Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

खबरडबली संवाददाता

 

वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र विशेष गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। 

सन् २०२८ मा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनु अगावै अमेरिकी नागरिकलाई पुनः चन्द्रमाको सतहमा उतार्ने अमेरिकी लक्ष्य रहेको छ। 

तर, यस पटकको दौड केवल चन्द्रमामा पुग्ने मात्र नभई त्यहाँ स्थायी उपस्थिति जनाउने खेलमा केन्द्रित देखिन्छ, जहाँ अमेरिका र चीनबिच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। चीनले पनि सन् २०३० सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरू तीव्र पारेको छ र भर्खरै मात्र आफ्नो ‘सियनझाउ–२३’ अन्तरिक्ष यानमार्फत तियानगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ।

चीनको यो तीव्र प्रगतिले नासालाई नयाँ अन्तरिक्ष दौड जितिरहेको देखाउन ठुलो राजनीतिक दबाब सिर्जना गरेको छ। यही दबाबका बिच गत मार्च महिनामा नासाले चन्द्रमाको दक्षिणी ध्रुवमा सौर्य र आणविक ऊर्जाबाट चल्ने स्थायी बेसक्याम्प निर्माण गर्न २० अर्ब डलरको विशाल कार्यक्रम घोषणा गरेको थियो। 

नासाका प्रशासक जेरेड आइज्याकमले यो घोषणासँगै अब अमेरिकाले ‘चन्द्रमालाई फेरि कहिल्यै नछोड्ने’ दाबी गरेका छन्। चन्द्रमामा बन्ने यो बेसक्याम्पले वैज्ञानिक अनुसन्धान, बहुमूल्य खनिजको उत्खनन र भविष्यमा मंगल ग्रहको यात्रालाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

यद्यपि, अधिकांश अन्तरिक्ष विज्ञहरू नासाले तय गरेको यो समयसीमालाई अवास्तविक मान्छन्। गत अप्रिलमा नासाले आफ्नो ‘आर्टेमिस २’ मिसनमार्फत चार अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि सफलतापूर्वक घुमाउन सके पनि चन्द्र ध्रुवमा मानिस अवतरण गराउने मामिलामा चीनले अमेरिकालाई उछिन्न सक्ने सम्भावना बलियो बन्दै गएको छ। 

ओपन युनिभर्सिटीका चन्द्र वैज्ञानिक डा. सिमियन बार्बरले नासाको मानव अवतरण गराउने क्राफ्ट निर्माणमा भइरहेको ढिलाइलाई औँल्याउँदै चीन पहिले पुगेमा आफूलाई कुनै आश्चर्य नलाग्ने बताएका छन्। उनका अनुसार नासाले हालै गरेका यी ठुला घोषणाहरूको पछाडि प्राविधिक तयारी भन्दा पनि राजनीतिक दबाब बढी देखिन्छ।

नासाको ‘इग्निसन मुन बेस’ कार्यक्रमलाई मुख्यत: तीन चरणमा वर्गीकरण गरिएको छ। पहिलो चरण अन्तर्गत, चन्द्रमाको कठिन भूगोलको नक्सांकन र अन्वेषण गर्न मानवरहित रोबोटिक ल्यान्डर र हपिङ ड्रोनहरू पठाइनेछ। यसका साथै अन्तरिक्ष यात्रीहरूलाई यात्रा गराउने, सञ्चार उपकरण र वैज्ञानिक सामग्री ओसारपसार गर्ने गाडीहरू पनि लगिनेछ। यो रोबोटिक अन्वेषण अभियान सन् २०२९ सम्म जारी रहनेछ, जसअन्तर्गत २५ पटक रकेट प्रक्षेपण गरी ४ मेट्रिक टनसम्मका कार्गो सामग्री चन्द्रमामा पुर्‍याउने लक्ष्य राखिएको छ। 

नासाले मंगलबार यी मेशिनहरू निर्माण गर्ने ठेक्का अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ‘ब्लु ओरिजिन’ सहित ‘इन्ट्युटिभ मेशिन’ र ‘एस्ट्रोबोटिक’ लाई दिएको जानकारी दिएको छ। ब्लु ओरिजिनले बनाउने ‘एन्ड्युरेन्स’ ल्यान्डरले चन्द्रमामा अचुक अवतरण र स्वचालित दिशा निर्देश गर्ने क्षमता राख्नेछ भने एस्ट्रोबोटिकको ‘ग्रिफिन–१’ ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुव नजिकैको नोबिला क्रेटरमा ओर्लिनेछ।

पहिलो चरणको रोबोटिक मिसन सम्पन्न भएपछि दोस्रो चरणमा चन्द्रमामा फिजन रियाक्टर र सौर्य ऊर्जा केन्द्रहरू स्थापना गरिनेछ। त्यसपछि सन् २०३२ सम्ममा तेस्रो चरण अन्तर्गत मानिसहरू अर्ध-स्थायी रूपमा बस्न मिल्ने आवास गृह निर्माण गरिनेछ र लामो दूरीको यात्राका लागि विशेष रोभरहरूको प्रयोग गरिनेछ। 

चन्द्रमाको दक्षिणी ध्रुवलाई रोज्नुको मुख्य कारण त्यहाँ रहेको जमेको पानी हो, जसलाई पगालेर पिउने पानी र अक्सिजन उत्पादन गर्न सकिन्छ। तर, नासाको यो सम्पूर्ण योजना एउटा भरपर्दो अन्तरिक्ष यानमा निर्भर छ, जसले मानिसलाई सुरक्षित रूपमा चन्द्रमाको सतहमा ओराल्न सकोस्। 

एलन मस्कको कम्पनी स्पेसएक्सले ‘स्टारसिप ह्युमन ल्यान्डिङ सिस्टम’ नामक क्राफ्ट निर्माण गर्ने जिम्मेवारी पाएको भए पनि यो परियोजनाले लगातार प्राविधिक अवरोध र ढिलाइको सामना गरिरहेको छ। वैज्ञानिक सिमियन बार्बरका अनुसार अहिलेको सबैभन्दा ठूलो र चुनौतीपूर्ण कदम भनेकै अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा चन्द्रमाको सतहमा उतार्नु हो।

बीबीसी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

सर्लाही । सर्लाही प्रहरीले १०९ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार बिहान लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश...

सडक पार गर्ने क्रममा पिकअपको ठक्कर, झापामा ७० वर्षीय वृद्धको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा पिकअप गाडीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार सोमबार बिहा...

काठमाडौं उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम, साना नदी किनारमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका २५ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज आकस्...

देशभर बाढी–पहिरोको असर : मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान साढे ६ बजेसम...

कोशीमा हिक्मत कार्कीमाथि दबाब बढ्दै, मुख्यमन्त्री र दलको नेताबाट हटाउने तयारी

विराटनगर । नेकपा (एमाले) का सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि आफ्नै पार्टीभित्र राजनीतिक दबाब बढेको छ। पार्टी अध्यक्ष केपी शर...

उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीको छापा, अवैध कारोबार र कर छलीको आशंकामा अनुसन्धान

विराटनगर । विराटनगरस्थित व्यापारिक घराना देवनरा समूहका अध्यक्ष तथा उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान छापा मारेको छ। प्...

रोल्पा केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...

आन्दोलन घोषणा गरेको केही घण्टामै पक्राउ परे दुर्गा प्रसाईं, सार्वजनिक शान्ति भंगको आरोप

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति सुरक्षासम्बन्धी कसुरमा पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीका अ...

आन्दोलनको घोषणा लगत्तै दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेक...

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending