Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

संविधानमा आफै हस्ताक्षर गर्ने अनि आफु अनुकुल फैसला नभए निर्दलीय व्याख्या भयो भन्न मिल्छ ? - बिडारी

राम नारायण बिडारी

संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ भनेर संविधानमै उल्लेख छ । त्यसमा केपी ओलीको हस्ताक्षर छ कि छैन ? संविधानको व्याख्या उनीहरुले गर्ने हो कि सर्वोच्च अदालतले गर्ने हो ? आफैले बनाएको संविधानमा त्यस्तो किन लेखेको ?

सर्वोच्चको फैसलाले मुलुकलाई निर्दलीयतातर्फ धकेल्यो भन्नु व्यर्थको वाइयात कुरा हो । घाइते बाघ एकछिन छट्पटिए जस्तै आफुले खाइपाइ आएको सत्ता छोड्नु परेको पीडा र आक्रोस मात्र हो ।  संविधानको धारा ७६(५) कुनै निर्दलीय धारा होइन । यो उपधारा ५ बमोजिमको सांसदहरुको विषेशाधिकार हो । संसद विघठनको दुर्घटना रोक्ने कुरा हो । संसदलाई पूर्णकालका लागि सञ्चालन गर्न दिनका निम्ति विधायीकाहरुले संविधानसभामा छलफल गरेर राखिएको हो । यो धारामा सांसदहरु स्वतन्त्र हुन्छन् । यसमा सांसदले मत जता हाले पनि दल आआफ्नै हुन्छ ।

संविधानको धारा ७६(५) बाहेक अन्य उपधारामा लागू हुँदैन । प्रधानमन्त्री नियुक्तिमा जहिल्यैपनि उपधारा ५ लागू हुँदैन, यो विरलै लागु हुने धारा हो । यसमा तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिले संसद विघटन गरेर संविधान क्षतविक्षत गर्ने उदेश्य राखेको हुनाले यस्तो अवस्था आएको हो । सामान्यतया उपधारा ५ लागू नै हुँदैन ।  निर्वाचनको परिणाम आएपछि तीन तहको प्रधानमन्त्री नियुक्त हुन नसकेमात्र यो धारा लागू हुने हो । उपधारा ५ अहिलेको जस्तो वेमानी, गँञ्जागोल तरिकाबाट आउँदैन सरलरुपमा आउँछ । 

संसदमा विश्वास प्राप्त सदस्यले बहुमत सिद्ध गर्न सक्ने आधार, उसले पेश गरेको नामावली विश्वसनीय भएको अवस्थामा यो सामान्य हो । अदालतको फैसलालाई लिएर निर्दलीयता भयो भन्नु राजनीतिक वेइमानी बाहेक अरु केही होइन । संविधानको अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्छ भनेर संविधानमै उल्लेख छ । त्यसमा केपी ओलीको हस्ताक्षर छ कि छैन ? संविधानको व्याख्या उनीहरुले गर्ने हो कि सर्वोच्च अदालतले गर्ने हो ? आफैले बनाएको संविधानमा त्यस्तो किन लेखेको ? नेकपा एमालेले भनेबमोजिमको संविधान जारी हुन्छ भनेको भइहाल्थ्यो नि । त्यसकारण सर्वोच्चले व्याख्या गरेपछि सकियो । अदालतको फैसला कसैले मान्दिन भन्न पाउँदैन । 

संविधानमा तोकिएको कर्तव्य राष्ट्रपतिले पालना गरिनन् । कर्तव्य पालना नगर्ने राष्ट्रपतिलाई कर्तव्य पालना गर्नु भनेर सर्वोच्चले भनेको हो । सर्वोच्चले १४९ जना संसदको बहुमतलाई स्विकार गरेको हो । राष्ट्रपतिको कार्यालयमा निवेदन दिन सर्वोच्च गएको हो ? सर्वोच्चमा १४६ जनालाई रिट निवेदन पेश गर भनेर अदालतले आदेश दिएको हो ? राष्ट्रपतिले संविधान बमोजिम गर्नु पर्ने काम गरेन अदालतले भन्नु गलत हुन सक्छ ? 

राष्ट्रपति कस्ता भए भने संविधान, विधि, कानून पालना नगर्ने । बहुमत सदस्यको हस्ताक्षर सहित निवेदन पेश गर्ने व्यक्तिलाई प्रधानमन्त्री नियुत्ति नदिने । संविधानसंवत ढंगबाट आएको निवेदन संसदमा नपठाउने । संविधान विपरित भएका कामकारवाहीलाई रोक लगाउँदा अदालतले प्रधानमन्त्री नियुक्ति गर्यो भन्न मिल्छ ? राष्ट्रपतिले ओली दायित्व पुरा गर्ने होइन संविधानले दिएको दायित्व पुरा गर्ने हो । त्यसकारण अदालतको फैसला ऐतिहासिक मात्र नभइ विधिशास्त्रीय दृष्टिले अत्यन्तै उत्कृष्ट  छ ।

(बिडारी राष्ट्रिय सभा सदस्य एवं वरिष्ठ अधिवक्ता हुन) 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

क्रिकेटर मोहम्मद शामीलाई पक्राउ नगर्न मुम्बई पुलिसलाई दिल्ली पुलिसको रोचक आग्रह

काठमाडौं । मानिसहरुबिच सोसल साईड एक्समा दिल्ली पुलिसको एउटा आग्रह देखेर चर्चापरिचर्चा चलिरहेको छ ।  बुधबार भारतमा जारी एकदिवसीय क्रिकेट अन्तर्गत भा...

टिकटक प्रतिबन्धविरुद्दको रिटमा ४ गते प्रारम्भिक सुनुवाई हुने

काठमाडौं । सरकारले टिकटकमा लगाएका प्रतिबन्ध फुकुवाका लागी भन्दै सर्वोच्व अदालतमा आधा दर्जन रिटपरेपछि अदालतले आगामी ४ गते प्रारम्भिक सुनुवाई गर्ने भएको...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies