सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत कोभिड–१९ बाट बढी प्रभावित जिल्लामा पर्दछ । पछिल्लो तथ्याङ्कअनुसार यहाँ ११ हजार १६३ सङ्क्रमितमध्ये २०७ को मृत्यु भइसकेको छ । दुई ३६ सक्रिय बिरामीमध्ये २०९ घरमा, १७ अस्पताल, तीन भेन्टिलेटर र चार आइसियूमा उपचार गराइरहेका छन् ।
दैनिक कूल परीक्षणको २५ देखि ३० प्रतिशत सङ्क्रमितको पहिचान हुने गरेको सुर्खेत राष्ट्रिय तथ्याङ्कमा पनि उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । कोभिड सङ्क्रमणको यो बढ्दो ग्राफसँगै खोप अभियानले पनि तीव्रता पाएको छ । गत माघ १४ गतेदेखि शुरु कोरोना विरुद्धको खोप अभियान अहिले यहाँका गाउँ–गाउँसम्म पुगेको छ । खोप अभियान पाँचौँ चरणसम्म आइपुग्दा सर्वसाधारणले सहज खोप पाउन थालेका छन् ।
सुर्खेतका नौ स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका, चिङ्गाड गाउँपालिका, बराहताल गाउँपालिका, लेकवेशी नगरपालिका र भेरीगङ्गा नगरपालिकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न गरिसकेका छन् । जनस्वास्थ्य सेवा कार्यालयले तीन पाँच वटा स्थानीय तहले लक्षित वर्गलाई जोनसन र भेरोसेल खोप लगाइसकेको, बाँकी चार तहले साउन २१ र २२ गते लगाउने कार्यक्रम रहेको जनाएको छ । गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकामा अहिले नियमित खोप अभियान चलिरहेकाले उक्त मितिमा कोरोना विरुद्धको जोनसेन खोप लगाइनेछ ।
कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत वाग्लेले सुर्खेतको कूल जनसङ्ख्याको १८ प्रतिशतले कोरोना विरुद्धको खोप पाइसकेको जानकारी दिए । प्रदेश राजधानीसमेत रहेको सुर्खेतमा करिब चार लाख जनसङ्ख्या छ । “सात प्रतिशतले पूर्ण मात्रा लगाइसकेका छन्, जोनसन खोप एक मात्रा लगाए हुने भएकाले पाँचौँ चरणको खोप अभियान सम्पन्न भएपछि पूर्ण खोप लगाउनेको सङ्ख्या बढ्नेछ”, उनल भने “कोभिशिल्डको दोस्रो मात्रा छुटेकालाई पनि छिट्टै लगाउँदै छौँ, सरकारले तोकेका लक्षित वर्गसँगै प्राथमिकतामा परेका अन्यलाई खोप लगाउने प्रबन्ध मिलाएका छौँ ।” कर्णालीका अन्य जिल्ला जस्तो खोप भण्डारणमा समस्या नभएकाले यहाँ अभियानले तीव्रता पाएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १४:०९
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...
मंसिर ३० गते, २०८२ - १३:५७
काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...
मंसिर ३० गते, २०८२ - १३:४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...
मंसिर ३० गते, २०८२ - १३:२४
काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...
मंसिर ३० गते, २०८२ - १३:१४
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...
मंसिर ३० गते, २०८२ - १३:०३
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...
मंसिर ३० गते, २०८२ - ११:४७
काठमाडौँ। एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्ति...
मंसिर ३० गते, २०८२ - ११:४१
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका लागि ब्रेड–फलफूलदेखि मासु–भातसम्मको खाना–नास्ताको व्यवस्था गरिएको छ। ख...
मंसिर ३० गते, २०८२ - ११:३२
पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ भएर लागेकाले सरकारको गठन नै निर्वाचन मार्फत निर्वाचित सरकारलाई जि...
मंसिर ३० गते, २०८२ - ११:२५
काठमाडौं । सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी ...




प्रतिकृया लेख्नुहोस्: