एजेन्सी । कोभिड–१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् ।
ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानूनको पालना गर्दै हज गर्न भेला भएका बताइएको छ ।
इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज ईद अल–अदह उत्सवको समापनसँगै सकिनेछ । शारिरीक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तिमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ ।
समाचार संस्था अल जजीराका अनुसार यस बर्ष हजका लागि मक्का पुगेका करीब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन् । कोरोनाभाइरसका कारण लगातार दोस्रो बर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस बर्ष भने मक्कामा ठूलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ । गत बर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए ।
यो बर्ष हजका लागि साउदी अरबका कोभिड–१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ । यद्यपि कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सानो सङ्ख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन् । सायदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइने छैन ।
साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: