Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

किन नजिकिँदै छन् जनार्दन र विप्लव ? ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै मञ्चमा सँगै पनि देखिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उपमहासचिव शर्माको दूरी बढिरहेका बेला चन्दसँग देखिएको निकटताले नेताहरूसमेत सशंकित छन् । 

शर्मा र चन्द सशस्त्र द्वन्द्वताकाका सहयात्री हुन् । उनीहरू २०७१ सम्म एउटै पार्टीमा थिए । चन्दले २०७१ मा माओवादी छाडेर नेपाल कम्युनिस्ट पार्टी खोलेपछि दुवै अलग भए । पछिल्लो समय भने दुवै नेताले एकता र सहकार्यमा जोड दिँदै आएका छन् ।

उनीहरूले बिहीबार एउटै मञ्चबाट चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको जन्मजयन्ती मनाए । उक्त कार्यक्रममा माओवादीका अन्य पदाधिकारी उपस्थित थिएनन् । माओवादी अध्यक्ष दाहालले भने विज्ञप्तिमार्फत माओ दिवसको शुभकामना दिएका थिए ।

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ देखि बस्दै छ । बैठकमा पार्टीको अन्तरसंघर्ष र आगामी कार्यक्रममाथि छलफल गर्ने तयारी छ । यसअघि स्थायी समिति बैठकमा शर्माले नेतृत्व हस्तान्तरण र मूल नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएपछि दुई नेताबीच दूरी बढेको छ । जबकि सशस्त्र द्वन्द्वदेखि नै शर्मा दाहालका विश्वासपात्र थिए । शर्माले बैठकमा आफूविरुद्ध लिखित धारणा राखेपछि दाहाल चिढिएका हुन् ।

शर्माले पार्टी नेतृत्वका विषयमा सार्वजनिक रूपमा पनि आलोचना गर्दै आएका छन् । माओ दिवसका अवसरमा बिहीबार प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा माओवादी उपमहासचिव शर्माले विगतमा सत्ताका लागि भएको गठबन्धन असैद्धान्तिक भएको र पार्टीले वर्गीय पक्षधरता भुलेको भनी टिप्पणी गरेका थिए ।

‘आज कम्युनिस्टको ताल हाँस न बकुल्लाको जस्तो छ । सत्ता छिनाझपटीमा मात्र लागिरहने हो कि जनजीविकाका समस्या लिएर अघि बढ्ने हो ?’ उनले भनेका थिए, ‘प्रतिस्पर्धामा जाँदा वर्ग जोडिदिने, असैद्धान्तिक गठबन्धन गर्ने, जित्नका लागि जे पनि गर्ने अवस्थाले कम्युनिस्ट आन्दोलनको साख गुमेको छ ।’

पार्टीभित्र आफूले सुरु गरेको वैचारिक बहसलाई नकारात्मक रूपमा लिएको संकेत गर्दै शर्माले फरक मतलाई सम्मान गर्नुपर्ने बताए । माओको ‘सयौं फूल फुल्न देऊ’ भन्ने भनाइको मर्मलाई कम्युनिस्ट पार्टीले अपनाउनुपर्ने उनले उल्लेख गरे ।

माओवादी शक्ति एकताका लागि आपसमा निरन्तर छलफल चलिरहेको शर्मा र चन्दको भनाइ छ । ‘दस वर्ष युद्धको मोर्चामा सँगै लडेका थियौं । चुनबाङ र थबाङका भेलामा एउटै थालमा भात खाएका थियौं,’ उनले भने, ‘हामी एकता गर्न चाहन्छौं भन्नेमा भ्रम छैन ।’

माओवादी अब एक हुने परिस्थिति बनेको र नयाँ ढंगले एकता गर्न छलफल भइरहेको नेकपा महासचिव चन्दको भनाइ छ । ‘अहिले फरक–फरक भए पनि हामी माओवादी हौं, माओवादी एक ठाउँमा आएर बहस गर्नुपर्छ,’ उनले भने ।

माओवादीका एक नेताले दाहालसँग दूरी बढिरहेका बेला शर्मा चन्दसँग नजिक हुनु संयोग मात्र नभएको बताए । ‘प्रचण्ड र जनार्दनबीच सुषुप्त तर गहिरो संघर्ष भइरहेका बेला भेटवार्ता बाक्लिनुले दुई नेता नजिकिएको राजनीतिक सन्देश दिन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending