Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ

खबरडबली संवाददाता

हुम्ला । दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट यत्रो सङ्ख्यामा तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।
  
उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ । पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ । बरामद गरिएका तासलाई प्रहरीको टोलीले जलाए छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारी दुर्घटनामा १० जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्युभएकाे छ । काटमाडाैं लगायतका विभिन्न स्थानमा भएकाे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे हाे ।  ...

धनुषामा नौ सय जनामा हात्तीपाइले रोग

जनकपुरधाम। धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्...

पहिलो विदेश भ्रमणमा चीन जाने योजनामा पुटिन

काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाएको रूसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ ।...

कारागारबाटै परीक्षा दिँदै बाँके र वीरगन्जमा ३८ कैदीबन्दी

पर्सा ।  वीरगन्ज कारागारबाट ३ कैदीबन्दीले कक्षा १२ को परीक्षा लेखिरहेका छन् । शुक्रबारदेखि सुरु भएको परीक्षा अन्तर्गत् ३ जनाले परीक्षा लेखिरहेका हुन् ...

हामी दक्षिणपन्थी अवसरवादको विरुद्धमा छौंः माधव नेपाल

दुई तिहाइको शक्तिमा पुगेपछि अहंकार बढाएर मैमत्त भए

जनताको आवश्यकता पुरा गर्न राजनीतिक दल संवेदनशिल हुनुपर्छः सांसद इन्दिरादेवी गौतम

काठमाडौं । राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका चरणबद्ध आन्दोलनले मुलुकलाई समाजवादतर्फ उन्मुख हुने उहिल्यै स्पष्ट गति दिनुपर्नेमा अहिलेसम्म...

विकराल बन्दै डढेलो

५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिएको आरोपमा एक युवा पक्राउ परेका छन् ।  शुक्रबार बिहान काठमाडौंको ठूलो भर्‍या...

डेढ किलो सुन र १ करोड ४३ लाखसहित पक्राउ परेका सातै जना सार्वजनिक

काठमाडाैं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई प...

महिलालाई अभद्र ब्यवहार गर्ने युवक पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरीमा महिलालाई अभद्र ब्यवहार गर्ने एक युवा पक्राउ परेका छन् । प्रहरी चौकी बाह्रबिसे संखुवासभाबाट खटिएको टोलीले जिल्ला संखु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies