्ने । 'कालो मडारिएको बादल देखिएपछि डर लाग्न थाल्छ, फेरि पनि पानी पर्ने र खोला भरिने हो कि भनेर', उनले भनिन्, 'तीन दिन भयो, फेरि पनि खोला बढेर बगाउँछ भनेर सुत्न पाएका छैनौँ ।'

यही असार २ गते मेलम्ची खोलामा बाढी आउँदा उनको घर र जग्गा सबै बाढीले बगाएको थियो । साँझ ७:०० बजे खोलामा ठूलो आवाज आयो र घरबाहिर निस्केर हेर्दा ठूलो पानी आइरहेको उनले देखिन् । त्यो खोला छिनभरिमा नै उर्लियो र राति १२:०० बजे उहाँको घरजग्गा सबै बगायो । 'त्यो दिन हामी घरबाट चाँडै निस्केरमात्र बाँच्न पायौँ', उनी भन्छिन्, 'खोलामा ठूला आवाज र जमीन थरथर काम्न थालेपछि हामी बाहिर के भयो भनेर बाहिर निस्केका हौँ ।'

गत बुधबार आएको मेलम्ची नदीमा आएको पानीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका–१ को तिमु र चिउरी खर्क, वडा नं २ क्युल, वडा नं ६ चालिसेमा बढी क्षति पुर्‍याएको छ । पचपन्न वर्षीया ज्योति उक्त ठाउँमा बसेको धेरै भए पनि यसरी खोलामा ढुङ्गाको आवाज आउँदै बाढी आएको र जमीन थर्किएको कहिल्यै देखेकी थिइनन् । 

यस्तै सोही ठाउँका मीनमार तामाङको पनि बगरमा रहेको घर बाढीले लग्यो । घरमा रहेको सबै बगाएपछि सपरिवार उहाँ डाँडामा त्रिपालमा बसेका छन् । खोला एक्कासि बढेर आउँदा आफू र छोराछोरीलाई बचाउन लाग्दा घरको केही नै जोगाउन उनले पाएनन् । 'हामी आफ्नो ज्यान बचाउनका लागि माथि डाँडातिर उक्ल्यौँ, अनि हेर्दाहेर्दै खोलाले घर बगायो', उनी भन्५न्, 'आफूसँग लगाएको कपडाबाहेक घरबाट अरू केही ल्याउन पाएनौँ, घरमा रहेको सबै खोलाले बगायो ।'

यस्तै विष्णुप्रताप खड्काले पनि त्यो दिन दिउँसोदेखि नै खोलामा पानीको बहाव बढिरहेको बताए  । 'बत्ती गयो, खोलो करायो, गाउँका छरछिमेकी जम्मा भयौँ, खोला हेर्‍यौँ मात्र केही गर्न सकेनौँ', उनले स्मरण गर्दै भने, 'भोलिपल्ट हेर्दा केही थिएन ।' त्यस दिन उनी भाउजूसँगै भाइको माछा फार्ममा गएको थियो । पानी बढेपछि उहाँ माछा फार्मदेखि भाग्न सफल भए पनि भाउजू भने सक्नुभएन र खोलाले बगायो । 

उनीसहित पाँच दाजुभाइको ५० रोपनी जग्गा बगर र भाइको माछा फार्म पनि खोलाले खायो । भुवन दङ्गालका अनुसार जेठ मसान्तको दिनदेखि खोलाको बहाव बढिरहेको र असार २ गते ठूलो बहाव आएको हो । 'खोला बढेको दिन भूकम्पभन्दा बढी हल्लायो', उनले भने, 'अब त बाँचिन्न भनेको थियौँ, हामी त बाँच्यौँ, तर घर बगाएर लग्यो ।'

उनी घर बगाएपछि डाँडामा त्रिपालमा सुत्दै आएका छन् ।  दिउँसो भने आफ्नो बगाएको घर कस्तो छ भनेर हेर्न आउने गर्छन् । उनले भूकम्पले भन्दा बाढीले बढी क्षति पुर्‍याएको बताए । 'भूकम्पले बरु त्यति क्षति गरेन, घर भत्कको मान्छे मरेनन्, घर त पछि बनाइहाल्यौँ', उनले भने, 'तर अहिले घरमात्र बगाएन, घर बनाउने ठाउँ नै बगर भयो, घर बनाउने ठाउँ नै छैन ।'

स्थानीयवासी धु्रवबहादुर श्रेष्ठले सामान्य खोलाभन्दा अहिले १० मिटर माथि बढेर आएको बताए । उक्त दिन ७:०० बजेदेखि पानीको सतह बढे पनि राति १२:०० बजेदेखि भने लेदोसहितको बाढी आएको उनको भनाइ छ । 'सामान्य खोलाभन्दा त्यस दिन एकै छिनमा १० मिटर माथि बढेर खोला आयो', उनले भने, 'रातीतिर त लेदोसहितको पानी आयो, त्यसपछि मेलम्चीका ड्यामका गिट्टीसहित पानी आयो ।' उहाँले खोला बहाव बढ्न साथ मानिस भागेकाले मानवीय क्षति हुन नपाएको बताए । 

बजार बगर
चनौट बजार जिल्लाको उत्तरतिरको किनमेल गर्ने बजार रहेको थियो । धेरै मानिसको किनमेल गर्न त्यहाँ आउने गर्दथे । गत बुधबार आएको मेलम्ची खोलामा आएको बाढीले बजार पूरै बगर भएको छ । बजारका अधिकांश पसल आधा डुबेका छन् भने व्यापारीले आफ्ना सामान सारेका छन् । 

स्थानीय हेलम्बु युवा समाजका सचिव रोशन दङ्गालले साँझतिर आएको बाढीमा कसैले पनि केही निकाल्न नपाएको बताए । बजार क्षेत्रका सबै घर र पसलमा ताला लगाएर मानिसहरु डाँडामा बस्ने गरेका छन् । दिउँसो भने ती व्यापारी आफ्नो सामान पसलबाट झिकेर सुरक्षित ठाउँमा राख्ने गरेका छन् । 

उनले खोलाको बहाव बढिरहेकाले बजार अझै पनि असुरक्षित रहेको बताए । 'पानी परिरहेको छ, कतिबेला बजारतिर खोला पस्छ भन्ने चिन्ता सवैलाई छ', उनले भने, 'साँझतिर पानी पर्न थालेपछि यहाँका व्यापारीहरु त्रासमा हुन्छन् ।' उनले जिल्लाकै तेस्रो ठूलो बजार क्षेत्रका रुपमा रहेका यस बजारमा यसअघि हजारौँ मानिस किनमेल गर्न आउने गरेका बताए । उनका अनुसार बाढीले बजार क्षेत्रका ५० घरमध्ये २० बगाएको र करीब रु सात अर्ब बराबरको क्षति भएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy