Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपालका पाँच खेलाडी

खबरडबली संवाददाता

काठमाडौँ । जापानमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिक खेलमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्र्दैछन् ।

यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने विश्व खेलकूदको महाकुम्भ ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । ३२ औँ गृष्मकालीन ओलम्पिकमा एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछिन् । उनले एक सय मिटर दौडमा नेपालको चुनौती प्रस्तुत गर्न लागेकी हुन् । छोटो दूरीका धाविका चौधरी युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न लागेकी हुन् । उनी साउन १५ गते मैदानमा उत्रनेछिन् ।

सुटिङमा कल्पना परियारले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्ने भएकी हुन् । उनी वाइल्ड कार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल यही साउन ९ गते हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि  साउन ९ गते साँझ नै हुनेछ । 

जुडोमा सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । उनी पनि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरियताका आधारमा सोनियालाई ओलम्पिकमा सहभागिता जनाउन लागेको हो । १९ वर्षीय सोनियाले ४८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । उनको खेल पनि यही साउन ९ गते नै हुनेछ । पहिलो चरण पार गरे अन्य चरणको खेल पनि सोही दिन हुनेछ ।

पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदैछन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता) बाट ओलम्पिक पुगेका हुन् । नेपाली पौडी खेलाडी एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले साउन १२ गते पुरुष एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा साउन १३ गते अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण साउन १४ गते प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै जलपरी गौरिकाले महिला एक सय मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछिन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही साउन १३ गते महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।

समग्रमा हेर्ने हो भने नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा मात्र सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा शुरु गरेको थियो । हालसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् ।

यद्यपि नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गीना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् । ओलम्पिकमा नेपालबाट हालसम्म आठ खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो  । त्यसमध्ये ओलम्पिक यात्रा शुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।

यसपटकको ओलम्पिकमा पनि नेपाली टोलीको लक्ष्य भनेको पदकभन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शन सुधार गर्नु नै हुनेछ । ओलम्पिक खेलका लागि पौडी, सुटिङ र जुडोका खेलाडी जापानको टोकियो पुगिसकेका छन् भने एथ्लेटिक्स टोली यही साउन ९ गते जापान प्रस्थान गर्नेछन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending