Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाली कम्युनिस्ट आन्दोलन ‘रूढिवाद’को चपेटामा पर्‍यो : प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको अहिलेको आवश्यकता रुढिवादविरुद्ध विद्रोह भएको बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले भर्चुअल माध्यमबाट आयोजना गरेको ‘समाजवादी क्रान्ति : अवसर र चुनौती’ विषयक अन्तरक्रियामा अध्यक्ष प्रचण्डले वैचारिक, राजनीतिक ध्रुवीकरणबाट कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरी रूढिवादविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका हुन्।

एमाले र माओवादी मार्क्सवादलाई जीवितरुपमा विकशित गर्ने, परिमार्जन गर्ने र क्रान्तिलाई निरन्तर अगाडि बढाउने, सर्वहारा वर्ग र श्रमजीवी वर्गको जीवनमा आमूल परिवर्तन ल्याउने साधन भएनन्। केही नाराहरू चाहिँ दोहोर्‍याइ राख्ने र त्यसैको आधारमा चाहिँ आफ्नो जीविका चलाउने जस्ता रूढिवादी संस्था भए,’ प्रचण्डले भने, ‘एमाले एउटा रूढिवाद हो। माओवादी अर्को रूढिवाद बन्दैछ भन्ने लाग्छ मलाई।’

उनले अघि थपे, ‘मदन भण्डारी भनेपछि अरू भन्न नपर्ने, पढ्न नि नपर्ने, लेखन नि नपर्ने, बहस गर्न नि नपर्ने। अब हामी कहाँ अलि अलि प्रचण्ड भने पछि धेरै चिज हुन्छ भन्या जस्तो प्रवृत्ति छ। त्यो पनि मलाई सही प्रवृत्ति हो भन्ने नै लाग्दैन। या माओवाद वा माओवादी भनिदिएपछि भनेपछि पुग्यो। पहिचान भयो त्यो। र हिजोको इतिहासको व्याज खानेतिर लाग्ने, त्यसैलाई मन्त्र बनाएर, घोटेर, सिद्धान्त बनाएर भोट माग्ने प्रवृत्ति बढ्यो। यो मार्क्सवाद होइन। यो रूढिवाद हो। २१ औं शताब्दीको जनवाद या माओवाद या प्रचण्ड भनेर आफ्नो जीविका चलाउने, चुनाव जित्ने, त्यो सही हो/होइन समालोचनात्मक दृष्टिले हेर्नुको सट्टा त्यही जपेर बस्ने, यो त ठ्याक्कै त्यस्तै भयो नि वौद्धभिक्षु रहेसम्म घण्टी बजाउने हो, घण्टी बजाछ हिँड्या छ।’

प्रचण्डले नेपालका सबै कम्युनिस्ट शक्तिहरू रूढिवादी हुँदै गएको बताए। रूढिवाद परिवर्तनको बाधक भएकोले त्यसविरुद्ध संघर्ष अनिवार्य भएको उनको भनाई छ। प्रचण्डले भने, ‘कतिपयले रूढिवाद अलिकति राम्रो हो कि भन्ने पनि गर्छन्। त्यस्तो होइन। रूढिवाद बढो खतरनाक चिज हो। त्यसले विकाशलाई, गतिलाई, सिर्जनालाई, समृद्धिलाई सबै चिजलाई रोक्छ। त्यस कारण त्यसका विरुद्ध संघर्ष अनिवार्य छ।’

पछिल्लो समय केपी ओलीमार्फत कम्युनिस्ट आन्दोलनमा दलाल पूँजिवाद हाबी भएको प्रचण्डको भनाई छ। राष्ट्र लोकतन्त्रको निम्ति ओली प्रवृत्ति भयानक बन्ने अवस्था आएपछि आफूहरूले त्यसविरुद्ध विद्रोह गरेको उनको स्पष्टोक्ति छ। उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा जब केपी ओलीमा दलाल पूँजिवादको अगाडि आत्मसमर्पण, नोकरशाही र नेपालको भू-राजनीतिमा विदेशी प्रतिक्रियावादी शक्तिहरूको अगाडि घुँडा टेक्ने प्रवृत्ति देखियो र आफ्नो मित्रहरूलाई दुस्मन देख्ने, निषेध गर्ने, जाल झेल, सड्यन्त्र यी सबै चिजको संकेन्द्रण उनमा देखिएपछि हामीले यो प्रवृत्तिको विरुद्ध संघर्ष गर्नुपर्छ भनेर लागेका हौं।’

उनले केपी ओलीले अघि सारेको आर्थिक दृष्टिकोणमा कहीँ पनि समाजवाद नदेखिएको बताए। समाजवादका लागि अहिलेको देखिएको पूँजिवादी चरित्र बाधक बन्ने भएकोले एमाले र माओवाद भत्काएर नयाँ समाजवादी क्रान्ति अघि बढाउनु पर्ने विचार अघि सारे। उनले अहिलेको संसदीय रूढिवादले कहीँ पनि नपुर्‍याउने भएकोले यसमा परिवर्तनको आवश्यकता पनि प्रचण्डले औँल्याए। उनले कम्युनिस्ट आन्दोलन अघि बढाउन दुनियाँ बल्नेतिर जान पुरानो संस्कृति र पद्धति भत्काउने र नयाँ बनाउने तिर लाग्नु पर्ने बताए। त्यस दिशामा युवाहरू लाग्न हिच्किचाउन नहुने पनि उनको भनाई छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies