कर्णाली । प्रहरीले रु ४० लाख २६ हजार मूल्य बराबरको अवैध मालसमान वरामद गरेको छ ।
काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना ६ ख ६३३८ नम्बरको बसमा राखिएको रु ४० लाख २६ हजार ५३३ बराबरको अवैध मालसामानसहित बस चालक बाँकेको जानकी गाउँपालिका–२ का ४१ वर्षीय दलबहादुर बोहोरालाई सुर्खेतको भेरिगङ्गा नगरपालिकाको छिन्चु बजारदेखि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वरामद गरिएको मालसमानमा विद्युतीय सामग्रीलगायत विभिन्न पाटपूर्जा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवंं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । वरामद गरिएको मालसमानसहित बसलाई आवश्यक कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, प्रहरीले आज तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका हर्कबहादुर विक (कुटपिट मुद्दा), सोही नगरपालिका–२ का धर्मराज न्यौपाने ९सवारी ज्यान मुद्दा० र सुर्खेत चौकुने गाउँपालिका– १० का नवीनकुमार बम (चेक अनादर मुद्दा)का छन् ।
अदालतको फैसला कार्यान्वयन गर्न थालिएको अभियानअन्तर्गत विशेष सूचनाका आधारमा पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत सुर्खेतसमक्ष बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
त्यस्तै, लेपिस नामको ढुङ्गाजस्तो देखिने खनिज पदार्थसहित चार जनालाई पनि प्रहरीले पक्राउ परेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका ३९ वर्षीय धनिराम सुनार, लेकवेशी नगरपालिका–५ सुर्खेतका २९ वर्षीय धिरेन्द्र शाही, सोही स्थानमा पैदल हिडिरहेका वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ५२ वर्षीय हर्कबहादुर सुनार, र बनगाड कुपिण्डे नगरपालिका–९ सल्यानका ५५ वर्षीय भिमसेन भिउसने बुढा रहेका छन् ।
पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीका लागि खनिज तथा भू–गर्भ कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - ०९:३१
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु ...
माघ ९ गते, २०८२ - ०९:२६
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नं ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटघाट गर्ने भएका छन् । जिल्ला पार्टी सचिव...
माघ ९ गते, २०८२ - ०९:१४
म्याग्दी। लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो । कुश्मा...
माघ ९ गते, २०८२ - ०८:३०
तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको ...
माघ ९ गते, २०८२ - ०८:२६
बागमती । कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य ...
माघ ९ गते, २०८२ - ०७:२८
काठमाडौं । मलेसियास्थित विद्युतीय सामान उत्पादन गर्ने वेस्टर्न कम्पनीले ८ सय जना नेपाली श्रमिकलाई शून्य लागतमा लैजाने भएको छ। कम्पनीले नेपालबाट लैजाने...
माघ ९ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थिय...
माघ ९ गते, २०८२ - ०७:१३
महोत्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...
माघ ९ गते, २०८२ - ०७:१०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...
माघ ९ गते, २०८२ - ०७:०८
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...




प्रतिकृया लेख्नुहोस्: