Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआओस् भनेर सतर्क हुनुपर्ने बताएको छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उनले सो कुरा बताएको हो।

गोष्ठीलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले भने, “हामीले आज फेरि एकचोटि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नैपर्छ भन्ने पक्षमा म पनि छु। बिना समीक्षा हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भनेर हामी सबै सतर्क हुनुपर्छ। हामीले आफ्नै आत्मसमीक्षा गर्ने कुरामा दृढ हुनै पर्छ।”

निरंकुश सामन्तीतन्त्रविरुद्ध विगतमा एकताबद्ध भएर लडेको स्मरण गर्नुहुँदै उहाँले मिलेर मात्र सफलता प्राप्त गर्न सकिने प्रस्ट पारे। उनले भने, “जसरी हामी निरंकुश सामन्तीतन्त्रविरुद्ध मिलेर लड्यौँ, त्यतिबेला हाम्रो पार्टी त एउटै थिएन नि। तर, हामी मिलेर नै सफलता प्राप्त गरेका हौँ। अहिले पनि मिलेर मात्र सफलता प्राप्त गर्न सकिन्छ, यसमा ढिला नगरियोस्।”

यसअघि २०७४ सालमा भएको एकतालाई नेपाली जनताले झण्डै दुईतिहाइ मत दिएर अनुमोदन गरेको पनि उनले स्मरण गर्नुभयो। जननेता मदन भण्डारीसँग त्यो समयमा पनि कम्युनिस्ट आन्दोलन एकताबद्ध गर्ने सम्बन्धमा घनीभूत छलफल भएको तर त्यसलाई औपचारिकता दिन नपाउँदै दु:खद् घटना भएको उहाँले उल्लेख गरे।

संयोजक प्रचण्डले विगतको प्रसङ्ग जोड्नु हुँदै भने, “हामीले २०४६ सालको ऐतिहासिक जनआन्दोलनले जे सन्देश दियो, वामपन्थी र नेपाली जनताले विचार मिल्नेका बिचमा एकताको माग गरेका थिए। त्यो एकताका निम्ति नेतृत्वले पहल गर्न जरुरी थियो। त्यसकारण, जेठ ३ गतेभन्दा लगत्तै पछि कार्यक्रम बनाएका थियौँ। कमरेड मदन भण्डारी र म आफैँ एक दिन रातभरि बसेर के नेपाली कम्युनिस्ट आन्दोलनलाई यो २०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा एकताबद्ध गर्न सम्भव छ भन्ने बारेमा बहस गर्ने भनेर कार्यक्रम तोकिएको थियो। तर, दुर्भाग्य त्यो दिन आउन पाएन।”

त्यो अधुरो सपना पूरा गर्ने जिम्मेवारी कहीँ न कहीँ आफ्नो काँधमा रहेको भन्दै उहाँले यो वर्तमानका सबै कम्युनिस्ट घटकको साझा जिम्मेवारी भएको धारणासमेत व्यक्त गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो, हामीले देशलाई अगाडि बढाएका छौँ: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...

मैले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित गरियो: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending