Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

द्रुतमार्ग निर्धारित समयमै पूरा गर्छौ– नेपाली सेना

खबरडबली संवाददाता

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त गरेको छ ।

सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजना निर्देशक विकास पोखरेलले आयोजना पूर्वधार निर्माणको तीव्र चरणमा प्रवेश गरेकाले समयमै पूरा हुने विश्वास व्यक्त गरे । 

आयोजनाको हालसम्म भएको समग्र प्रगतिबारे जानकारी दिँदै उनले भने, ‘मलाई जहाँसम्म लाग्छ विस २०८१ मङ्सिरसम्म सेनाले दू्रतमार्गको काम सम्पन्न गरेरै छाड्छ, त्योअनुसार प्लानिङ गरिएको छ ।’

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हँुदै बाराको निजगढ नजिक पूर्वपश्चिम राजमार्गमा पुगेर जोडिने उक्त दु्रत राजमार्गका लागत रु एक खर्ब ७५ अर्ब अनुमान गरिएको छ । चार लेन र तीन वटा सुरुङसहितको उक्त मार्गको लम्बाई ७२।५ किमि रहेको छ । विशेष प्रकृतिका १६ सहित ८७ वटा पुल रहने दु्रतमार्गका लागि गत आर्थिक वर्षमा रु आठ अर्ब ९६ करोड ८८ लाख बजेट विनियोजन भएकामा वार्षिक प्रगति ९७.३५ प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले जानकारी दिए । आयोजनाको कूल कार्यप्रगति १६.१० प्रतिशत हासिल भएको छ ।

हालसम्म आयोजनाको कूल वित्तीय खर्च रु २५ अर्ब ३९ करोड रहेको छ । आयोजनाको आवश्यकता अनुसार पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकामा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएकामा ४२७ रोपनीको मुआब्जा वितरण गर्न बाँकी रहेको सो अवसरमा जानकारी दिइयो । खोकना बुगमती क्षेत्रमा भने हालसम्म स्थानीय विवाद सुल्झन नसके पनि अव निकट भविष्यमै समाधान हुने अपेक्षा गरिएको जानकारी दिइएको छ । 

उक्त आयोजनाका लागि चालू आर्थिक वर्षमा रु आठ अर्ब ९३ करोड १० लाख बजेट विनियोजन भएको छ । आयोजनाका लागि चालू आर्थिक वर्षमा थप रु २५ अर्ब बजेट सरकारसँग माग गरिएको बताइएको छ । यसपछि वार्षिक रुपमा आयोजनाका लागि रु ५०/५० अर्ब बजेट आवश्यक पर्ने सेनाले जनाएको छ । 

राष्ट्रिय गौरव र रणनीतिक महत्वको अयोजनाको काम पारदर्शी र गुणस्तरीय ढङ्गले निर्धारित समयसीमाभित्र अर्थात् आव २०८०/८१ सम्ममा सफलतापूर्वक सम्पन्न गर्न नेपाली सेना प्रतिवद्ध रहेको निर्देशक पोखरेलले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies