Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

खबरडबली संवाददाता

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहे पनि अझैसम्म सार्न सकिएको छैन।

भिरालो भूगोल, कमजोर भू–बनोट, नदी कटान, अव्यवस्थित सडक निर्माण तथा जलवायु परिवर्तनका कारण बाढीपहिरोको जोखिम बढ्दै गएको हो। लामो समयदेखि जोखिममा रहेका बस्तीका स्थानीयले पटक–पटक स्थानान्तरणको माग गर्दै आए पनि सरकारबाट ठोस पहल हुन नसकेको गुनासो गरेका छन्।

बुढीगङ्गा नगरपालिका–२ अम्कोटकी कल्धरी नेपालीका अनुसार अम्कोट बस्ती करिब दुई दशकदेखि पहिरोको जोखिममा छ। वर्षायाममा पहिरोको त्रासका कारण रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।

“पहिरोले बस्ती छोड्न बाध्य बनाइसकेको छ। तर आर्थिक अवस्थाका कारण अन्यत्र बसाइँ सर्न सकिएको छैन। बस्ती छोडौँ भने कहाँ जाने, नछोडौँ भने कहिले पहिरोले ज्यान लिने हो भन्ने त्रास छ,” उहाँले भन्नुभयो।

जिल्लामा सबैभन्दा बढी जोखिममा रहेका बस्ती बडीमालिका, त्रिवेणी र बुढीगङ्गा नगरपालिकामा छन्। बडीमालिकाका १६, त्रिवेणीका १६ र बुढीगङ्गाका १२ बस्ती जोखिममा रहेका छन्। त्यस्तै बुढीनन्दाका ११, गौमुलका १२, खप्तड छेडेदहका १०, स्वामीकार्तिक खापरका सात, जगन्नाथका पाँच र हिमाली गाउँपालिकाका चार बस्ती जोखिममा छन्।

स्थानान्तरणको प्रतीक्षामा रहेका बस्तीमध्ये हिमाली गाउँपालिकाका कवाडी, क्वीडी, बोर्ता र बोल्डीकस स्वामीकार्तिक खापरका रुडी, छुदरी, पुडेनी, घट्टा, तल्लो जुकु, जेरा र डाँडावाडा तथा जगन्नाथका लुमा, आसवाडा र पैयापहिरो रहेका छन्।

बुढीनन्दाका मटेला, पार्तोला, रावतवाडा, पिपलडाली र कोल्टी तथा बडीमालिकाका सल्लेना, मैमातोला, बिष्टवाडा, बथानलेख, उखाडी र जिल्ली पनि जोखिममा रहेका बस्ती हुन्।

त्यसैगरी गौमुलका दुर्गाली, खौला, अन्द्राडी, कुहुडा, पौदाली, आगर, पाते, गर्जे, कौडाकोट, गदाडा, नखराडा, पडीकोट, गैरीवाडा, शान्तिटोल, चदारवाडा र सालिकोट तथा बुढीगङ्गाका अम्कोट, बजेडी, काप्रा, देनसायल, निमनी र बेलकाटिया जोखिममा छन्।

त्रिवेणीका सिम्ला, सिन्नेकोट, बमवाडा, पैमा र भाटगाउँ तथा खप्तड छेडेदहका आरुगाडा, धनाल्त, गुइबन, दोगडी, सिम्पाटा, नाइला, चदारवाडा, हातेखेल र गुम्लागाउँ पनि स्थानान्तरणको प्रतीक्षामा छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

कोलम्बिाया। कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ । कोल...

बाजुराका ९३ बस्ती पहिरोको उच्च जोखिममा, ४९ बस्ती स्थानान्तरणको प्रतीक्षामा

बाजुरा । बाजुराका नौवटै स्थानीय तहका ९३ गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ। तीमध्ये ४९ बस्ती तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुप...

कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा बन्दसत्र सुरु, तीन प्रतिवेदन पेश

काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आजदेखि बन्दसत्र सुरु भएको छ। काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी भेला...

ग्यासको हाहाकारपछि काठमाडौंका पाँच ठाउँमा यसरी भइरहेको छ बिक्री

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट विशेष रूपमा ग्यास बिक्री वितरण सुरु गरेको छ। ग्यासको अभाव...

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

मुस्ताङ। प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भक्तजनले चढाएको भेटीको थुप्रो लागेको छ । गत असार मसान्तसम्ममा मन्दिरको आम्दानी सञ्चय गरिएको मुक्तिनाथ विकास सम...

अपडेट: रोकिएको बस गुड्दा नुवाकोटमा दुई जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस अचानक गुडेर इभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ...

रोकिएको बस आफैं गुड्दा नुवाकोटको थानाभञ्ज्याङमा बस र भ्यान भिरबाट खसे

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा सडकछेउमा रोकिएको बस आफैं गुडेर अर्को सवारीलाई ठक्कर दिँदा बस र इभी भ्यान सडकबाट करिब ३०–४० मि...

रोक्का बजेट फुकुवा नहुँदा पूर्वाधार निर्माण प्रभावित

तनहुँ। सङ्घ र प्रदेश सरकार मातहतका पूर्वाधार आयोजनाहरूमा रोक्का भएको बजेट समयमै फुकुवा नहुँदा जिल्लामा सञ्चालित विकास निर्माणका काम प्रभावित बनेका छन्...

ठमेलको ‘एसटीडी ट्रिटमेन्ट क्लिनिक’ बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन

म्याद सकिएको लाइसेन्सदेखि नक्कली उपाधिसम्म

नारायणगढमा झडप हुँदा चार जना घाइते

नारायणगढ। शुक्रबार राति नारायणगढमा भएको झडपमा चार जना घाइते भएका छन्। भरतपुर महानगरपालिका–३, लायन्सचोकस्थित फायर क्लबमा राति १:२० बजे दुई समूहबिच झैझग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending