Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

हचुवाका भरमा योजना छनोट गर्दा शून्य प्रगति

खबरडबली संवाददाता

गलकोट । कुनै पूर्वयोजना, त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको छ । सङ्घीय सरकारबाट स:शर्त अनुदानअन्तर्गत हस्तान्तरण भएर जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङअन्तर्गत चालु आर्थिक वर्षमा योजनामा समावेश भएको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित नारायण लिफ्ट सिँचाइ आयोजना आव सकिनै लाग्दासमेत काम शुरु हुनसकेको छैन । योजना सान्दर्भिक नभएको भन्दै रु ५० लाखको योजना शुरु नै हुन नसकेको स्थानीयवासी बताउँछन् ।

यसैगरी रु ४० लाखको लागतमा निर्माण गर्ने भनेर बजेट आएको जैमिनी नगरपालिकाको दमेकस्थित रितिप फेदी राउदी सिँचाइ आयोजनाको हालत पनि उस्तै छ । हचुवाका भरमा योजना छनोट गर्दा शुरु नै हुन नसकेको सङ्घीय सरकारका यी दुई योजना उदाहरण मात्रै हुन् । यस्ता सिँचाइ योजना बागलुङमा दर्जनभन्दा बढी छन् । नारायण लिफ्ट सिँचाइ योजना ३०० मिटर उचाइमा पानी तान्नुपर्ने भएकाले सरकारी मापदण्डभन्दा बाहिर परेका कारण शुरु नै हुन नसकेको हो ।

आवश्यकता नै नभएको स्थान, प्राविधिक मूल्याङ्कन नमिल्नुजस्ता कारण जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले योजना कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ । डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)बिनै योजना छनोट गर्ने, आवश्यकता नभएको स्थानमा योजना, योजना संशोधनमा समस्या र कोरोनाका कारण योजना कार्यान्वयनमा यस वर्ष समस्या भएको डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय सरकारका अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन् ।

कार्यालय प्रमुख सुरेन्द्र पौडेलका अनुसार हालसम्म सङ्घीय सरकारबाट हस्तान्तरण भएर आएका १६ सिँचाइ आयोजनाको प्रगति ४० प्रतिशत रहेको बताउनुभयो । उहाँका अनुसार प्रदेशका योजनाको कार्यान्वयन भने सन्तोषजनक छ । अहिले प्रदेशअन्तर्गत चालु आवमा सञ्चालित ५६ योजनाको प्रगति ६० प्रतिशत र असार मसान्तसम्म ८० प्रतिशत पुग्ने पौडेलको भनाइ छ । “सङ्घीय सरकारका १६ र प्रदेश सरकारका ५६ आयोजनामध्ये केही सिँचाइ आयोजना शुरु नै हुन सकेनन्, योजना सान्दर्भिक नभएका कारण कार्यान्वयनमा समस्या आउँछ, योजना छनोट गर्दा हचुवाका भरमा पहुँच पुग्नेले गर्ने भएकाले कार्यान्वयनमा समस्या छ”, डिभिजन प्रमुख पौडेलले भन्नुभयो, “प्रदेशका योजना सन्तोषजनक छन्, केही सिँचाइ आयोजना कोरोनाका कारण सम्पन्न हुन सकेनन् भने केही आयोजना सम्पन्न भएर पनि भुक्तानी लिन नआएका कारण प्रगति थोरै देखिएको हो ।”

यस कार्यालयबाट सम्पन्न हुने ९५ प्रतिशत सिँचाइ आयोजना उपभोक्ता समितिमार्फत हुने भएकाले कारोनाका कारण केही योजना नराम्रोसँग प्रभावित भएको कार्यालयका सूचना अधिकारी शङ्कर बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार नदी नियन्त्रणमा भने लक्ष्यअनुसारको प्रगति भएको छ । 

गलकोटको गौदीखोला नदी नियन्त्रणका लागि छुट्याइएको रु ४० लाख बजेटको प्रभावकारी कार्यान्वयन भएको उनको भनाइ छ । विसं २०७३ मा मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा गलकोट नगरपालिका–११ दरमखोला जलाकुनी मनेवा सिँचाइ आयोजनामा क्षति पुगेर १४ हेक्टर जमीन सिँचाइबाट वञ्चित भएकामा अहिले उक्त सिँचाइ कुलो रु ४० लाखको लागतमा मर्मत गरेपछि सञ्चालनमा आएको छ ।

विसं २०७३ देखि सिँचाइ गर्न नपाएको उक्त खेतमा मर्मतपछि केही सहज भए पनि पुरानै अवस्थामा सिँचाइ पुर्‍याउन भने नसकिएको उपभोक्ता समितिका सचिव तेजेन्द्र श्रीषले जनाकारी दिए । अहिले सात हेक्टरमा भए पनि सिँचाइ पुगेको छ । लामो समयदेखि सिँचाइविहीन उर्वरभूमिमा योजना नपर्नु तर हचुवाका भरमा नयाँ–नयाँ योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको सूचना अधिकारी बुढाथोकीले बताए। चालु आवमा प्रदेशबाट ५६ सिँचाइ योजना निर्माण तथा मर्मतमा रु २६ करोड र सङ्घीय सरकारका १६ योजनामा रु चार करोड ७० लाख रकम विनियोजन भएको थियो । सोमध्ये रु एक करोड ८० लाखमा बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा ५७६ काठेपोल विस्थापित गरेको डिभिजन कार्यालयले जनाएको छ । 


गाउँपालिकाले बनायो सुविधा सम्पन्न सभाहल

जिल्लाको पहिलो नगरपालिका बागलुङ नगरपालिका अहिले कृषि कार्यालयको भवनमा छ । विसं २०५२ मा स्थापना भएको जेठो र ठूलो नगरपालिकाको नवौँ नीति, बजेट तथा कार्यक्रम होटलमा सञ्चालन भयो । जबकि विसं २०७३ मा स्थापना भएका बागलुङ नगरपालिकाबाहेकका नौ पालिकामध्ये अधिकांशले आफ्नै भवन, सभाहलमा बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

आफ्नै भवन नभएका पालिका जैमिनी नगरपालिकालगायतका पालिकाले जग्गाको जोहो गर्दैछन् भने बडिगाड, ताराखोला गाउँपालिकाले प्रशासकीय भवनसमेत बनाइरहेका छन् । दुर्गम पालिकामध्येको एक ताराखोलाले भने नवौँ नीति, बजेट तथा कार्यक्रम आफ्नै सुविधासम्पन्न झण्डै रु तीन करोड लागतमा निर्माण भएको सभाहलमा सम्पन्न गरेको छ । उक्त सुविधासम्पन्न सभाहल जिल्लाकै १० पालिकामध्ये पहिलो भएको छ । ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलमा करिब ५०० सिट क्षमताको सभाहल निकै आकर्षक र सुविधासम्पन्न छ । 

गण्डकी प्रदेश सरकारको रु एक करोड ६८ लाख र गाउँपालिकाको रु एक करोड १२ लाख गरी रु दुई करोड ८१ लाख ३६ हजार लागतमा निर्माण भएको सभाहल गाउँपालिकाका लागि ठूलो पूर्वाधार भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । उहाँका अनुसार सभाहल निर्माण सम्पन्न भइसकेको छ भने सङ्ग्रहालय तथा प्रशासकीय भवन निर्माणको चरणमा छन् । “भौतिक पूर्वाधारबिना गाउँपालिकाको प्रशासनिक काम गर्न र अन्य योजनामा समेत समस्या हुँदोरहेछ, त्यसैले सुविधासम्पन्न प्रशासनिक भवन, सभाहल तथा सङ्ग्रहालय निर्माण गरेका हौँ”, गाउँपालिकाका अध्यक्ष घर्तीले भन्नुभयो, “अहिले गाउँपालिकाको आफ्नै कार्यालय भए पनि साँघुरो भएको र सुविधासम्पन्न प्रशासकीय भवन निर्माणपछि पुरानो भवनलाई कर्मचारी आवासमा रुपान्तरण गर्नेछौँ ।”

जिल्लामै सुविधासम्पन्न पालिकाको मात्रै होइन, निजीस्तरबाट समेत यत्तिको सभाहल जिल्लामा नभएको गाउँपालिकाको दाबी छ । स्थानीयवासीले दिएको पाँच रोपनी जग्गामा गाउँपालिकाले आफ्नो गौरवको योजनाका रूपमा सभाहल निर्माण गरेको हो । सभाहल बनेपछि ताराखोलाका प्रशासनिक क्रियाकलाप, सभासमारोह यसै भवनमा गर्न थालिएको छ । सभाहलमा राष्ट्रिय जीवन, राजनीति र सशस्त्र द्वन्द्वमा मारिएका शहीदको चित्रसमेत कोरिएको छ । ताराखोलाका मात्रै २५ शहीद छन् । सभाहलभित्रै सार्वजनिक शौचालय, ड्रेसिङ कक्ष, विद्युत् आपूर्ति कक्ष, स्टोर, चमेनागृह, रेष्टुराँ, बार र पार्किङको सुविधासमेत समावेश गरिएको छ । सभाहल निर्माण भएको अर्गल क्षेत्रमा मात्रै वर्षमा एक दर्जन बढी सांस्कृतिक महत्वका मेला हुने गर्छन् । सभाहल नहुँदा बर्सात र अन्य समस्याका कारण मेला तथा महोत्सव खर्चिलो हुँदै आएको थियो । 

गाउँपालिकाको प्रशासनिक भवनदेखि एक किमिको दूरीमा बनेको सभाहल जाने सडक स्तरोन्नति गर्ने योजना गाउँपालिकाको छ । यस्तै घुस्मेलीबाट गाउँपालिका केन्द्र हुँदै सभाहल पुग्ने सडक स्तरोन्नतिका लागि चालु आवमा रु एक करोड ६६ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा आगामी वर्ष रु एक करोड थपेर काम पूरा गर्ने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । गाउँपालिकाले वडा नं १ को अमरभूमि भुस्कातमा औद्योगिक ग्रामसमेत निर्माण गर्न थालिसकेको छ । औद्योगिक ग्रामका लागि रु ५५ करोड लागत लाग्ने डिपिआरमा उल्लेख छ । ताराखोला गाउँपालिकाले ठूला पूर्वाधार निर्माणमा अन्य स्थानीय तहलाई पछि पारेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending