Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

किन नजिकिँदै छन् जनार्दन र विप्लव ? ?

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै मञ्चमा सँगै पनि देखिन थालेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उपमहासचिव शर्माको दूरी बढिरहेका बेला चन्दसँग देखिएको निकटताले नेताहरूसमेत सशंकित छन् । 

शर्मा र चन्द सशस्त्र द्वन्द्वताकाका सहयात्री हुन् । उनीहरू २०७१ सम्म एउटै पार्टीमा थिए । चन्दले २०७१ मा माओवादी छाडेर नेपाल कम्युनिस्ट पार्टी खोलेपछि दुवै अलग भए । पछिल्लो समय भने दुवै नेताले एकता र सहकार्यमा जोड दिँदै आएका छन् ।

उनीहरूले बिहीबार एउटै मञ्चबाट चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतुङको जन्मजयन्ती मनाए । उक्त कार्यक्रममा माओवादीका अन्य पदाधिकारी उपस्थित थिएनन् । माओवादी अध्यक्ष दाहालले भने विज्ञप्तिमार्फत माओ दिवसको शुभकामना दिएका थिए ।

माओवादीको केन्द्रीय समिति बैठक पुस २१ देखि बस्दै छ । बैठकमा पार्टीको अन्तरसंघर्ष र आगामी कार्यक्रममाथि छलफल गर्ने तयारी छ । यसअघि स्थायी समिति बैठकमा शर्माले नेतृत्व हस्तान्तरण र मूल नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएपछि दुई नेताबीच दूरी बढेको छ । जबकि सशस्त्र द्वन्द्वदेखि नै शर्मा दाहालका विश्वासपात्र थिए । शर्माले बैठकमा आफूविरुद्ध लिखित धारणा राखेपछि दाहाल चिढिएका हुन् ।

शर्माले पार्टी नेतृत्वका विषयमा सार्वजनिक रूपमा पनि आलोचना गर्दै आएका छन् । माओ दिवसका अवसरमा बिहीबार प्रज्ञाप्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा माओवादी उपमहासचिव शर्माले विगतमा सत्ताका लागि भएको गठबन्धन असैद्धान्तिक भएको र पार्टीले वर्गीय पक्षधरता भुलेको भनी टिप्पणी गरेका थिए ।

‘आज कम्युनिस्टको ताल हाँस न बकुल्लाको जस्तो छ । सत्ता छिनाझपटीमा मात्र लागिरहने हो कि जनजीविकाका समस्या लिएर अघि बढ्ने हो ?’ उनले भनेका थिए, ‘प्रतिस्पर्धामा जाँदा वर्ग जोडिदिने, असैद्धान्तिक गठबन्धन गर्ने, जित्नका लागि जे पनि गर्ने अवस्थाले कम्युनिस्ट आन्दोलनको साख गुमेको छ ।’

पार्टीभित्र आफूले सुरु गरेको वैचारिक बहसलाई नकारात्मक रूपमा लिएको संकेत गर्दै शर्माले फरक मतलाई सम्मान गर्नुपर्ने बताए । माओको ‘सयौं फूल फुल्न देऊ’ भन्ने भनाइको मर्मलाई कम्युनिस्ट पार्टीले अपनाउनुपर्ने उनले उल्लेख गरे ।

माओवादी शक्ति एकताका लागि आपसमा निरन्तर छलफल चलिरहेको शर्मा र चन्दको भनाइ छ । ‘दस वर्ष युद्धको मोर्चामा सँगै लडेका थियौं । चुनबाङ र थबाङका भेलामा एउटै थालमा भात खाएका थियौं,’ उनले भने, ‘हामी एकता गर्न चाहन्छौं भन्नेमा भ्रम छैन ।’

माओवादी अब एक हुने परिस्थिति बनेको र नयाँ ढंगले एकता गर्न छलफल भइरहेको नेकपा महासचिव चन्दको भनाइ छ । ‘अहिले फरक–फरक भए पनि हामी माओवादी हौं, माओवादी एक ठाउँमा आएर बहस गर्नुपर्छ,’ उनले भने ।

माओवादीका एक नेताले दाहालसँग दूरी बढिरहेका बेला शर्मा चन्दसँग नजिक हुनु संयोग मात्र नभएको बताए । ‘प्रचण्ड र जनार्दनबीच सुषुप्त तर गहिरो संघर्ष भइरहेका बेला भेटवार्ता बाक्लिनुले दुई नेता नजिकिएको राजनीतिक सन्देश दिन्छ,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending