Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

'ए डिभिजन लिग निर्धारित मितिमै हुन्छ'

खबरडबली संवाददाता

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग असोज पहिलो साताबाट आयोजना हुँदैछ । १४ क्लबमध्यका चार ए डिभिजन लिग क्लबले मंगलबार लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई ज्ञापन पत्र बुझाएसँगै लिग अन्योल अवस्था पुग्‍ने आशंका देखिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार क्लबको ज्ञापनपत्रले फरक नपर्ने भन्दै निर्धारित समयमा नै लिग सुचारु हुने बताए  ।

ललितपुरका चार क्लबले कोरोना महामारीको विसम परिस्थितिमा लिग सञ्चालन गर्न कठिन हुने भन्दै लिग रोक्न मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई ज्ञापन पत्र बुझाएका थिए । सोही विषयलाई लिएर विभिन्‍न टिकाटिप्पणी भइरहेको अवस्थामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले कुनै क्लबले लिग रोक्न दिएको ज्ञापन पत्रले केही फरक नपर्ने भन्दै निर्धारित मितीमा नै लिग हुने बताए ।

सहिद स्मारक ए डिभिजन लिग २०२१ असोज ३ गते देखि आयोजना गर्ने तालिका एन्फाले यस अघि नै जारी गरेको छ । एन्फाले यस अघि नै पदाधिकारीहरुसँगको छलफलबाट असोज पहिलो साताबाट गर्ने बताइसकेको थियो ।  सोही बैठकबाट ए डिभिजन लिगका लागि खेलाडी दर्ता साउन १५ गतेबाट खुला पनि गरेको थियो । चार क्लबको सहभागिता हुनेमा आशावादी रहेको र आइतबार छलफल हुने बताए । लिगमा सहभागि नभए लिग नियामवली अनुसार हुने बताए अध्यक्ष शेर्पाले बताए ।

असोजबाट हुने लिगमा बी डिभिजन लिगबाट बढुवा भएको सातदोबाटो युथ क्लब सहित १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । अघिल्लो सिजनमा लिगको पुछारमा रहेर लिग टुंग्याएको सरस्वती यो सिजनमा हुने छैन । शीर्ष डिभिजन लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी गरेको छ । फरक ढाँचामा सञ्चालन गर्न लागिएको लिगमा पहिलो चरणमा सबै क्लबले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसपश्चात शीर्ष ८ टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending