काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र माओवादीका दुईरदुई नेतालाई सरकारमा सहभागी गराएका छन्। प्रधानमन्त्रीमा सपथग्रहणलगत्तै मन्त्रिपरिषद् गठन गर्दै देउवाले बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा सहभागी गराएका हुन्।
देउवाले आफ्ना विश्वासपात्रद्वय खाँण र कार्कीलाई क्रमश: गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै माओवादी केन्द्रका नेता शर्मालाई अर्थ र भुसाललाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
२०१७ सालमा स्याङ्जामा जन्मेका खाँण २०३३ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको नेतृत्व सम्हाल्दै पार्टी राजनीतिमा सक्रिय खाँणले यसअघि सिँचाइ र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका खाँणले अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएका हुन्।
त्यस्तै सन् १९५७ मा भोजपुरमा जन्मेका कार्की नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। २०३९ सालमा नेवि संघको अध्यक्ष बनेका कार्की सन्तनेता कृष्णप्रसाद भट्टराईका विश्वासपात्र थिए। यसअघि जलस्रोत र अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका कार्कीले अहिले कानुन मन्त्रालयको जिम्मा पाएका छन्।
रुकुम पश्चिमबाट निर्वाचित शर्मा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धमा डेपुटी कमान्डरको जिम्मेवारी सम्हाल्दै खुला राजनीतिमा आएका हुन्। एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसहित एकीकरण गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले यसअघि ऊर्जा, शान्ति, गृहसहितका मन्त्रालय सम्हालिसकेका छन्।
यस्तै माओवादी स्थायी समिति सदस्य भुसाल अन्तरिम विधायकसहित तीनपटक सांसद भइसकेकी छिन्। सशस्त्र युद्धमा सक्रिय भुसालले महिला,बालबालिका तथा समाज कल्याण, सामान्य प्रशासन र शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। नवनियुक्त चारैजना मन्त्रीले मंगलबारै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिनुका साथै आआफ्नो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका छन्। नागरिक दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३० गते, २०८३ - १४:१५
कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...
श्रावण ३० गते, २०८३ - १३:५४
बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...
श्रावण ३० गते, २०८३ - १३:३९
काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...
श्रावण ३० गते, २०८३ - १३:१४
काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...
श्रावण ३० गते, २०८३ - १२:४३
मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...
श्रावण ३० गते, २०८३ - १२:२०
काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...
श्रावण ३० गते, २०८३ - १२:००
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...
श्रावण ३० गते, २०८३ - ११:४७
तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...
श्रावण ३० गते, २०८३ - ११:३०
म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म
श्रावण ३० गते, २०८३ - ११:१३
नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...



प्रतिकृया लेख्नुहोस्: