Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

एमाले एक ढिक्का भएर चुनावमा जान्छ, अहिलेको अवस्थामा माधव समूहमाथि कारवाही हुँदैन

बिशाल भट्टराई

देश निर्वाचनमा गइसकेकोले अब सर्वोच्चले संसद पुर्नस्थापना गर्छ भनेर पूर्वानुमान गर्नुको औचित्य पनि छैन । संसद पुर्नस्थापना हुँदैन । पुर्नस्थापनाको कल्पना गरेर व्यर्थै किन समय खेर फाल्ने ? अनुमानको भरमा टाउको दु:खाउने कुरा छैन ।

एमाले अब एकढिक्का हुने हिसावमा अघि बढ्छ । विगतमा कसले के गर्यो भन्दा पनि भविष्यमा पार्टीलाई एकताबद्ध बनाएर कसरी लान सकिन्छ भन्नेमा हाम्रो गृहकार्य भइरहेको छ । त्यसै अनुसार दुवै पक्ष रहेको कार्यदलले ‘वर्क आउट’ गरिरहेको छ । कार्यदलमा सहमतिको ‘ड्राफ्ट’ तयार भएपछि पार्टीलाई प्रतिवेदन बुझाउँछ । त्यसपछि पार्टी अध्यक्ष र माधव नेपालबीच सहमति भएमा विवादको टुंगो लाग्छ । अहिलेको हाम्रो योजना त्यसै तर्फ लक्षित रहेको छ । तर, ठ्याक्कै भन्नुपर्दा अझै विश्वस्त हुने सक्ने अवस्था छैन । 

‘सर्वोच्चको फैसला अगावै हस्ताक्षर फिर्ता हुनुपर्छ’ हुनुपर्छ भन्ने कुरा पार्टीको १३ औं पूर्ण बैठकको निर्णय हो, अध्यक्ष ओलीको होइन । उहाँहरुले मान्नु पर्छ भन्ने हाम्रो अडान कायमै छ । संसद विघटनसम्बन्धि मुद्दाको फैसला अन्तिम चरणमा पुगिसकेको छ । यस्तो अवस्थामा उनीहरुले हस्ताक्षर फिर्ता लिने वा नलिने भन्नेको कुनै अर्थ छैन । यसमा शीर्ष नेताहरुबीच सहमति भए हामीलाई कुनै आपत्ति छैन । अब यसैलाई मुद्दा बनाएर कसैमाथि पनि कारवाही हुँदैन । त्यो च्याप्टरै बन्द भइसक्यो । सहमतिमा दुवै पक्ष लचकता अपनाउनु पर्छ । पार्टीलाई बचाउन र जनताले सुम्पिएका बाँकी कार्यभार पुरा गर्न दुवै पक्ष लचिलो हुनु जरुरी छ । उहाँहरुको माग अनुसार ०७५ जेठ २ मा हामी फर्किसकेका छौं । अझै पनि हामी लचिलो हुन तयार छौं । जेठ २ मा जान कुनै शंकै छैन । 

देश निर्वाचनमा गइसकेकोले अब सर्वोच्चले संसद पुर्नस्थापना गर्छ भनेर पूर्वानुमान गर्नुको औचित्य पनि छैन । संसद पुर्नस्थापना हुँदैन । पुर्नस्थापनाको कल्पना गरेर व्यर्थै किन समय खेर फाल्ने ? अनुमानको भरमा टाउको दु:खाउने कुरा छैन । यदि भएछ भने हामी त्यसै अनुसार तयारी गर्छौं । यो वा त्यो बाहानामा प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्ने कुरै हुँदैन । प्रधानमन्त्री ओली कै नेतृत्वमा चुनाव हुन्छ । अब दुई पक्षबीच कार्यदलमा सहमतिको खाका बन्छ । त्यसपछि दुई शीर्ष नेताबीच सहमति हुन्छ । पार्टी एकताबद्ध भएर हामी सशक्त ढंगबाट चुनावमा जान्छौं ।  

 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy