Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

प्रशासकीय भवनको निर्माण तीव्र

रासस
कास्की । माछापुच्छ«े गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो 
 
वि.सं. २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिीनियरिङ जेभीसँग गत वषृ भदौ १५ गते ठेक्का सम्झौता गरिएको सो भवनको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
 
उनका अनुसार कूल रु छ करोड ६२ लाख ११ हजारको लागतमा निर्माण गरिने सो  अपाङ्गमैत्री तीनतले भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक हलसहित अन्य दुई बैठक कोठा छन् । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन गरिएको थियो भने बाँकी रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ । 
 
साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा पछिल्लो समय सो भवन साँघुरो हुँदा सेवा प्रवाहमा अप्ठ्यारो परेको उहाँको भनाइ छ । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको समेत सेवा पनि एकै थलोबाट प्रवाह गर्न सुविधा पुग्ने विश्वास लिइएको छ । 
 
जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार ६४ तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार ४३ गरी कूल ९९ लाख ९० हजार १०७ लागतमा गाउँपालिकाको वडा ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । दुई तलाको सो पक्की भवन निर्माण गरिएको हो । पालिकाका अन्य आठ वडाका आप्mनै वडा कार्यालय भवनबाट सेवा प्रवाह भइरहेको छ ।
 
निर्माणाधीन प्रशासकीय भवनको अनुगमन 
 
पोखरा महानगरपालिकासहित पाँच स्थानीय तहमध्येमा पहिलो निर्माणाधीन माछापुच्छ्रे«को प्रशासकीय भवनको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।
 
भवनमा प्रयोग भएको काठ सम्झौताअनुसारको नभएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि सत्यतथ्य बुझ्नाका साथै समस्याको समाधान गर्न प्राविधिकसहितको सो टोलीले स्थलगत अनुगमन गरेको हो ।
 
निर्माण व्यवसायीले काम गर्ने वातावरण बनाउन गाउँपालिकामा लिखित निवेदन दिनुभएको थियो भने स्थानीय केहीले व्यक्तिले ठेक्का सम्झौताअनुसारको काठ प्रयोग नभएको भन्दै गाउँपालिकामा मौखिक जानकारी गराएका थिए । टोलीले कम गुणस्तरीय भनिएको छुट्टाछुट्टै दुई भ्mयालमा प्रयोग भएको काठको परीक्षणका लागि प्रयोगशाखामा पठाउने लक्ष्यका साथ नमूना सङ्कलन गरेर ल्याएको छ ।
 
अनुगमनका क्रममा समन्वय समिति प्रमुख क्षेत्रीले उपस्थित स्थानीय बासिन्दा, निर्माण व्यवसायी, प्राविधिकलाई तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताउनुभयो । गुणस्तरीय विकास निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिँदै उहाँले गाउँपालिका र स्थानीयले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने विश्वास व्यक्त गरे ।   
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री लामासँग वार्ता- प्रदेश सरकार खर्चिलो भयो भने कुरामा म सहमत छैन

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । जनताबाट निर्वाचित प्रतिनिधिले ...

सहुलियत मूल्य पसल : हुम्लामा खाद्यान्नमा प्रतिकेजी रु पाँच छुट

सिमकोट । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असोज ६ गतेदेखि प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गर्ने भएको छ । हि...

प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघीय महासभाबाट पारित, नेपाल तटस्थ

काठमाडौं । एक वर्षभित्र पूर्वी जेरुसलेमसहित अधीनस्थ प्यालेस्टिनी भूभागमा इजरेलको "अवैधानिक उपस्थिति" अन्त्य गर्नुपर्ने माग गरिएको प्रस्ताव संयुक्त राष...

‘मलाई पुर्न खनेको खाल्डोमा कांग्रेस खस्यो, एमाले फस्यो’

अस्तिसम्म हामीसँग प्रमाण छ भन्नेहरू अहिले पत्रकारले खोज्दा नभेटिने ठाउँमा बस्नुपरेको छ । सहकारीको पैसा लियो र खायो भन्नेहरूले सहकारीको पैसा लिएको चैँ ...

सरकारलाई रविन्द मिश्रको प्रस्ताव- दरबार मार्गको नाम प्रचण्ड मार्ग राखौं

अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्

सहकारी ठगीमा रवि लामिछानेको संलग्नता नदेखिएको प्रतिवेदन आएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...

‘ओलीलाई संविधान कार्यान्वयन गर्न मन नभएर संशोधन भन्दैछन्’ (अन्तर्वार्ता)

‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’

देशभर मनसुनी वायुको प्रभाव कायम, मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो

करोडौँ लगानीमा खुलेका होटल सुनसान

१० दिनका लागि प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy