प्रधानमन्त्रीले संसद विघटन गरेर जे गर्नु भएको छ, त्यो सबै ठिक गर्नु भएको छ । उहाँले देश र जनतालाई हेरेर सही निर्णय गर्नु भएको छ । उहाँले बाध्यात्मक परिस्थितिमा यी कदम चाल्नु भएको हो ।
एमालेका दुवै पक्ष सहमति भइ पार्टी एकता हुनु ठीकै हो । सवै पक्षलाई मिलाएर लानु पर्छ भन्ने हाम्रो पनि चाहना हो । पार्टी एक भएर देशमा भएको संकट समाधान हुनु पर्नेमा व्यक्तिगत स्वार्थमा रुमलिरहेको अवस्था छ । त्यस कारण गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थ एक ठाउँमा राखेर देश र जनतालाई बचाउने हिसाबले अघि बढ्नु पर्छ । जुन किसिममा अहिले वार्ता चलिरहेको छ, त्यो सकारात्मक दिशामा अघि बढिरहेको छ । देशमा अहिले चुनावी माहोल पैदा भइरहेको छ । त्यो माहोललाई सफल बनाउन पार्टीभित्र गहन र सौहार्दपूर्ण तरिकाले सम्वाद चलिरहेको छ । चुनाव बाहेक अन्य कुनै विकल्प छैन ।
माधव नेपाल समूह आउँदा सौता जस्तो व्यवहार हुने विल्कुलै होइन । हामी माइनस हुने पनि होइन । हिजोको दिनमा म माओावादी पृष्ठभूमिबाट आएको हो । माओवादी पृष्ठभूमिबाट मैले एउटा इतिहास बनाएँ, त्यो कसैले मेटेर मेट्ट सक्दैन । हामी नेकपा भनेर नै बसेको हो । म कुनै अवसरका लागि एमाले भएको होइन । देशलाई बचाउने प्रधानमन्त्रीको अभियानलाई सफल बनाउन आएको हुँ । देश र जनता बचाउनका लागि म साधारण सदस्य भएर पनि बस्न सक्छु । मलाई कुनै पदको लोभ छैन । दुई–दुई जना बागी उम्मेद्वारलाई पराजित गर्ने मान्छे हुँ । मेरो लागि पद केही होइन । म सबै कुरा मायाँ मारेर पार्टी, देश बचाउने अभियानमा लागेको मान्छे हुँ ।
प्रधानमन्त्री आफै विरामी भएको अवस्थामा समेत देश बचाउने अभियानमा लाग्नु भएको छ, त्यसमा मेरो शतप्रतिशत समर्थन छ । पार्टी पदाधीकारीले जसलाई आवश्यक ठान्नु हुन्छ, उसैलाई अगाडि बढाउनु हुन्छ । त्यसमा मेरो कुनै गुनासो छैन । देश, जनता र पार्टी बचाउन ज्वाला साह साधारण सदस्य भएर पनि बस्न तयार छ । मेरो परिवारको पृष्ठभूमि एमाले नै भएकोले मेरो रगत एमाले नै हो । भागबण्डा कस कसलाई मिलेको छैन उसैलाई दिए हुन्छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेर जे गर्नु भएको छ, त्यो सबै ठिक गर्नु भएको छ । उहाँले देश र जनतालाई हेरेर सही निर्णय गर्नु भएको छ । उहाँले बाध्यात्मक परिस्थितिमा यी कदम चाल्नु भएको हो । उहाँले यी कदम चाल्नै पथ्र्यो । यसो नगरेको भए देश अझै मुठभेड जाने खतरा थियो । संविधान बमोजिम प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो । त्यो पनि उहाँको चहना नभइ केही नेताहरुको स्वार्थको कारणले भएको हो । माओवादी पतन गराउने प्रचण्ड नै हुन् । उहाँ पार्टी, देशलाई टुक्राएर मोजमस्तिमा लाग्नुभयो । माओवादी सिद्धि सक्यो । अब मेरो बाँकी राजनीति एमालेबाट नै हुन्छ ।
(शाह नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेकी नेतृ हुन् )
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: