Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ : सांसद सिर्पाली

खबरडबली संवाददाता

काठमाडौं । संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ । संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो । धेरै कुरा परिस्थितिमा निर्भर हुन्छ । सबै जनप्रतिनिधिले प्राप्त जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गरेका छन् ।

सहज परिस्थिति नहुँदा कार्ययोजनाअनुरुप परिणाम देखाउन नसकेको साँचो भए पनि कामै नभएको भन्न मिल्दैन । अहिले पनि विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएका छौँ । केहीमा छलफल गरिरहेका छौँ, कतिपय टेबल गर्ने क्रममा छन् । राजनीतिमा फरक विचार हुनु स्वाभाविक हो । समय र मुद्दा सापेक्षका आधारमा सहकार्य गरेर जानुपर्छ । कहिलेकहीँ मुद्दा बाँझिदा बेमेल र द्वन्द्वको वातावरण बन्न जान्छ । संसदीय व्यवस्थामा सत्ता र प्रतिपक्ष भनेका एकघरका दुई भाइजस्ता हुन् । सर्वसम्मतरुपमा सत्तापक्ष भएर बसेको कोही देखिन्न ।

संसद्मा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो धर्म निभाउने कुरा स्वाभाविक हुन्छ । कहिले अलि चर्काे भएर आउँदा यो फेरि केहो भन्ने लाग्छ । कहिलेकाहीँ त्यो स्थिति पनि देखा परेको छ । संसदीय राजनीतिलाई अपनाइसकेपछि सबैका सिद्धान्त त्यहीँभित्रै बस्छन् । संसद्मा फरक विचार र धार भएका कोही कम्युनिष्ट, कांग्रेस, राजावादी, मधेसवादी छौँ, संसदीय प्रणालीको ढोकाभित्र पसेपछि त्यहीँभित्रको मिश्रित सिद्धान्तमै अघि बढ्नुपर्ने हुन्छ ।  

नीति निर्माणका लागि हुने छलफल र बहस आफ्नो दृष्टिकोणअनुसार हुन्छ भने संसदीय प्रणालीमा उक्त प्रक्रियाका सिद्धान्तभित्र रहेर आफ्नो कार्यप्रणाली, कार्यक्रम र बहसलाई अघि बढाउनुपर्छ । बाहिर आएपछि पार्टीको नीति, विधि र सिद्धान्तमा स्पष्टरुपमा उभिन्छौँ ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा स्थिर सरकार नहुँदाको समस्या हो । त्यो नहुँदा सरकारले आफूले चाहेको नीति, नियम र कार्यक्रम आफ्नो ढङ्गले तय गरी अघि बढ्न सक्दैन । कार्यान्वयनको पक्षमा झनै चुनौती बढ्दै जान्छ । अर्काे विषय भनेको हामी राज्य र समाजप्रति कति इमान्दार छौँ भन्ने पाटो पनि जोडिएको हुन्छ । 

पछिल्लो चरणमा भ्रष्टाचार न्यूनीकरण र भएका घटना सार्वजनिक गर्ने महत्वपूर्ण प्रयास भएको छ । सरकारले समृद्धि र सुशासनका लागि कार्यक्रम र योजना बनाएर अघि बढिरहेको छ । केही सकारात्मक प्रयास भए पनि दिगो र परिणाममुखी बनाउने विषयमा आमजनता, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोग आवश्यक पर्दछ । 

अहिलेको निर्वाचन प्रणालीले पनि भ्रष्टाचार बढाउन केही मलजल गरेको छ । निर्वाचन प्रणाली खर्चिलो राख्ने अनि सुशासनका कुरा आपसमा अन्तर विरोधी विषय हुन् । निर्वाचन जित्न जसरी पनि लडनु प¥यो । खर्च गर्नुप¥यो । यो निर्वाचन प्रणालीमा चुनाव जित्न खर्चको प्रतिस्पर्धा हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली नअपनाएसम्म चुनावमा हुने खर्च र भ्रष्टाचार रोकिदैन ।

अस्थिर सरकार तथा योग्यता र क्षमताअनुरुपको रोजगारी नहुँदा युवा तथा विद्यार्थीको विदेश पलायन बढेको छ । राजनीति प्रणालीअनुसारनै विकास प्रणाली अघि बढ्छ । अर्काेतर्फबाट बहस गर्ने हो भने अहिले केही मानिस सरकारी जागिरसमेत छाडेर विदेश गएको अवस्था छ । मासिकरुपमा आउने रकमले सहजरुपमा जीविकोपार्जन गनृ समस्या हुँदा यस्तो अवस्था सिर्जना भएको हो । समाज विकासको क्रमसँगै मानिसका महत्वकाङ्क्षा पनि बढेर जाने भएकाले समयसापेक्ष सेवासुविधा परिमार्जन गर्दै जानु पर्दछ ।

नेपालमा सम्भावना छैन भन्ने भाष्य निर्माण गरिँदैछ, त्यो पनि गलत छ । कैयौँ मानिस विदेश गई फर्केर आएपछि आत्मनिर्भर बनेका उदाहरण छन् । स्वदेशमै पनि सम्भावना छ, राज्यले त्यसलाई व्यवस्थित गर्न नसक्दा केही समस्या र युवामा निराशा उत्पन्न भएको हो । दिनानुदिन बढ्दै गएको महत्वकाङ्क्षालाई मुलुकको परिवेशमा अहिले पूरा गर्न नसकिएको सत्य हो । 

नेपाली समाजमा अहिले जसलाई सहयोगको जरुरत छ, उसलाई प्राप्त हुन्न, जो आफैँ सक्षम र सुझबुझ राख्छ उसलाई सहयोग उपलब्ध गराउने गलत कार्य भइरहेको छ । संविधानमा सार्वभौमसत्ता जनतामा निहितरहेको भनिएको छ । अहिले जनता रैती होइन, नागरिकमा परिणत भएका छन् । 

राज्यबाट उपलब्ध हुने सेवासुविधा समान र सन्तुलित ढङ्गबाट जनताले उपभोग गर्न पाउनुपर्छ । समाजमा उसको सम्पत्तिको स्तर हेरेर होइन, आवश्यकताका आधारमा छिटो छरितो काम अघि बढाइदिनुपर्छ । जनता सचेत भएर विषयवस्तु बाहिर नल्याएसम्म भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन हुदैन ।     
     
सांसद सुशीला सिर्पाली ठकुरीको परिचय     
     
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभा सदस्य बनेकी  नेत्री सिर्पाली विसं २०४६ देखि राजनीतिमा प्रवेश गरेकी हुन् । विसं २०४९ मा पार्टीको पूर्णकालीन सदस्य भई काम गर्ने सिलसिलामा उनी २०४७ देखि २०५४ सम्म भारतमा निर्वासित भएर पार्टीको काममा जुटेकी छन् । 

अखिल भारत नेपाली महिला समाजको अध्यक्ष र राष्ट्रिय दलित आयोगका अध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ । सांसद सिर्पाली हाल प्रतिनिधिसभा महिला तथा बालबालिका समिति सदस्य रहेकी छन् ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गगन थापा मुलुकको नेतृत्वका लागि तयारः उपसभापति शर्मा

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...

वाईसीएलले ब्युँतायो अर्धसैन्य संरचना, निर्वाचनअघि शक्ति प्रदर्शन कि लोकतान्त्रिक चुनौती ?

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...

विघटन मुद्दा चुनावअघि सुनुवाइ हुने सम्भावना न्यून

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...

रुकुम पश्चिममा एचपिभी खोप अभियान: १,८०० बालिका लाभान्वित हुने

रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...

डिभीका लागि नक्कली प्रमाणपत्र बनाउने गिरोहका ७ पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...

१० दिनदेखि ग्यास संकट: उपभोक्ता भौँतारिँदा निकायको आश्वासन

कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...

म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैनँ : प्रचण्ड

  काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...

निर्वाचनपछि संसद बैठक नयाँ भवनबाट सञ्चालन हुने

काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...

अधुरा योजना पूरा गर्ने एजेन्डासहित पाल्पा–२ मा सोमप्रसाद पाण्डे

रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...

सुर्खेतमा नक्कली परीक्षार्थीमार्फत लोकसेवा परीक्षा—१२ जना पक्राउ

सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE