काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालले खरिद गरेको कोभिसिल्ड उपलब्ध गराउने वचन दिएका छन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।
‘आज मेरो भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीसँग भएको टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने सुनिश्चता गर्नुभएको छ,’ उनले भने। प्रधानमन्त्री देउवाका पे्रस निजी सचिव भानु देउवाले गत फागुनमा नेपालले खरिद गरेको १० लाख कोभिडसिल्ड खोप दिने बचन दिएको बताए। ‘नेपालले पहिला नै भुक्तानी गरिसकेको थप १० लाख कोभिसिल्ड खोप दिने वचन दिएका हुन्,’ उनले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भने।
सोमबार नै भारतीय प्रधानमन्त्री मोदीले ट्विट गरी भारत–नेपालबीचको आगामी फराकिलो मित्रताको लागि सँंगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्विटमा मोदीले भनेका छन्, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँसहित सहकार्य गर्नेछौं ।’
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री दुवैले भारतले कति खोप दिने र कुन प्रक्रियाबाट दिने भन्ने विषयमा जानकारी दिएका छैनन्। आइतबार नै भारतले नेपालमा फैलिरहेको कोभिड १९ विरुद्धको लडाइँमा सहयोग जनाउँदै १ सय ५० थान पिडियाट्रिक आइसियु बेड प्रदान गरेको थियो। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइसियु वेड हस्तान्तरण गरेका थिए । नागरिक दैनिकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - १३:०६
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेको छन् । उनी गएराति त्यसतर्फ...
जेष्ठ ३१ गते, २०८३ - १२:४९
वीरगञ्ज । पर्सामा प्रहरीले १०० किलोग्राम गाँजा बरामद गरेको छ। जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट आइतबार सशस्त्र प्रहरी र नेपाल...
जेष्ठ ३१ गते, २०८३ - १२:३२
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको शाख फर्काउँदै आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउने जिम्मेवारीसहित...
जेष्ठ ३१ गते, २०८३ - १२:२२
उर्लाबारी। मोरङको कानेपोखरी–२ ढिकुवाडाँगीका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको तीर्थस्नान गर्न गएका बेला मृत्यु भएको छ । गाउँबाट छोरा–बुहारी नातिसँगै ...
जेष्ठ ३१ गते, २०८३ - १२:११
काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको...
जेष्ठ ३१ गते, २०८३ - ११:५२
सप्तरी। सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् । पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, ...
जेष्ठ ३१ गते, २०८३ - ११:३७
सुलीकोट। गोरखा नगरपालिका-७ छिपिटोलस्थित गोरखा घर (दोहिरी साँझ) नजिक कुटपिटबाट गम्भीर घाइते भएका एक युवाको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले चार जन...
जेष्ठ ३१ गते, २०८३ - ११:०६
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।...
जेष्ठ ३१ गते, २०८३ - १०:५५
तनहुँ। प्राकृतिक खाद्य चक्रका संवाहक एवं ’प्रकृतिका कुचिकार’ मानिने लोपोन्मुख प्रजातिका गिद्धहरू तनहुँमा बथानसहित फर्किएका छन् । व्यास नगरपालिका–१०...
जेष्ठ ३१ गते, २०८३ - १०:३९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताएको छन्। काठमाडौँ महा...



प्रतिकृया लेख्नुहोस्: