Khabar Dabali १३ जेष्ठ २०८३ बुधबार | 27th May, 2026 Wed
Investment bank

के ओली गलेका हुन् ? ओली नरम, माधव नेपाल झन्‌झन्‌ कडा

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान नभएको बताएका थिए। त्यसको एक सातापछि उनी ‘आममाफी’ दिने तहमा आइपुगेका छन्।

यता सर्वोच्च अदालतले साउन २८ गते प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपाल पक्ष आफ्नो विचार, नीति र विधिको विजय भएको तर्क गर्दै ओलीले गल्ती स्वीकार गर्नुपर्ने अडानमा छ। ओली पक्षको केन्द्रीय कमिटी बैठकमा पार्टी विभाजन रोक्नुपर्ने आवाज मुखर भएपछि ओलीले नेपाल समूहप्रति लचिलो नीति लिएका थिए। उनले पार्टीभित्र देखिएको विद्रोह सम्बोधन गर्ने क्रममा सबै गल्ती कमजोरी माफी मिनाह भएको घोषणा गरेका थिए। ‘उहाँ (ओली) ले पार्टी एकताकै लागि लचिलो नीति लिनुभएको हो। बैठकले पनि विवाद निरुपण गर्ने, संवाद गर्ने र पहल गर्ने जिम्मेवारी उहाँलाई नै दिएको छ’, प्रवक्ता प्रदीप ज्ञवालीले भने।

आजको नागरिकमा खबर छ- ओलीले जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी एकता बचाइराख्न वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए। त्यसको प्रतिक्रियास्वरुप बिहीबार नेपालले आफू कुनै प्रलोभनमा नपर्ने बताए। त्यसपछि शुक्रबार नेपालले ओलीको आम माफीको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भने, ‘हिजो महामहिम श्री ५ महाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यहरू जतिलाई स्पष्टीकरण सोधिएको छ, उनीहरूलाई आममाफी दिइन्छ। महाराजाधिराज बोल्नुभएको छ। हामी गदगद भयौं। हाम्रा महाराजाधिराज कति खुसी भएछन्, हामीलाई आम माफी दिएछन्, नाच्नुपर्ने भो, खुसी हुनुपर्ने भो।’ नेपालले ओलीप्रति व्यंग्य गर्दै थपे, ‘यही हो कम्युनिस्ट प्रवृत्ति ? स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें, त्यो मैले फिर्ता लिएको छु भन्दिएको भए के हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?’ 

४३औं पुष्पलाल स्मृतिदिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालले एकताका लागि आफूले संयम अपनाउँदाअपनाउँदै पनि ओलीमा सुधार नदेखिएको बताए। ‘म त मान्छे सुध्रिएलान् भन्छु, आज सुध्रिन्छन् कि भन्या छ, भोलि सुध्रिन्छन् कि भन्या छ, पुष्पलाल स्मृतिसम्बन्धी चम्पादेवीको कार्यक्रममा मैले मिठोमिठो शब्द मात्र निकालें, एउटा शब्द पनि तलमाथि ननिस्कोस् भन्ने सोचें तैपनि सुध्रने कुरै छैन,’ नेपालले शुक्रबारको कार्यक्रममा भने।

असार २७ गते राति एमाले विवाद निरुपणका लागि बनेको कार्यदलका सदस्यले तयार पारेको १० बुँदे सहमति प्रस्तावमा नेता नेपालले असहमति रहेको जनाउ दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अवस्थासम्म आइपुग्दा आफूले कार्यदलमा पठाएका सदस्यहरूको आग्रहलाई समेत नेपालले अस्वीकार गर्दै आए। उता ओलीले पनि बालकोट पुगेर नेपाललाई पार्टीमा कुनै स्थान नभएको र लाल गद्दार घोषणा गरेर १० बुँदे सहमति कार्यान्वयन नहुने संकेत गरेका थिए। यसबीचमा ओली पक्षले बाँदर जुलुस निकाल्ने र नेपालको पुतला जलाउनेसम्मको काम गरेपछि नेपाल पक्षबाट अखिल फोर्स, पिपुल्स भोलेन्टियर्स बनाउनेजस्ता काम भए।

यसैबीच ओली पक्षले गत आइतबार स्थायी कमिटी बैठकबाट १० बुँदे प्रस्ताव अनुमोदन गरेर एकताका लागि थोरै लचकता प्रस्तुत गरेको थियो। सोमबार बसेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई स्पष्टीकरण सोधेर एकता कठिन मोडमा पुर्‍याएको संकेत गरेको थियो। त्यसपछिका सबै बैठकमा ओलीलाई पार्टी एकताका लागि दबाब बढ्दै गयो। अनि उनले आम माफीको घोषणा गरे। तर नेपालले सत्ताच्युत भएपछि पनि ओलीमा दम्भ र अहंकार उस्तै रहेको, आफूलाई गुन्डा देखाएर तर्साउन खोजेको आरोप लगाएका छन्। 

‘दिउँसो (बिहीबार) म भक्तपुरमा गएँ। १ हजार १ सदस्यीय पिपुल्स भोलेन्टियर्स घोषणामा मैले भनें– डनगिरी नसिक्नु, सताउने काम नगर्नु, अनि माधव नेपालको घरको वरिपरि गएर बाँदर जुलुस निकाल्ने बाँदरे प्रवृत्ति नबोक्नु। माधव नेपालको घरछेउ रिङरोडमा राति १० बजेको समयमा २०/२५ जना पुगेका थिए। उपरखुट्टी लगाएर मोटरसाइकलमा बसेका रहेछन्। माधव नेपाल तर्साउँदा तर्सिने मान्छे हो ? कोही तर्सिनेवाला छैन। हामी विशेष धातुले बनेका मान्छे हौं। स्टालिनले भनेझैं कम्युनिस्टहरू विशेष धातुले बनेका हुन्छन्, सबैलाई चेतना भया,’ नेपालले भने। त्यसपछि उनले आफू सिंगो पार्टीलाई एकताबद्ध बनाउन लागेको बताए। ‘हामी सिंगो कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन चाहन्छौं। सिंगै पार्टी एकताबद्ध हुन सक्दैन भने सहकार्य गरेर जान चाहन्छौं। मतभिन्नताका बीचमा पनि एकताको सम्भावना खोजी गर्छौं’, नेपालले भने, ‘राष्ट्रियता, लोकतन्त्र, जनजीविका, सुशासन, विकास निर्माण, भ्रष्टाचारको विरोधलगायतका विषयमा हामी सँगसँगै कार्यगत एकता गरेर जान सक्छौं, आन्दोलनलाई त्यसरी पनि लैजानुपर्ने आवश्यकता छ।’

नेता नेपालले ओलीको नेतृत्व क्षमतामाथि समेत प्रश्न उठेको बताएका छन्। ‘दुईतिहाइ बहुमत पाएको कम्युनिस्ट पार्टी, नेकपा एमाले १ सय २१ सिटबाट घट्दा घट्दा ८३ मा पुगेको छ, अझै कति घट्ने हो ठेगान छैन। जसले आफ्नो घर सम्हाल्न सक्दैन, आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन, पार्टीको अन्तरविरोधको ठीक पहिचान गर्न सक्दैन, त्यसले समाजको अन्तरविरोधको के समाधान गर्न सक्छ’, नेपालले भने। उनले पार्टीभित्रको अहिलेको अन्तरविरोध पद र प्रतिष्ठासँग जोडिएको नभई ओलीसँगको चरम अविश्वासले उत्पन्न भएको बताए। 

‘पार्टीको अन्तरविरोध पदप्रतिष्ठा, इगोको लडाइँको होइन। यो वैचारिक मान्यताबीचको, वैचारिक विचालनसँग जोडिएको लडाइँ हो, पार्टीभित्र देखा परेका विकृति, विसंगतिहरू, नीति, विचार, विधि र आचरणसँग जोडिएको अन्तरविरोध हो। आपसी विश्वासको पक्ष पनि आएको छ किनभने हाम्रो व्यवहारले ठूलो अविश्वासको खाडल पैदा गरेको छ। एकसेएक तथ्य प्रमाणहरू छन्, त्यसकारण ती सबैको गहिरो चिरफार गर्नुस्, समय धेरै गइसकेको छ,’ उनले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धविराममै लेबनानमा इजरायलको भीषण हमला : ३१ को मृत्यु, मध्यपूर्व फेरि युद्धको डिलमा

एजेन्सी । युद्धविराम कायम रहेको दाबी भइरहेका बेला इजरायलले लेबनानमा गरेको भीषण हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये बालबालिक...

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार...

रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा संलग्न रहेको अभियोगमा थप तीनजना मंगलबार पक्राउ परेका छन् । ...

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रभातफेरी , विधान महाधिवेशन पनि हुँदै

काठमाडौँ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम गरी ३५औँ स्थापना दिवस मनाउँदै छ। दिवसका अवसरमा देशभरका सबै शाखाले विविध कार्यक्रम आयोजना गर...

आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको...

महँगो पर्‍यो सुनकोशी मरिणमा ठेकेदारको ‘खेल’ : रमण–पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनी अन्ततः सरकारको कारबाहीमा परेको छ।...

​ तनहुँमा धानमा मरुवा रोगदेखि लहरे बालीमा डाउनी मिल्डयु पहिचान

तनहुँ । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका कृषि समस्याको स्थलगत अध्ययन तथा समाधानका उपाय खोज्न संयुक्त प्राविधिक अनुगमन कार...

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्...

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

  वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर,...

जुत्ता राख्ने र्‍याकले चेपिएर बालकको मृत्यु, विदेशमा भएकी आमा बेहोस्

काठमाडौँ । मकवानपुरको राक्सिराङ–६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गेमा जुत्ता राख्ने फलामको र्‍याकले चेपिएर चार वर्षीय बालकको मृत्यु भएको छ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending