Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको असावधानी : धुनिवेशीको सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा

पहिरोको विस्तृत अध्ययन गरेर बस्ति व्यवस्थापन गछौं : प्रमुख शाक्य

गणेश पाण्डे

धादिङ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको असावधानिका कारण  धादिङतर्फ धुनिबेसी नगरपालिका–९ खत्रीपौवाका सिङ्गो बस्ति पहिरोको उच्च जोखिममा परेको छ । सुरुङमार्गले सडक फराकिलो पार्ने क्रममा उपकरणहरूको प्रयोगबाट कमजोर भएको क्षेत्रमा भरपर्दो सुरक्षात्मक उपाय अपनाउन नसक्दा वर्षाका कारण गाउँ नै जोखिममा परेको हो । त्रिभुवन राजपथको नौबिसे–नागढुंगा सडक खण्डको खत्रीपौवाका करिब १२ घर पहिरोको जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन् । 

सडक विस्तार गर्दा आयोजनाले पूर्व सावधानी नअपनाउँदा सिङ्गो बस्ति नै विस्तापित हुने अवस्था आएको स्थानीय राजिव लामाले चिन्त व्यक्त गरेका छन् । ‘हामीले आयोजनाले गरेको विकास निर्माणका कामको विरोध गरेका छैनौं’, उनले भने, ‘सडक विस्तार गर्दा पहिल्यै नै सावधानी अपनउनु पथ्र्यो । त्यसो हुन सकेन । सडक विस्तारको कारण पुरै बस्ति नै भासिएको छ । सरकारले उचित मुआब्जा दिएर बस्ति स्थानान्तरण गर्नु पर्छ । त्यसमा हाम्रो सहयोग रहन्छ ।’

यस्तै सुरुङमार्गले सडक विस्तार गर्ने बेलामा स्थानीय तह र नागरिकसँग समन्वय नगरी कटिङको काम गर्दा यस्तो समस्या आएको धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताएका छन्। संघीय सरकारको मातहतमा सञ्चालन हुने आयोजनाले नगरपालिकासँग कुनै पनि परामर्श तथा समन्वय नगरेको मेयर आचर्यले गुनासो पोखे । ‘हामीले तत्काल पीडित पक्षलाई क्षतिपूर्ति सहित दीर्घकालिन समाधानका लागि सरकारसँग पहल गरेका छौं,’ मेयर आर्चायले भने, ‘फिल्ड निरिक्षण पछि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छौं । साथै उचित व्यवस्थापनका लागि नगरपालिका तर्फबाट पनि पहल भइरहेको छ । तत्काल पहिरोको जोखिमा परेकालाई स्थानन्तरण र घरजग्गाको लागि मुआब्जा दिन सरकारसँग माग गरेका छौं ।’

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालसहितको टोलीले असारको तेस्रो साता फिल्ड निरिक्षण गरी बस्ति स्थानान्तरण, मुआब्जा र तत्काल जोखिम न्यूनिकरण गर्नका लागि सुरुङ मार्ग निर्माण आयोजना समक्ष प्रस्ताव पेश गरिसकेको बताएका छन् ।  प्रजिअ ढकालले पहिरोको कारण बस्तिमात्र नभइ त्रिभुवन राजमार्ग भएर यात्रा गर्ने यात्रीसमेत उच्च जोखिममा रहेको बताएका छन् । उनले सडक विस्तारको क्रममा प्रविधिक त्रुटि रहेकाले स्थिति गम्भिर रहेको निष्कर्ष निकालेका छन् । ‘बस्ति स्थानान्तरण, घरजग्गाको उचित मुआब्जा र राजमार्ग सुरक्षाका उपाय तत्काल अपनाउनु पर्छ,’ उनले भने, ‘हामीले बस्ति स्थानन्तरण, मुआब्जा सहित जग्गा अधिक्रमणको विषयमा आयोजनालाई जानकारी गराइसकेका छौं । आयोजनालाई मुआब्जा दिन सक्ने नसक्नेबारे स्थानीयसंग स्पष्ट पार्नु पर्छ ।’

आयोजना प्रमुख नरेशमान शाक्यको भनाइ यस्तो छ :


त्यो क्षेत्र पुरानै पहिरोको जोखिम रहेछ । सडक विस्तार गर्दा आयोजना स्थलदेखि खत्रीपौवासम्म कटिङ गरिएको हो । त्यसपछि निषेधाज्ञा भयो । कोरोनाका कारण कर्मचारी समेत फर्किकाले काम हुन सकेको थिएन । वर्षाको पानीले जोखिम बस्तिसम्म परेको छ । पाहिरोले ६ वटा घरहरु उच्च जोखिममा रहेका छन् । ६ वटै घरधनीका परिवारका लागि तत्काल व्यवस्थापन गर्न बजेटको व्यवस्था गरिसेका छौं । चार जनाले लिएका छन् । दुई जना सम्पर्कमा नरहेकोले लिएका छैनन् । तत्काल वर्षाका कारण काम गर्न सकिएको छैन । 

त्यहाँको भौगोलिक अनुसन्धान गरिराखेका छौं । सबै काम सकिएपछि हामी गरिदिन्छौं । सर्वेमै पहिरो जोखिम क्षेत्र भनेर लेखेको रहेछ । त्यतिबेला म थिइन । जति हाम्रो कारणले भएको छ, त्यसलाई स्तरउन्नती गरिदिन्छौं । यस विषयमा धादिङका सिडियोसंग पनि समन्वय गरिरहेका छौं । यसलाई म आफैले पनि विस्तृत अध्ययन गरिरहेको छु ।  त्यहाँ जति पहिरो जानु पर्ने हो गइसेको छ । अब जाने अवस्था छैन । चार घर अति जोखिममा छ । त्यस्तो धेरै आत्तिनु पर्ने अवस्था छैन । 

बस्ति भन्दा पनि राजमार्गमा बढी जोखिम देखिएको छ । यसमा हामी गम्भिर छौं । २४ सैं घण्टा फ्लाइटमेन्ट खटाएका छौं । त्यहाँ पहिरो चल्ने वित्तिकै चेतावनी दिने साइरनको व्यवस्था मिलाएका छौं । त्यसले दुर्घटना पूर्व काम गर्ने मजदुर, यात्रुहरुलाई भाग्ने समय मिल्ने छ । रातिलाई पहिरो हेर्न मिल्ने गरी लाइटको पनि व्यवस्था गरिएको छ । यो भनेका तत्कालिन व्यवस्था हो । 

दीर्घकालिन व्यवस्थाका लागि ड्रोनले खिचेर अध्ययन गरिरहेका छौं । जियोलिक म्यापिङ पनि भइसकेको छ । त्यो ठाउँ कत्तिको उपयुक्त छ भनेर म्यापिङ पनि गर्छौ । सबै अध्ययन भएपछि कस्तो खालको संरचना बनाउनु पर्ने हो  त्यसको डिजाइन गर्छौ । तत्काल पीडितका लागि महिनाको १५ हजारको व्यवस्था गरेका छौं । पीडितहरु सबै हाम्रो सम्पर्कमा छन् । उहाँहरु सबै खुशी छन् । 

पीडितहरुले उठाइरहेका मुआब्जाको विषयमा भने विस्तृत अध्ययन गरेपछि मात्र भन्न सकिने अवस्था रहेको छ । अध्ययन पछि बस्नयोग्य भयो भने दिनु जरुरत छैन । सकेसम्म हामी त्यो बस्ति बस्नयोग्यनै बनाउँछौं । हाम्रो कारणले बस्नै नहुने हो भने हामी विकल्प दिन्छौं । वास्तविकरुपमा त्यो ठाउँ बस्ति बसाल्ने ठाउँ नै होइन । ३० डिग्रिभन्दा माथि त्यो ठाउँ सुरक्षित छैन । ४० डिग्रि माटो भएको ठाउँमा घर बनाउन उपयुक्त छैन । तर, त्याहाँ घर बनाइसक्नु भएको छ । त्यसलाई सुरक्षित हुने हिसाबले हामी काम गर्छौ । धेरै खर्च गरेर संरचना बनाउनु भन्दा बस्ति स्थानान्तरण गर्दा फाइदा हुने भए त्यसमा हामी पहल गर्छौ । त्यसका विकल्पहरुमा हामीले मात्र भनेर हुँदैन । नेपाल सरकारले निर्णय गर्नुपर्छ । 

 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वोच्चको व्याख्या : भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न मिल्दैन

काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरा...

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्र...

कांग्रेस गोरखाद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आग्रह

गोरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, गोरखाले पार्टीको ‘विशेष महाधिवेशन’मा गोरखा जिल्लाबाट सहभागी हुन आज सबै महासमिति सदस्य एवं प्रतिनिधिहरूलाई आ...

सरकारले भन्यो- भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौँ । नेपाल सरकारले भेनेजुएलामा हालै भएका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय बुधबार विज्ञप्तिमार्फत सम्बन्धित सबै ...

निर्वाचन ५५ दिन बाँकी- १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोग...

प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । निर्वाचनमा सुरक्षाको भरपर्द...

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको आज बेग्लै भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला गर्दैछ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने ...

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का...

अमेरिकी डलरको मूल्य फेरि उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...

सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending