कर्णाली । प्रहरीले रु ४० लाख २६ हजार मूल्य बराबरको अवैध मालसमान वरामद गरेको छ ।
काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना ६ ख ६३३८ नम्बरको बसमा राखिएको रु ४० लाख २६ हजार ५३३ बराबरको अवैध मालसामानसहित बस चालक बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहोरालाई सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वरामद गरिएको मालसमानमा विद्युतीय सामग्रीलगायत विभिन्न पाटपूर्जा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । वरामद गरिएको मालसमानसहित बसलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले आज तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका हर्कबहादुर विक (कुटपिट मुद्दा), सोही नगरपालिका–२ का धर्मराज न्यौपाने ९सवारी ज्यान मुद्दा० र सुर्खेत चौकुने गाउँपालिका– १० का नवीनकुमार बम (चेक अनादर मुद्दा)का छन् ।
अदालतको फैसला कार्यान्वयन गर्न थालिएको अभियानअन्तर्गत विशेष सूचनाका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुर्खेतसमक्ष बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
त्यस्तै, लेपिस नामको ढुङ्गाजस्तो देखिने खनिज पदार्थसहित चार जनालाई पनि प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका ३९ वर्षीय धनिराम सुनार, लेकवेशी नगरपालिका–५ सुर्खेतका २९ वर्षीय धिरेन्द्र शाही, सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ५२ वर्षीय हर्कबहादुर सुनार, र बनगाड कुपिण्डे नगरपालिका–९ सल्यानका ५५ वर्षीय भिमसेन भिउसने बुढा रहेका छन् ।
पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीका लागि खनिज तथा भू–गर्भ कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: