Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

संविधानमा धारा ७६(५) को विशेष व्यवस्था संसद विघटन हुन नदिन राखिएको हो, सांसदहरुलाई ह्वीप लाग्दैन : अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका केपी शर्मा ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताएका छन्।

विपक्षी गठबन्धनले शनिबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले  प्रधानमन्त्री केपी ओलीले आफुले सोचेको जस्तो नभएपछि अदालतलाई धम्क्याउन थालेको बताए । 

 उनले आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको गरिएको जिकिर गरे । ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ’, उनले भने, ‘अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’

‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ,’ प्रचण्डले भने, ‘१४६ जनाको हस्ताक्षर सर्वोच्चमा दर्ता भइसकेको छ । शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’ 

सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो इमान्दारीताको फाइदा प्रधानमन्त्री ओलीले उठाएको गुनासो गरे । 
‘केपी ओलीसँग लचक भएर सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो। मेरो मन अलि उदार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हुँ,’ उनले भने।

उनले संविधानको धारा ७६को उपधारा ५ मा सांसदलाई ह्वीप नलाग्ने गरेर विशेष अधिकार संविधान बनाउँदा नै राखेको स्मरण गर्दै संसद विघटन हुन नदिनका लागि उक्त व्यवस्था राखिएको दाबी गरे।

संसद पुर्नस्थापना तथा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग दावी गर्दै कानूनी र राजनीतिक संघर्ष गर्दै आएको विपक्षी गठबन्धनले आगामी कार्यक्रमको बारेमा शनिबार पत्रकार सम्मेलन गरेको हो । शुक्रबार गठबन्धनले सम्पादकहरुसंग परामर्श गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचा...

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी । म्याग्दीमा चालु आर्थिक वर्ष २०८२र८३ मा खानेपानी, सिँचाइ र नदी नियन्त्रणसम्बन्धी ८२ वटा योजना सञ्चालन भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचा...

इरानमाथि अमेरिका र इजरायलको आक्रमण कति लम्बिन सक्छ ?

काठमाडौं । अमेरिका र इजरेलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि मध्यपूर्वभरि नै द्वन्द्व फैलिएको छ। अमेरिकी राष्ट्रप...

पश्चिम एसियाको द्वन्द्वको जोखिम : रोजगारी र रेमिट्यान्समा गिरावटदेखि मूल्यवृद्धिसम्म

काठमाडौं ।  पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, सा...

मौन अवधिमा हुन सक्ने चलखेल रोक्न सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधिमा सुरक्षा निकायले निगरानी बढाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार हरेक निर्वाचन क्षेत्रमा...

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सा...

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आ...

काठमाडौंको चपलीमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।  चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर ...

इरान आक्रमणप्रति चीनको असहमति

बेइजिङ  । मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहोर्याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले मङ्ग...

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबिचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE