Life insurence
Khabar Dabali ११ आश्विन २०७८ सोमबार | 27th September, 2021 Mon
Himalayan Golden detail page

सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड बढी

खबरडबली संवाददाता

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड  ८० लाख पुगेको छ ।

कोषमा वि.सं. २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ करोड ८० लाख रहेकामा यस वर्ष १८ प्रतिशत अर्थात रु आठ अर्ब २५ करोड ९५ लाखले वृद्धि भई रु ५४ अर्ब १२ करोड ७५ लाख ८० हजार पुगेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा विभिन्न निकायमा गत असार मसन्तसम्म गरिएको रु पाँच अर्व ८३ करोड १४ लाख लगानीसमेत समावेश गर्दा यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड ८० लाख पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी  भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट विस २०३२मा स्थापना सैनिक कल्याणकारी कोषको स्थापना भएको हो ।

‘बहुजन हिताय : बहुजन सुखाय’ आदर्श वाक्य रहेको कोषबाट सेनाका बहालवाला, अवकासकाप्राप्त सैनिक तथा तिनका आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास, बीमा, सीप र स्वरोजगारका कार्यक्रम सञ्चालन हुँदै आएको छ । उक्त कोषबाट नौ लाख हिताधिकारी लाभान्वीत भइररहेको जानकारी दिइएको छ । कोषबाट सञ्चालित विभिन्न कार्यक्रममार्फत वार्षिकरुपमा सरकारलाई रु ४५ करोड राजश्व र रु १६ करोड विदेशी मुद्रा सञ्चितिमा योगदान पुगिरहेको जानकारी दिइयो । कोषको रकम मध्ये ९९।३५ प्रतिशत क वर्गका बाणिज्य र बाँकी ख वर्षका विकास र अन्य वित्त कम्पनिमा निक्षेप रहेको सो अवसरमा जानकारी दिइयो ।

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा टिकट काउन्टर थप

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । सरकारले भोलिदेखि दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरी...

भ्रष्ट्रीकृत पुराना कम्युनिष्ट मोडेल बोकेर नयाँ परिणामको आशा गर्नु पागलपन हो : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले विभाजित नेकपाका नेताहरु पुरानै भ्रष्ट्रीकृत एकमनावादी कम्युनिष्ट म...

यमनको मारिबमा भएको भिडन्तमा कम्तीमा ५० जनाको मृत्युभएको सेनाको दावी

एजेन्सी । यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनि...

मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसङ्घ नेपालका प्रमुखको भेटवार्ता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भे...

सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझा...

सहुलियत मूल्यको चामल बिक्री सुरु

झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोड कार्यालयले चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा उपभोक्तालाई चामल बिक्री गर्न सुरु गरेको छ । ...

डोटीका नौवटै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

डोटी । सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौवटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएका छन् । शनिबार र आज सम्पन्न भएका यहाँका पा...

केशव विष्टको नेतृत्वमा नेकपा (एस) निकट खेलकुद महासङ्घ गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट नेपाल खेलकुद महासङ्घ गठन गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का पूर...

एमालेको प्रथम विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि सहभागी हुने, यस्ता छन् निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको छ। असोज १५ देखि १७ सम्म ललितपुरको गोदावर...

नेप्सेमा ६१.२७ अङ्कको गिरावट

काठमाडौं । शेयर कारोबार हुने साताको पहिलो दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुस...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy