Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो ।  
काठमाडौँ उपत्यका बाहिरका करीब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए । अहिले १२९ लट मोटरसाइकल दर्ता छन् । यसरी सवारी साधनको दर्ता वृद्धिसँगै मुलुकको व्यापार घाटा थप बढ्ने गई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ ।   

कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी  हुने गर्दछ । वाग्मती प्रदेश अन्तर्गत सो कार्यालयले घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको छ ।

कामको प्रकृतिअनुसार फरकफरक भवनमा सेवाग्राही आवतजावत गर्नुपर्ने हुँदा उनीहरु अलमलमा पर्ने गरेको पाइएको छ । मोटरसाइकलको लटअनुसार सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवा तथा सुविधाका लागि पनि कार्य कक्ष विभाजन गरिएको छ ।  कोभिडका कारण अहिले जोर बिजोर प्रणाली लागू गरिएकाले भीड आधा कम भएको जनाइएको छ । 

गुर्जुधारा चोकदेखि माथि सेवाग्राहीलाई देखेपछि विचौलियाले आकर्षित गरी शुल्क लिएर सेवा दिन अनेक नामका केन्द्रसमेत छन् । त्यस्ता केन्द्रबाट सेवाग्राहीलाई फुत्कन सजिलो छैन । कार्यालय तथा त्यस आसपास क्षेत्रमा रहेका लेखापढी व्यवसायी तथा अन्य पसलमा सेवाग्राहीलाई ‘तपाईंको काम एकै छिनमा हुन्छ, बस्दै गर्नुस् । हामी गरिदिन्छौँ’ भन्ने विचौलियाको कमी छैन । 

भौतिक  पूर्वाधार तथा यातायात मन्त्रालयको करीब ३३ रोपनी जग्गा भएको उक्त स्थानमा कार्यालयका लागि भवन निर्माण गर्न दुईपटक नक्सापासका साथै माटो परीक्षण गरिएको भए पनि त्यसले साकार रुप लिन सकेको छैन । यातायात कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत छ । 

सरकारले भवन निर्माणका लागि चालु आवमा रु ७० लाख विनियोजन गरेको भए पनि केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारलाई  प्रक्रिया पुर्याएर हस्तान्तरण नहुँदासम्म भवन निर्माणको विषय अन्योलमा छ । विगतमा काठमाडौँ हेटौँडा सञ्चालन हुने रञ्जुमार्ग क्षेत्रमा रहेको उक्त जग्गा यातायात कार्यालयकै भवन निर्माणका लागि लिइएको
हो । 

जनशक्तिको कमी रहेकाले उक्त कार्यालयमा सेवाग्राहीले छिटोछरितो सेवा प्राप्त गर्न समय पर्खनुपर्ने बाध्यता छ । चालीस लट मोटरसाइकल दर्ता हुँदा ५५ कर्मचारी रहेकामा अहिले तीन गुण बढी कामको चाप बढ्दा पनि कर्मचारी थप हुन नसकेको कार्यालयले जनाएको छ ।

करारमा १९ कर्मचारी थप गरिएको छ । सेवाग्राहीको भीडले फाइल थुप्रिने र कर्मचारी कम हुँदा कार्य सम्पादनमा केही समस्या भएको कर्मचारी मुक्तिनाथ भट्ट बताउनुहुन्छ । दैनिक ६० देखि ७० लाख राजश्व सङ्कलन गर्ने उक्त कार्यालयले चार भवन भाडामा लिएर दैनिक कार्य सञ्चालन गरेको छ । मासिक करीब दुई लाख भाडा बुझाइने गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy